बौनियाँ/कैलाली जिल्लाको बर्दगोरिया गाउपालिका वडा नं ३ रानिकुण्डामा अवस्थित श्री लालीगुराँस सामुदायिक बन उपभोक्ता समुहको विशेष साधारण सभा मगंलबार सम्पन्न भएको छ।
हेर्नु होस् यो भिडियो
सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष भीम बहादुर कुँवर को सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउपालिका वडा नं ३ का अध्यक्ष करने सुनार रहनु भएको थियो । यसै गरि बिशिस्ट अतिथिमा बर्दगोरिया गाउकार्यपालिका सदस्य तथा वडा सदस्य कोकिला खत्री, न्यायपालिका सदस्य तथा वडा सदस्य टंक ओली,सब डिभिजन बन कार्यालय बौनियाका प्रमुख कृष्ण बोहरा रहनु भएको थियो ।
हेर्नु होस् यो भिडियो
कार्यक्रममा बोल्दै प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष करर्ने सुनारले बनले समुदायलाई फाईदा पुग्ने हुदा बन जोगाउन आवस्यक रहेको बताउनु भयो । साथै सुनारले बन समितीले आर्थिक पारदर्शीताका संगै उपभोक्ता हरुलाई सस्तोमा काठ दाउरा उपलब्ध गराउनु पर्ने बताउनु भयो । जुन बैज्ञानिक बन संविधान मा लेखिएको छ बुढा रुखलाई काट्ने बालक रुख लाई बचाउने जुन बैज्ञानिक सिद्धान्त छ त्यो नीति नियम अनुसार काम नभएको सुनार भने बैज्ञानिक बन नहुँदा धेरै वर्ष अघि धेरै राम्रो बन थियो अहिले छैन । बैज्ञानिक बनको नाममा बन खाली भएको छ । सामुदायीक बनमा पैला उपभोक्ता समुहले सेवा सुविधा पाउनु पर्दछ त्यो कुनै बनमा भएको देखि दैन बन रक्षक राखिएका छन् बन्न रक्षकले राम्रो संग सहि रेेख देेख गरेको देखिँदैन जुन सुकै ठाउँमा होस जनताले सेवा सुविधा पाउनु पर्दछ ।सबै उपभोक्ता समुह लाग्नु होस तपाईं हामी लागौ बन बचाऊ वडा अध्यक्ष सुनारले सो कार्यक्रममा बताएका हुन् ।
हेर्नु होस् यो भिडियो
सामुदायिक बनका उपाध्यक्ष मनऋषि आचार्यले स्वागत गरेको कार्यक्रममा बर्दगोरिया गाउकार्यपालिका सदस्य तथा वडा सदस्य कोकिला खत्रीले भनिन अन्य सामुदायीक बनले उपभोक्ता समुहको हक हित हुने गरी काम गरिरहेको छ। हाम्रो सामुदायीक बनले उपभोक्तालाई सेवा सुविधा दिन किन कञ्जुशाही गर्नु भएको सामुदायीक बन भित्र सबै खाली छ बोट बिरुवा रोप्न गरेको देखिँदैन सबै उपभोक्ता समुह लागौ भनु हुन्छ होला उपभोक्ताले कुनै सेवा सुविधा नपाए कसरी आउँछन् कुनै लक्षित वर्ग र्कार्यक्रम,महिलाका कार्यक्रम,युवाका कार्यक्रम, जनचेतना जगाउने कार्यक्रम,गर्नु पर्दछ सबैले स्थानिय सरकारको मुख ताकने प्रर्वितीका कारण विकास छिटो दौडन नसकेको हो खत्रीले भनिन विकास गर्नका लागि सबै संग संस्थाहरु एक नभए सम्म देश गाउँ ठाउँ तिव्र गतिमा अघि नबढ्ने समेत बताएकी हुन् ।
हेर्नु होस् यो भिडियो
न्यायपालिका सदस्य तथा वडा सदस्य टंक ओली,सब डिभिजन बन कार्यालय बौनियाका प्रमुख कृष्ण बोहरा,श्री नमूना दानुवाफाटा सामुदायीक बन उपभोक्ता समितिका अध्यक्ष टेकराज जोशी,श्री रानीजरुवा सामुदायीक बन उपभोक्ता समितिका अध्यक्ष लाल सिंह विश्वकर्मा लगाएतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको संचालन सामुदायिक बनका सदस्य रामचन्द्र कठरियाले गरेका थिए।कार्यक्रमको समापन गर्दै कुँवरले बन जोगाउन एक जना अध्यक्ष मात्र भएर नहुने भन्दै अध्यक्ष भीम बहादुर कुँवरले सबै उपभोक्ताहरु जागरुक हुने पर्ने बताउनु भयो । अध्यक्ष कुँवरले लक्षित वर्गको कार्यक्रम महिला, युवाका लागी कार्यक्रम छिटै ल्याउने तयारी भइरहेको समेत बताका हुन् ।






























































































































































