
नवलपरासी । भारतबाट चोरबाटो भएर नेपालतर्फ ल्याउँदै गरिएको अवैध बोइलर कुखुरा सशस्त्र प्रहरीले कुखुरा फेला पारी बरामद गरेको छ ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न.५ कठहवा स्थितबाट सोमबार बिहान सशस्त्र प्रहरी बल नेपाल आउट पोष्ट गुठी परसौनीका सशस्त्र प्रहरी नायक निरीक्षक दिल बहादुर पौडेलको नेतृत्वमा खटिएको मोबाइल गस्ती टोलीले १ सय २० गोटा बोइलर कुखुरा नियन्त्रणमा लिइएको हो । उक्त बरामद गरिएको कुखुराको मुल्य ९० हजार रहेको सशस्त्र प्रहरी निरीक्षक सन्तोष सापकोटाले बताए ।
भारतबाट नेपालतर्फ अवैध कुखुरा मोटरसाइकलमा राखी ल्याउँदै गर्दा सशस्त्र प्रहरीलाई देखे वित्तीकै मोटरसाइकलबाट कुखुरा फालि मोटरसाइकल लिएर मानिस फरार भएको सशस्त्र प्रहरी २६ नं गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक देव बहादुर चन्दले जानकारी दिनुभयो ।
बरामद गरिएका कुखुरालाई गुठी परसौनी बि ओ पी हाता भित्र खाडल खनेर नष्ट गरिएको उनले बताए ।