शिवशक्ति ग्रामिण विद्युत सहकारी संस्थाको अध्यक्षमा आत्मा प्रसाद रिजाल 

कैलाली : कैलालीको कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा, खैरेनीमा रहेको शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाको १४ औं वार्षिक चुनावी साधारणसभा बाट अध्यक्षमा आत्मा प्रसाद रिजाल चयन भएका छन् । संस्थाको १४ औँ बार्षीक चुनावी साधारणसभा बाट ९ सदस्यीय नयाँ संचालक समिति गठन गरिएको हो ।

विद्युत सहकारी संस्थाको विधान परिच्छेद ६ अनुसार नौ जना सदस्य चुने व्यवस्था छ भने सोही नौ जना सदस्य बाट अध्यक्ष, उपाध्यक्ष,कोषाध्यक्ष र सचिवलाई मतदान गर्ने व्यवस्था रहेको छ । अन्य पाँच जना सोतह सदस्य हुने व्यवस्था रहेको पाइन्छ।

 

अध्यक्ष पदका उम्मेदवार आत्मा प्रसाद रिजालले नौ जना सदस्य मध्य छ मत पाएका थिए उनका प्रतिस्पर्धी नन्दराम विष्टले नौ जना सदस्य मध्य ३ मत पाएका थिए विष्टले हार ब्यहोरेको केही समयमै राजीनामा निवेदन संस्थाका अध्यक्ष लाई दिए विष्ट पूर्व संस्थाको उपाध्यक्ष समेत हुनहुन्थ्यो। उपाध्यक्ष पदका उमेद्वार यश कुमार वन्तोलाले पाँच मत पाएका थिए भने उनका प्रतिस्पर्धी पदम तिरुवाले चार मत पाए र सोतह सदस्य बने ।

 

 

संस्थाको सचिवमा शिव चरण चौधरी निर्विरोध विजयी भएका हुन् । कोषाध्यक्षमा पार्वती आचार्यले पाँच मत पाएकी थिइन् भने उनका प्रतिस्पर्धी लालमति बुढाले चार मत पाएकी थिइन् उहाँ सोतह सदस्य बनिन्। सदस्यहरुमा भिम बहादुर बुढा र सुरेन्द्र चौधरी रहेका छन भने अध्यक्ष पदका उमेद्वार नन्दराम विष्टले सदस्य नबस्ने भनी राजीनामा दिए पछि एक जना सदस्य चयन हुन् बाँकी रहेको छ।

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?