सांसद अक्कल रावलले गरे लम्कीचुहा अस्पतालको अनुगमन 

कैलाली। सुदूरपश्चिम प्रदेश सांसद अक्कल रावलले लम्कीचुहा अस्पतालको अनुगमन गरेकाछन् । लम्कीचुहा नगरपालिकामा रहेको लम्कीचुहा अस्पतालको नेकपा मओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटिका उपाध्यक्ष समेत रहेका सांसद रावलले आईतबार अनुगमन गरेकाहुन् । तत्कालीन द्धन्दको समयमा २०५८ साल भदौ १७ गते आजकै दिन कवापुरमा राज्यपक्षबाट हत्या गरिएका सहिदहरुको सम्झनामा लम्कीचुहा अस्पतालका बिरामीलाई फलफुल समेत वितरण गरेका सांसद रावलले अस्पतालको पनि अनुगमन गरेका थिए ।

 

नेकपा माओवादी केन्द्रले जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्र्तगत राज्यपक्षबा हत्या गरिएका यज्ञश्वर शर्मा, टंक बोगटी र भिमबहादर भाट लगायतका सहिदहरुको सम्झनामा फलफुल वितरण गरेको हो । फलफुल वितरण संगै सांसद राललले अस्पतालको अनुगमन समेत गरेकाहुन् । फलफुल वितरणका लागि अस्पतालका व्यवस्थापक जयन्द्र जैशीले समन्वय गर्ने काम गरेका थिए ।

 

सांसद रावललाई अस्पतालका सदस्य सचिब गंगाराम उपाध्यायले अस्पतालको अवस्थाको बारेमा बताउँदै अत्याआवश्यक कक्ष, औषधि कक्ष, प्रयोगशाखा परीक्षण कक्ष, औषधि स्टोर कक्ष लगायतका स्वास्थ्य कक्षहरु देखाएका थिए । भौतिक संरचना र जनशक्तिको अभाव अस्पतालले झेल्नु परेको उपाध्यायले सांसदलाई बताएका थिए । अस्पतालको अनुगमन गरेका सांसद रावलले उपचार गर्न आउने बिरामीको संख्या धेरै भएकोले अस्पतालको स्तरउन्नती गर्न आवश्यक रहेको बताए ।

 

अस्पतालको बेडमा भर्ना भएका बिरामीहरुलाई सांसद रावलले सुरुमा नमस्कार गरेका थिए । उनीहरुको स्वास्थ्य अवस्था बुझ्दै फलफुल दिएर स्वास्थ्य लाभको कामना गर्दै अस्पतालको सेवा सुविधा कस्तो भईरहेको छ भनेर बिरामीसंग बुझ्ने काम गरेका थिए । सांसद रावलले भने –“स्वास्थ्यकर्मीहरुले बिरामीको उपचारमा सक्रिय रुपमा खटिएर काम गरिरहेको मैले भेटाए । अस्पतालमा स्वास्थ्य सेवा लिन आउने बिरामीको संख्यापनि धेरै बढेको रहेछ । भौतिक संरचनाको विकाससंगै जनशक्तिको पनि आवश्यक्ता देखिएकोले प्रदेश सरकारमा लम्कीचुहा अस्पतालको विकासका लागि म पहल गनेंछु ।

 

आमाको उपचारको लागि बर्दियाबाट आएका जोगी नर्गाजीले सहिदहरुको सम्झनामा नेकपा माओवादी केन्द्रले अस्पतालमा फलफुल वितरण गरी बिरामीलाई हौसला थपेको बताए । सांसद नै लम्कीचुहा अस्पतालमा आएर बिरामीको स्वास्थ्य अवस्था बुझ्ने काम गरेकोमा खुसी लागेको उनले बताए । ३ दिनदेखि अस्पतालमा भर्ना भएकी रोशनी संज्यालले सांसद आफै आएर भेटेकोमा राम्रो लागेको बताईन् ।

 

अस्पतालको बेडमा रहेका बिारमीको मनोबल नै कमजोर भएको अवस्थामा प्रदेश सरकारका सांसद आएर बिरामीलाई भेटि अवस्था बुझ्ने काम गर्नाले बिरामीको आत्मबल बढेको बेड भर्ना भएर उपचारमा रहेकी रहेकी विष्ना बिसी सपनाले बताईन् । नेकपा माओवादी केन्द्रले सहिदहरुको सम्झनामा फलफुल वितरण गरी सहिद र अस्पतालको बिरामीको सम्मान गर्नेकाम गरेको उनले बताईन् ।

 

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य प्रेम बयकले आजकै दिन तत्कालीन राज्यपक्षबाट हत्या गरिएका सहिदहरुको सम्झनामा र नेकपा माओवादी केन्द्रले जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्र्तगत अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको बताए ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?