
कैलाली । “स्वास्थ्य, विकास र समृद्धिका लागि खेल” भन्ने मुल नाराका साथ कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा सातौँ संरक्षण खुल्ला राष्ट्रव्यापी भलिबल प्रतियोगिता २०८१ हुने भएको छ ।
साइनिङ्ग स्टार युवा क्लबको आयोजनामा फागु पुर्णिमा (होलि) पर्वको अवसरमा यहि फागुन २८ गतेदेखि चैत ५ गतेसम्म बर्दगोरिया गाउपालिका -३ खैरेनी स्थित रामजानकी मन्दिरको मैदान हुने बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।
युवा तथा खेलकुदको विकास ,उत्कृष्ट खेलाडी उत्पादन , कुलतमा फसेका युवाहरूलाई खेल तर्फ प्रोत्साहन , स्वास्थ र मनोरञ्जन लगायतको उद्देश्यले भलिबल खेलको आयोजना गर्न लागिएको साइनिङ्ग स्टार युवा क्लबका अध्यक्ष गोविन्द बहादुर बुडाक्षेत्रीले जानकारी दिए ।
यस अघि रामजानकी मन्दिर संरक्षण समितिले चौथो संस्करणसम्म भलिबल प्रतियोगिता गर्दै आएपनी साईनिङ्ग स्टार युवा क्लबको आयोजनामा यो सातौँ खुल्ला राष्ट्रव्यापी भलिबल प्रतियोगिता हुन लागेको अध्यक्ष बुडाक्षेत्रीले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ३ हजार १ सय ५१ रुपैयाँ, दोस्रो टिमलाई ४७ हजार १ सय ५१ रुपैयाँ र तृतिय टिमलाई ३१ हजार १ सय ५१ रुपैयाँ पुस्कार दिईने क्लबका अध्यक्ष बुडाक्षेत्रीले जानकारी दिए । भलिबल खेलमा बेस्ट स्पाईकर,बेष्ट सर्भर, बेष्ट ब्लकर, बेष्ट सटर , बेष्ट प्लेयर लगायतका बिधामा पनि छुट्टै पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । विभागीय टोली देश तथा छिमेकी देश भारतका बिभिन्न टिमको सहभागीता रहने प्रतियोगितामा टिम दर्ता ५ हजार १ सय ५१ रुपैयाँ रहेको आयोजकले जनाएको छ ।
करिब ५ लाख २४ हजार ९ सय १३ रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितालाई सभ्य भब्य रुपमा सम्पन्न गर्नको लागि संयोजक समित तोकिएको छ । जसमा मंच व्यवस्थापन समिति संयोजकमा शिवराज भण्डारी, अथिती स्वागतमा पवित्रा कुमारी साउँद, प्रचारप्रसारमा विजय जोशी, आर्थिकमा गणेश विश्वकर्मा र स्वयंसेवकमा नरेन्द्र थापा रहेका छन् ।
साइनिङ्ग स्टार युवा क्लबले लामो समयदेखि शिक्षा, स्वास्थ, पुर्वाधार विकास, मनोरञ्जन तथा खेलकुद क्षेत्रमा केन्द्रित भएर सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।
खेलकुदको विकासका लागि सबै एकजुट हुनपर्ने उनले बताए । स्थानीय तथा राष्ट्रिय खेलाडीको सशक्तिकरण र क्षमता अभिवृद्धि गर्ने उद्देश्य अनुरुप क्लबले भलिबल प्रतियोगिता आयोजना गर्दै आएको बताए । खेलकुद क्षेत्रले बहुआयामिक महत्व राख्ने भएकाले स्वास्थ्य, मनोरञ्जन र विकाससँगै सामाजिक एकता, सद्भाव र पहिचान अभिवृद्धिमा टेवा पुग्ने उनको भनाइ छ । पत्रकार सम्मेलनमा बर्दगोरिया गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष मनऋषि आचार्य, पूर्व कार्यपालिका सदस्य तथा वडा सदस्य कोकीला खत्री, शिव शक्ति ग्रामीण विद्युत् सहकारी संस्थाका कार्यबाहक अध्यक्ष यज्ञ राज वान्तोला, समाजसेवी भीम राज भण्डारी लगायतकाहरुको सहभागितता रहेको थियो। भने सम्मेलनमा युवाहरुको बाक्लो उपस्थिति रहेको थियो।