मल माग्दै हलो जुवासहित प्रदर्शन

कैलाली – युरिया मल पाउन नसकेको भन्दै कृषकहरू हलो जुवासहित आन्दोलन गरेका छन् । धानमा मल हाल्ने समयमा मल पाउन नसकेको भन्दै उनीहरू आन्दोलित हुनु परेको बताएका छन् । घोराही उपमहानगरपालिका–२ साइपुरका किसान दिलबहादुर नेपालीले धान रोपेको डेढ महिना हुन थाल्यो । करिब एक बिगाहा जमिनमा रोपेको धानमा अहिले मल टिप गर्नुपर्ने भएको छ तर उनले मल पाउन सकेका छैनन् । “मल नपाउँदा धान बढ्न सकेको छैन, बोट पहेलोसमेत हुन थालेको छ,” नेपालीले भने , “तर गाउँमा मल ल्याउने सहकारीमा मलका लागि जाँदा सहकारी संस्थाले मल आएको छैन भन्छ ।” उनले समय मै धानमा टिप गर्ने मल नपाउँदा मेहनत खेर जाने हो कि भन्ने चिन्ता लागेको समेत बताए ।

रामपुरकै अर्का किसान निमबहादुर चौधरीलाई पनि । धानमा टिप गर्नका लागि युरिया मल खोज्दा गाउँमै रहेको साना किसान सहकारीमा पटक–पटक गए पनि मल पाउन नसकेको उनी बताउँछन् । मल नपाउँदा मेहनत गरेर रोपेको १३ रोपनीको धानखेती खेर जाने हो कि भन्ने उनलाई चिन्तासमेत छ ।“समय मै पानी परेकाले धान त रोपियो तर अहिले टिप गर्ने मल छैन,” किसान चौधरीले भने, “मल नपाउँदा धानको बोट बढ्नै सकेको छैन् ।” खेतमा रोपेको धानले मल खोजे पनि मल नहुँदा हाल्न नसकेको बताए । “धान रोपेको करिब एक महिना बढी भयो, महिना दिनमै युरिया मल टिप गर्नु पर्ने हो,” उनी भन्छ, “तर नपाउँदा महिना दिन बढी भइसक्दा समेत टिप गर्न पाएको छैन ।”रोपेको धानमा टिप गर्नका लागि युरिया मल नपाएपछि किसानहरूले हलो, जुवा र फरुवा बोकेर प्रदर्शन गरेका छन् । घोराही उपमहानगरपालिका–२ रामपुरका किसानले धानमा टिप गर्ने मल नपाएको भन्दै वडा कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।नेपाली कांग्रेसको भ्रातृ संगठन किसान संघ रामपुरको आयोजनामा किसानहरूले सरकारसँग रसायनिक युरिया मल उपलव्ध गराउन माग गर्दै वडा कार्यालयको गेटमा प्रदर्शन गरेको किसान संघ रामपुरका अध्यक्ष शेरबहादुर चौधरीले बताए ।समयमै मल नपाउँदा किसानको मेहनत खेर जाने अवस्था हुन थालेपछि आफूहरू आन्दोलन गर्न बाध्य हुनु परेको अध्यक्ष चौधरीले बताए । “धान रोपेको एक–डेढ महिना भइसक्यो, यो बेला धानलाई मल चाहिएको छ,” अध्यक्ष चौधरीले भने, “तर मल किसानहरूले पाउन सकेका छैनन् ।”

उनले सरकारले धान खेतीका लागि मलको अभाव नहुने भने पनि अहिले किसानहरूले मल पाउन नसकेको उनले बताए ।मल पाउन नसक्दा जिल्लाका विभिन्न स्थानका किसानहरू समस्यामा परेका छन् । एक महिनादेखि किसानहरूले मल नपाउँदासमेत वडा कार्यालयले मलका लागि कुनै पहल नगरेको किसानहरूले गुनासो गरेका छन् । उनीहरूले स्थानीय सरकारका रुपमा रहेको वडा कार्यालयलाई मलको लागि पहल गरी दिन आग्रह गरेका छन् । प्रदर्शनपछि आयोजना गरिएको विरोध सभालाई सम्बोधन गर्ने बक्ताहरूले किसानको समस्यामा ध्यान दिन सरकारलाई आग्रह गरेका थिए । किसानले समय मै मल नपाउँदा मेहनत खेर जाने अवस्था आएको भन्दै उनीहरूले जति सक्यो चाँडो युरिया मलको व्यवस्था गर्न समेत सरकारसँग माग गरेका थिए । युरिया मल आएको छैन कृषि सामग्रीलकडाउनका कारण मलको कारखाना बन्द भएकाले रासायनिक युरिया मल आउन नसकेको कृषि सामग्री कम्पनी लिमिटेड घोराही शाखाले जनाएको छ ।

विश्व व्यापीरुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण मल उत्पादन गर्ने कम्पनी बन्द हुँदा भारत बाटै मल नआउँदा वैशाख र जेठ महिनादेखि नै दाङमा युरिया मल नआएको कृषि सामग्री कम्पनी लिमिटेड घोराही शाखाका सूचना अधिकारी सुष्मा बस्यालले जानकारी दिएकी छिन् । दाङमा धान रोप्ने समयमा किसानलाई मलको समस्या नभए पनि अहिले धानमा टिप गर्ने क्रममा रसायनिक मलको समस्या देखिएको उनले बताइन् । “रोपाइँको समयमा मल अभाव देखिएको थिएन तर पछिल्लो समय लकडाउनका कारण मल नआउँदा अहिले समस्या देखिएको छ,” सूचना अधिकारी बस्यालले भनिन, “मलका लागि हामीले भैरहवा सम्पर्क गर्दा भदौको पहिलो हप्तासम्म आउने जानकारी दिएको छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बिजक लिने उपभोक्तालाई उपहारः अर्थ मन्त्रालयले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि’

बिजक लिने उपभोक्तालाई उपहारः अर्थ मन्त्रालयले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि’...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९