हङकङ र नेपाल हाफटाइम अघि गोलरहित अवस्थामा

काठमाडौं। हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भएको छ ।बिहीबार सो कोन पोस्थित हङकङ रंगशालामा जारी खेलमा दुबै टोली गोलरहित अवस्थमा रहेका छन ।जारी खेलको ४२औं मिनेटमा सोरेस जुनियरले करिब २२ यार्ड परबाट गरेको प्रहार नेपाली गोलकिपर तथा कप्तान किरण चेम्जोङले सहजै नियन्त्रणमा लिएका थिए ।

 

अबको ५ दिनपछि २०२७ एएफसी एसिया कप छनोटको तेस्रो चरणअन्तर्गत आफ्नो दोस्रो खेलमा हङकङले भारतसँग प्रतिस्पर्धा गर्दै छ ।त्यही दिन नेपालले लाओससँग खेल्ने तालिका छ । छनोट प्रतियोगिताको तयारीस्वरुप हङकङले मैत्रीपूर्ण खेलमा नेपाललाई आतिथ्यता गरेको हो ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?