महिला दिदीबहिनीहरूलाई आत्मनिर्भर बनाउन वडाध्यक्ष शाहीले गरे बाख्रा वितरण

कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ४ नम्बर वडा कार्यालय र बालकल्याण संघ टीकापुरको साझेदारीमा वडा भरी रहेका ११ वटा समुहका महिलाका लागि निःशुल्क बाख्रा वितरण गरेको छ । महिलालाई आत्मनिर्भर बन्न सहयोग पुर्‍याउने उद्देश्यले उन्नत जातका बाख्रा वितरण गरेको वडाअध्यक्ष जगत बहादुर शाहीले बताए।

 

वडाभित्रका ३३ जना एकल विपन्न वर्गका महिलालाई एक–एकवटा बाख्रा निःशुल्क वितरण गरिएको वडाध्यक्ष शाहीले जानकारी दिए। उनका अनुसार वडा कार्यालयले उन्नत जातको बाख्रा निःशुल्क वितरण गरेपछि लाभग्राही महिला हर्षित भएका छन्।

 

वडा कार्यालयले निःशुल्क उपलब्ध गराएको बाख्रामा वडा कार्यालको र बालकल्याण संघ टिकापुरको आर्थिक सहयोग रहेको छ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?