
कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ३ रानीकुण्डामा रहेको लालीगुराँस सामुदायिक वन उपभोक्ता समुहको ८ औं बार्षिक साधारण सभाबाट पुन: अध्यक्षमा भीम बहादुर कुँवर निर्वाचित भएका छन्।
कुँवरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । चयन गरिएको नयाँ कार्यसमितिको उपाध्यक्षमा ध्वज बहादुर सुनार, सचिवमा कोकिल खत्री, कोषाध्यक्ष शान्ति देवी विक, सह-सचिवमा सन्त राम चौधरी रहेका छन् । भने सदस्यहरुमा जगनाथ जोशी, रमा गौतम, गुलाब पति चौधरी, विजय जोशी, चुलुराम चौधरी, जागेश्वर चौधरी, कलसा बम र लीला कुमारी थापा निर्वाचित भएका छन्।
त्यस्तै सल्लाहकार समितिको संयोजकमा भेष राज जैशी , देव चौधरी र मनती चौधरी निर्वाचित भएका छन्। लेखा समिति संयोजकमा गोविन्द बिसी, गङ्गा ओली र गुराँस ओली निर्वाचित भएका छन्।