साइनिङ्ग स्टार क्लबको अध्यक्षमा गोविन्द बीसी चयन 

कैलाली । सामाजिक सेवा भावबाट अग्रसर संस्था साइनिङ्ग स्टार युवा क्लबको अध्यक्षमा गोविन्द बीसी (बुढाक्षेत्री) चयन भएका छन् । सोमबार भएको क्लबको तेस्रो चुनावी साधारणसभा बाट बीसी सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन् । बीसी क्लबको पूर्व संस्थापक उपाध्यक्षसमेत हुन्।

 

क्लबको औपचारिक गठन वि.सं.२०७४ माघ २१ गते भएको हो । संस्थाको स्थापनासँगै क्लबले खेलकुदतर्फ भलिबल खेललाई प्राथमिकता दिँदै आएको छ । क्लबको उपाध्यक्षमा मोहन खत्री, सचिवमा गणेश विश्वकर्मा, कोषाध्यक्षमा लिला कुमारी थापा निर्वाचित भएका सह-सचिव विजय जोशी चयन भएका छन् ।

 

जसको सदस्यमा दानबहादुर विश्वकर्मा, युवराज खत्री, देवेन्द्र कठायत र तपेन्द्र महतरा चयन भएका छन् ।

 

क्लबका अध्यक्ष भेषराज जैशीको सभापतित्वमा भएको साधारण सभाका प्रमुख अतिथि वडा नं.-३ का वडाध्यक्ष मनऋषि आचार्य रहेका थिए । कार्यक्रममा क्लबका अध्यक्ष भेषराज जैशीले आर्थिक वर्ष २०८०/०८१ को कुल ५ लाख ४० हजार ७४० रुपैयाँ आयव्यय अनुमोदन गरिएको छ । सो अवसरमा निवर्तमान अध्यक्ष जैशीले देश विदेशमा रहेका स्थानीय समाजसेवी, बुद्धिजीवीको सक्रियता र प्रयासबाट उक्त क्लब स्थापना सम्भव भएको बताउँदै उनले क्लबको संरक्षण र उद्देश्यलाई सार्थक बनाउन सबै साथ र सहकार्य आवश्यक रहेकोे उनले बताए ।

 

 

मुनाफा आर्जन गर्ने संस्था नभइ सेवामूलक संस्था भएकाले क्लबलाई आर्थिक, नैतिक र भौतिक रुपले सबैले साथ लिन आवश्यक रहेको उनले बताए । सो अवसरमा नयाँ निर्वाचित कार्य समितिलाई बधाई तथा शुभकामना दिँदै वडाध्यक्ष मनऋषि आचार्यले क्लबले आगामी दिनमा सामाजिक विकास निर्माण र सुशासनका लागि रचनात्मक भूमिका खेल्ने अपेक्षा गरिएको बताए । उनले युवाहरुलाई एकजुट बनाउँदै खेलकुदसँगै अन्य सामाजिक कार्यमा अग्रसर हुन आवश्यक रहेको बताए ।

क्लबका महासचिव सुन्दर गौतमले सञ्चालन गरेको कार्यक्रममा पूर्व वडा सदस्यएवम् लालीगुँरास सामुदायिक वन उपभोक्ता समूहकी सचिव कोकिला खत्रीले शुभकामना मन्तव्य राखेकी थिइन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?