सुदूरपश्चिम महोत्सवमा एनसेल सह–प्रायोजक रहेर सहयोग गर्ने

धनगढी । सुदूरपश्चिम महोत्सवलाई एनसेलको साथ रहने भएको छ। कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्ने महोत्सवमा एनसेल सह–प्रायोजक रहेर सहयोग गर्ने भएको हो।

 

सोमवार कैलाली उद्योग वाणिज्य संघ र एनसेल प्रालिका बिच सुदूरपश्चिम महोत्सवमा सह-प्रायोजक रहने सम्झौता भएको कैलाली उद्योग वाणिज्य संघमा अध्यक्ष पुष्पराज कुँवरले बताए।

 

 

 

 

उद्योग वाणिज्य संघले हरेक वर्ष मंसिर २२ गतेदेखि पुस २ गतेसम्म धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना गर्दै आएको छ। सुदूरपश्चिमको उद्योग, पर्यटन, कृषि तथा व्यापार प्रवर्द्धन गर्न २०६३ देखि सुदूरपश्चिम महोत्सव हुँदै आएको छ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?