सुनको मूल्य मंगलबार तोलामा १९ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलबार तोलामा १९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन एक लाख ९६ हजार ६ सय रुपौयाँमा कारोबार भएको थियो ।

 

 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार चाँदी २ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो । आज दश ग्राम सुनको मूल्य एक लाख ७० हजार १८० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ९ सय ५५ रुपैयाँ रहेको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?