रेशम चौधरीलाई पत्र काटेर पक्राउ गराउने सर्वोच्चका अधिकृत भद्रकाली हिरासतमा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्नू भनी पत्र काट्ने सर्वोच्च अदालतका अधिकृत आफै पक्राउ परेका छन् ।जनमत पार्टीसँग एकीकरण गर्नका लागि प्रज्ञा प्रतिष्ठानको कार्यक्रममा सहभागी भइरहेको बेला उनको पक्राउको पत्र काटने सर्वोच्चका अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रहरीका अनुसार उनलाई नियन्त्रणमा लिएर अहिले जिल्ला प्रहरी परिसर, भद्रकालीमा राखिएको छ।विष्टले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई नियन्त्रणमा लिएर कैदमा राख्नू भनी पत्र लेखेका थिए । सोही आधारमा उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेका अनुसार पत्र लेख्ने विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएका छन । विस्तृत विबरण अाउन बाँकी रहेकाे छ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?