
कैलाली- कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं १ मा रहेको मालिका डेन्टल क्लिनिकले बौनियास्थित द सनराईज माध्यामिक विद्यालयमा नि:शुल्क दन्त परीक्षण शिविर गरेको छ। मालिका डेन्टल क्लिनिकले फागुन १५ गते बिहीबार शिविर सञ्चालन गरेको हो।शिविरमा ५ सय ५० भन्दा बढीको दन्त परीक्षण गरेका थिए भने ६० जनाको दाँत निकालिएको थियो भने ६० जना भन्दा बढीको दाँतमा समस्या देखिएकाले डेण्टल किल्निक रिफर गरिएको विद्यालयकी लेखापाल सरोजा मल्ल शाहले जानकारी दिनु भएको थियो। मालिका डेन्टल क्लिनिकका सञ्चालक केशव शाहीले जानकारी उनका अनुसार सामुदायिक दन्त स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको हो। निःशुल्क शिविरमा सीडीएस सिद्धार्थ यादव लगायका दन्त चिकित्सकहरुको सहभागिता रहेको थियो। शिविरमा नर्सरी देखि १० कक्षासम्मका विद्यार्थीहरूले मौखिक स्वच्छता र दन्त सचेतना सत्रहरूका साथै करियर मार्गदर्शन सत्रबाट लाभ लिएको पनि उनले बताए।
यो शिविरबाट विद्यालयमा अध्ययनरत सबै विद्यार्थीले निशुल्क दन्त परिक्षण पाएको र दाँतको हेरचाह कसरी गर्ने भन्ने सम्बन्धीको परामर्ष पाएको नेपालगन्ज मेडिकल कलेज कार्यरत डेन्टल सर्जन विशेष शाहले परामर्ष दिनु भएको शाहीले बताए। विद्यार्थीमा जटिल खालको समस्या देखिए डेण्टल किल्निक रिफर गर्ने छौ। किल्निक पुगेका विद्यार्थीलाई २५ प्रतिशत छुट दिने सञ्चालक शाहीले बताए । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको दाँतमा समस्या हुँदा पनि जटिल नभए सम्म चिकित्सकलाई नदेखाउने ,दाँतलाई कसरी स्वस्थ राख्न सकिन्छ भन्ने कुराको सामान्य ज्ञान पनि विद्यार्थीहरूलाई नरहेको हुँदा जनचेतना अभिवृद्धि गर्दै खाना खानु अघि र पछि दाँत माझने बानी बसाल्नु पर्दछ । गुलियो खाने कुरा हरूलाई ध्यान दिन सकेको खण्डमा दाँतमा किरा नलाग्ने जस्ता कुराहरु विद्यार्थीहरुलाई जानकारी दिएका छौं शाहीले भने। निःशुल्क रूपमा विद्यार्थीहरुको दाँतको समस्यालाई चेक जाँच गरेको भन्दै द सनराईज माध्यामिक विद्यालयका प्रिन्सिपल अजय मल्लले धन्यबाद दिएका छन्।