हैटीको जेलमा पछि ४ हजार कैदी फरार, १२ काे मृत्यु, सरकारले लगायाे संकटकाल

काठमाडौं । क्यारेबियन देश हाइटीको सरकारले देशमा ७२ घण्टाको संकटकाल घोषणा गरेको छ । एक सातादेखि जारी हिंसालाई मध्यनजर गर्दै संकटकाल लगाउने निर्णय गरेको त्यहाँको सरकारले जनाएको छ ।सशस्त्र समूहले पोर्ट–ओ–प्रिन्स जेलमा आक्रमण गरे पछि हाइटी सरकारले आइतबार ७२ घण्टाको आपतकाल घोषणा गरेको हो । जेल ब्रेकमा कम्तिमा १२ जनाको मृत्यु भएको थियो र करिब ३,७०० कैदीहरू भागेका थिए।

 

गिरोहका नेताहरूले विदेश भ्रमण गरेका प्रधानमन्त्री एरियल हेनरीलाई जबरजस्ती राजीनामा  चाहेको बताएका छन्। उसलाई हटाउने समूहहरूले पोर्ट ओ प्रिन्सको लगभग ८० प्रतिशत भाग नियन्त्रण गर्छन्। गिरोह हिंसाले हाइटीलाई वर्षौंदेखि ग्रस्त बनाएको छ। वास्तवमा गत फ्रेवुअरी २९ मा देशमा रहेका आपराधिक गिरोहका सदस्यले धेरै सरकारी संस्थामा आक्रमण गरेका थिए । उनीहरुले जेलमा आक्रमण गरेपछि लगभग ४ हजार कैदी भागेका थिए ।

यी हतियारधारीहरूले देशका धेरै ठाउँमा पसल र घरमा आगजनी र तोडफोड गरिरहेका छन् । हिंसामा हालसम्म १२ जनाको मृत्यु भइसकेको छ । हिंसाको कारण प्रधानमन्त्री एरियल हेनरीको विदेश भ्रमण रहेको बताइएको छ । यसबाट असन्तुष्ट अपराधी गिरोहका मानिसहरुले उनको राजिनामाको माग गरिरहेका छन् । बीबीसीका अनुसार प्रधानमन्त्री एरियल हेनरीले केन्याको भ्रमण गरेपछि हाइटीमा हिंसा सुरु भएको हो । वास्तवमा केन्याको नेतृत्वमा रहेको बहुराष्ट्रिय सुरक्षा बल हाइटीमा तैनाथ गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री नैरोबी गएका थिए । त्यसपछि हाइटीका सबै आपराधिक गिरोहले एकताबद्ध भएर प्रधानमन्त्रीलाई पदबाट हटाउन हिंसा गर्न थालेका हुन ।

 

हाइटी प्रहरीले आपराधिक गिरोहसँग आवद्ध अपराधीलाई पक्राउ गर्न सेनासँग सहयोग मागेको छ । सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२ मार्चमा दुईवटा कारागारमा आक्रमण भएको थियो । यहाँबाट ४ हजार कैदी भागे । कतिपयलाई प्रहरीले मारेको छ । देशमा जारी हिंसामा हालसम्म १२ सर्वसाधारणको मृत्यु भइसकेको छ । फरार कैदीहरूमा २०२१ मा हाइटीका राष्ट्रपति जोभेनेल मोइसको हत्या गर्ने कैदी पनि समावेश रहेको जनाइएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?