वडाध्यक्ष गिरीको निधन, गाउँपालिकाले दियो शोक विदा, राष्ट्रिय झण्डा आधा झुकाउने

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–३ का वडाध्यक्ष नन्दाराम गिरीको ३६ वर्षको उमेरमा निधन भएको छ। उनको निधनमा गाउँपालिकाले आइतबार (भोलि) शोक विदा दिएको छ।

 

अध्यक्ष देवीदत्त उपाध्यायका अनुसार आइतबार शोक विदा दिइएको छ। साथै तीन दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरिएको छ। विगत दुई वर्ष ६ महिनादेखि मुखको क्यान्सर रोगबाट ग्रसित वडाध्यक्ष गिरीको उपचारका क्रममा शुक्रबार दोदोधरा अस्पताल बौनियामा निधन भएको हो।

 

उनी वडा नं ३ को अध्यक्षमा विसं २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। मृतक गिरीका श्रीमतीसहित दुई छोरा र एक छोरी छन्।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?