
कैलाली । केही वर्षदेखि जन्मदिन मनाउने प्रचलन बढ्दै गएको छ भने जन्मदिन मनाउने शैली पनि आआफ्नै रहेका छन् । आफ्नो जन्मदिनको अवसरमा कोही होटलमा गएर केक काट्नुका साथै विभिन्न प्रकारका मनोरञ्जनात्मक कार्यक्रमहरु गरेर मनाउने गर्दछन् भने केहीले बृद्धाआश्रममा गएर बृद्धबृद्धाहरु संग मनाउने गरेको पाइन्छ तर कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ निवासी रेखा बुढा थापाले आफ्नो जन्मदिनको अवसरमा फलेविसौनाका अशक्त असाय पाँच जनालाई खाद्यान्न र दुई सय बढी जेष्ठ नागरिकहरुलाई फलफूल वितरण गरेर जन्म दिन मनाएकी छिन्। एकीकृत विकास फाउन्डेसनकी अध्यक्ष समेत रहेकी थापाले २९ औँ जन्मदिनको अवसरमा बुधबार थापाले फलेविसौना गाउँमै पुगेर गाउँका बुद्धिजीवी समाजसेवी आम नागरिक माझ आफ्नो जन्मदिन मनाएकी छिन्। फजुल खर्च गरे जन्मदिन दिन मनाउनु भन्दा असाहाय र दुखी लाई सहयोग गरेर जन्मदिन मनाउँदा समाजमा सहयोगको भावना सबैमा रहने आफनो मन शान्ति हुने यसरी बुढा आमाबुवा हरूलाई सहयोग गर्नु धर्ममा पनि हो।
फजुल खर्च गर्ने र विभिन्न पार्टीको आयोजना गरि साथी भाइसंग रमाइलो गरि जन्मदिन मनाउने गरेको पाइन्छ तर, मैले फजुल खर्च नगरी असहाय, अशक्त र जस्को कोहि छैन त्यस्ता दिन दुःखीलाई केही भएपनि सहयोग गर्ने उदेश्यले गाउँमै पुगेर खाद्यान्न र फलफूल सहयोग गरि जन्मदिन मनाएको छु उनले भनिन् । सहरमा रहेका विभिन्न मानवीय संघसंस्थाहरूमा सबैले सहयोग गर्ने गर्दछन् तर गाउँमा कसैको नजर पुगेको हुँदैन। त्यसैले गाउँमै पुगेर मैले अशक्त असाय वृद्ध आमाबुवा सँगै जन्मदिन मनाउने सोच भएर जन्मदिन मनाएको थापाले बताइन्।