सहिद स्मृतिको विद्यालयको अभिभावक भेला तथा शिक्षक बिदाइ कार्यक्रम सम्पन्न

लम्की। कैलालीको लम्कीचुहा नगरपालिका–१, लम्कीमा रहेको सहिद स्मृति माध्यामिक विद्यालयको अभिभावक भेला तथा शिक्षक बिदाइ कार्यक्रम सम्पन्न भएको छ । आइतवार विद्यालयको सभाहलमा लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशीला शाही, वडा अध्यक्ष नेत्र प्रसाद खनाल, विद्यालयका अध्यक्ष गणेश प्रसाद ढकाल, शिक्षक अभिभावक संघका अध्यक्ष पवित्रा विश्कर्मा, सल्लाहाकार सदस्य दिल बहादुर साउँद, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

नगर प्रमुख तथा कार्यक्रमकी प्रमुख अतिथि सुशीला शाहीले ३८ लाखमा लागतमा बनेको विद्यालयको नवनिर्मित चार कोठे भवनको उद्घाटनको गरकी थिइन् । भवनको उद्घाटन गर्दै नगर प्रमुख शाहीले लम्कीचुहाले विद्यालयलाई आवश्यक भवन उपलब्ध गराउनुको साथ साथै शैक्षिक गुणस्तर वृद्धिका लागि प्रयाप्त शिक्षकको व्यवस्था गरिएको बताइन् । ‘हामीले ४६ वटा सामुदायिक विद्यालयलाई आवश्यक भवन दिएका छौँ । समायोजन हुने किसिमका बाहेक अरू विद्यालयमा भवन दिएका छौँ,’ नगर प्रमुख शाहीले भनिन्, ‘विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि हामीले भवनसँगसँगै शिक्षकको पदपूर्तिमा ध्यान दिएका छौँ । भवनहरू बन्दै गर्छन् तर, त्यहाँ शिक्षक नभएको अवस्थमा विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुँदैन भन्ने कुरा बुझेर ८० जना नयाँ शिक्षकको व्यवस्था गरेका छौँ ।’

त्यस्तै शैक्षिक गुणस्तरलाई ध्यानमा राखेर शिक्षकको पारिश्रमिक उल्लेख्य रुपमा वृद्धि गरेको बताइन् । शिक्षक समायोजनको विषयमा बोल्दै नगर प्रमुख शाहीले ‘आफू जस्तो मेयर कमै पाइने’ बताउँदै समायोजनको विषयमा केही गर्न पर्ने भएमा साउनमा नगरपालिका आउन आग्रह गरिन् । नगर प्रमुख शाहीले सहिद स्मृति माध्यामिक विद्यालयलाई भवन दिने प्रतिवद्धता समेत व्यक्त गरेकी थिइन् । कार्यक्रममा समायोजन भएर अन्य विद्यालयमा जाने शिक्षकहरूको विदाई समेत गरिएको थियो । शिक्षकहरू पुष्पा शर्मा, गगन बहादुर जि.सी., टीका दलार्मी, पवित्रा खनाल र जनकराज भुललाई विदाई गरिएको थियो । विदाई गरिएका शिक्षकले विद्यालयमा निर्माणमा दिएको योगदानका उनीहरूलाई लागि सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा विद्यालय व्यस्थापन समितिका पदाधिकारी, पूर्व अध्यक्ष मोतिकला चलाउने, सल्लाहाकार सदस्य दिल बहादुर साउँदले आफ्नो मन्तवय राखेका थिए । वक्ताहरू विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नको लागि शिक्षक, अभिभावक, विद्यार्थीले आफ्नो भूमिकालाई सशक्त बनाउनु पर्ने र त्यसमा सहयोग स्थानीय सरकारले गर्नुपर्ने जोड दिएका थिए । कार्यक्रम सभा अध्यक्ष तथा विद्यालयका अध्यक्ष गणेश प्रसाद ढकालले विद्यालय निर्माणमा समुदायसँगै यहाँका प्रवृद्ध व्यक्तिहरूको सहयोग रहेको बताउँदै सहयोगका लागि धन्यवाद प्रकट गरेका थिए । यस्तै किसिमले आगामी दिनमा पनि सहयोग हुने अपेक्षा लिएको बताएका थिए । पूर्व अध्यक्ष मोतिकला चलाउने, मकर विष्ट, सल्लाहकार सदस्य दिल बहादुर र अभिभावक मनभुजा हमाल, धनमन टमट्टालाई सम्मान गरिएको कार्यक्रमको सञ्चालन शिक्षक रंग प्रसाद तिमिल्सेना गरेका थिए ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?