कोरोनाको डर, कृषि नै अबको रहर !

लकडाउनका कारण सबभन्दा ठूलो असर अर्थतन्त्रमा परिरहेको छ। कोरोनाको सम्भावित जोखिमले विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने देखिएको छ। यसले हाम्रो देशको कुल गार्हस्थ्य उत्पादनमा प्रत्यक्ष असर पर्ने आकलन छ।

पछिल्लो समय देशको ध्यान उत्पादन वृद्धिका क्षेत्रमा केन्द्रिकृत हुन थालेको छ। नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको महत्वपूर्ण योगदान छ। कुल गार्हस्थ्य उत्पादनमा २७ प्रतिशत योगदान रहेको कृषि क्षेत्रको प्रभाव ५० प्रतिशत पुर्याउन सकिन्छ।

कोरोनाका कारण वैदेशिक आम्दानीमा तत्काल असर देखिएको छ। कोरोना नियन्त्रण भइसकेपछि पनि प्रभावमा परेका देशले कामदार माग गरेनन् भने अन्ततः खस्किएको अर्थतन्त्र उकास्न वैकल्पिक बाटो खोज्दा धेरै ढिला भइसक्छ। तसर्थ, बेरोजगारीको सङख्यामा दुई गुणा वृद्धि हुनबाट जोगाउन कृषि अर्थतन्त्रलाई गुणत्मक वृद्धि गर्नु अति आवश्यक मानिएको छ।

पछिल्लो समय भाइरसको सम्भावित जोखिमले युवा कामदार विदेश जानबाट रोकिएका छन्। ती युवासहित सीमान्तकृत जनशक्तिको सामूहिक प्रयास र सहकारीको अगुवाइमा सरकारले सहुलियत कर्जा प्रवाह गर्दै खोलाको किनार (बगरजग्गा) उपलब्ध गराउन आवश्यक देखिन्छ। यसले मुलुकलाई दोहोरो फाइदा पुग्छ।

बंगुरको मासु निर्यातबाट प्रशस्त आम्दानी लिन सकिन्छ। चीनमा बंगुरको मासु निर्यात गर्न सकिने सम्भावना रहेको बताइएको छ। सो देशमा शून्य दशमलव पाँच प्रतिशत जनतालाई मात्र सो मासु निर्यात गर्न सकियो भने वार्षिक २५ अर्ब २० करोड रूपैयाँ आम्दानी हुन्छ। हाल चीनको जनसंख्या झन्डै एक अर्ब ४२ करोड छ। सो जनसंख्याको शून्य दशमलव पाँच प्रतिशत भनेको झन्डै ७० लाख हुन आउँछ।

एक व्यक्तिले वर्षमा १२ केजी मात्र मासु खपत गर्यो भने ७० लाखले आठ करोड ४० लाख केजी मासु खपत गर्छन्। तीन सयमा बिक्री गर्न सकियो भने उक्त रकम नेपाललाई प्राप्त हुन्छ। नेपालमा हाल बंगुरको मासु उत्पादन सरदर १७ लाख मेट्रिक टन छ। माग भने २६ लाख मेट्रिक टन रहेको बंगुर उत्पादक व्यवसायी महासंघले जनाएको छ ।

चालु आर्थिक वर्षमा ८.५ प्रतिशत आर्थिक वृद्धिको उच्च लक्ष्य बोकेकोमा विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषजस्ता निकायले नेपालको आर्थिक वृद्धि २.५ देखि बढीमा ४.३ प्रतिशत हाराहारी रहने अनुमान गरेका छन्। नेपालको अर्थ मन्त्रालयले यस महामारीका कारण २ खर्बको हाराहारीमा क्षति हुने आकलन गरेको छ।

विकसित राष्ट्रलाई यस विषम परिस्थितिबाट पहिलाकै अवस्थामा फर्काउन निकै ठूलो स्रोत, प्रयत्न र समय आवश्यक पर्ने भए पनि तुलनात्मक रुपमा हाम्रोजस्तो विकासशील देशले यस महामारीको समुचित व्यवस्थापन गर्दै समयमै योजनाबद्ध कार्य प्रारम्भ गर्न सके बाह्य मुलुकसँग निर्भर नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर, स्थायी र दिगो अर्थतन्त्रको जग हाल्ने अवसरका रुपमा अगाडि बढाउन सकिन्छ।

अहिलेको करिब चार महिनाको बन्दाबन्दीका कारण किसानले कुखुरापालन क्षेत्रमा मात्रै दैनिक २२ करोड रुपैयाँ र दुग्ध क्षेत्रमा करिब ७.५ अर्ब क्षति बेहोरिसकेको तथ्यांक बाहिर आएका छन्। करिब ४.५ लाख नेपाली नेपालको श्रमबजारमा छन् भने श्रमका लागि बिदेसिएका ४५ लाख नेपालीमध्ये ठूलो संख्यामा स्वदेश फर्कन आतुर छन्।

स्वदेशमै रोजगारी सिर्जनामार्फत उनीहरुको समुचित व्यवस्थापन गर्न नसकिएमा यसबाट आर्थिक सँगै सामाजिक एवं राजनीतिक समस्यासमेत सिर्जना हुने कुरालाई नकार्न सकिँदैन। एकातिर १० लाख हेक्टर खेतीयोग्य जमिन बाँझै छ भने अर्कोतर्फ यहीँ उत्पादन हुन सक्ने डेढ खर्ब रुपैयाँ बराबरको कृषि उत्पादन बाहिरी देशबाट आयात भइरहेको छ।

त्यसैले यस महामारीबाट भएको आर्थिक क्षतिपूर्तिका लागि सहजै उपलब्ध जमिनको उपयोग र श्रमशक्तिको परिचालनबाट नेपालको कुल गार्हस्थ्य उत्पादनको २७ प्रतिशत योगदान गर्ने कृषि क्षेत्रमा भएको क्षति कम गर्दै कृषि उपजउत्पादन, भण्डारण र वितरण प्रणाली थप व्यवस्थित र निरन्तर अगाडि बढाउन राज्यले उचित कदम चाल्न ढिला भइसकेको छ।

कोरोना भए पनि मानिसहरू बाध्य भएर पनि कृषिमा लाग्नु परेको छ। तर, अहिले सहरकेन्द्रित भएर धेरैले आफ्ना खेतबारी बाँझै छाडेका छन्। तर, अब यस्ता खेतबारी बाँझो राखेर जीवन धान्न सकिँदैन। तिनमा माटो परीक्षण गरी उचित किसिमका बोटबिरुवा खाद्यान्न, तरकारी, फलफूल अन्य नगदे बाली लगाउने व्यवस्था स्थानीय सरकारले गर्नुपर्छ।

कोरोनासँगै एकातिर भोकमरी आउने जोखिम छ भने बेरोजगारी पनि बढ्ने सम्भावना छ। त्यसलाई समाधान गर्न पनि अब कृषि नै मुख्य पेसा बनाउन सक्नुपर्छ। त्यसमा स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका रहन्छ। त्यसैले कृषिमा आकर्षण बढाउने रणनीति बनाउनेतिर स्थानीय सरकार लाग्नुपर्छ।

कोरोनाको संक्रमण केही समय रहन सक्छ। त्यसलाई रोक्न अपनाउनुपर्ने सावधानी अपनाई खेती गर्न कसरी सकिन्छ, कुन समयमा कस्तो बाली लगाउने भन्नेजस्ता विषयमा जनचेतना मूलक सन्देश प्रवाह गर्न स्थानीय रेडियोसँग सहकार्य गरी प्रसारण गर्न सकिन्छ।

त्यसो गर्दा स्थानीय कृषकले विभिन्न बालीनालीको ज्ञान पनि लिनसक्ने अर्थात् कृषिको प्राविधिक ज्ञान हासिल गर्न सक्ने अवस्था हुन्छ। रेडियो कार्यक्रमबाट नै उचित परामर्श दिन सकियो भने कृषि उत्पादनमा वृद्धि भएर किसानको आर्थिक स्थितिमा पनि सुधार आउँछ। साथै रोजगारी पनि सृजना हुन्छ।

हाम्रो देशमा नपढेकाले मात्रै खेती गर्ने र शिक्षितले खेती गर्दा लाज हुने विकृत सोच छ। अब श्रमको उचित मूल्यांकन गरी आफैंले खेती गरेर देशको अर्थतन्त्र बलिलो बनाउन एकजुट हुनु जरुरी छ। कृषि क्षेत्रको व्यवसायिकता र औद्योगिकीकरण युवालाई कृषितर्फ आकर्षित उपाय हुनसक्ने हुनाले सरकारले ध्यान दिन आवश्यक छ।

समय अनुसारको बीउ, सहुलियत ऋण, बजारीकरण, मलखाद उपलब्ध गराउनुका साथै कृषकलाई कृषि सम्बन्धी शिक्षा, तालिम, रोग नियन्त्रणको ज्ञान दिन सरकारले ध्यान दिएमा कृषि रहरलाग्दो पेसा हुनेछ।

संकटको घडीमा मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लान कृषि क्षेत्रलाई जोड दिऊँ। कोरोना कहरले विदेशमा र स्वदेशमा पनि रोजगारी गुम्ने स्थिति छ। त्यसैले कृषिलाई कर होइन रहर गरौं, आफू, परिवार समाज अनि राष्ट्रलाई समृद्धिको बाटो तर्फ लाने परिस्थिति बनाऔं।

(लेखक सुवेदी सुदूर पश्चिमाञ्चल विश्वविद्यालय, कृषि विज्ञान संकायमा स्नातक तहका विद्यार्थी हुन्)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बर्दगोरियामा ३ किलोमिटर कालोपत्रे सडकको शिलान्यास, स्थानीयवासीमा खुशीको लहर

कैलाली — कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. १ मा बहुप्रतीक्षित कालोपत्रे सडक निर्माण कार्यको आज एक भव्य कार्यक्रमका बीच औपचारिक रूपमा शिलान्यास गरिएको छ। गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले सडक निर्माण कार्यको शिलान्यास गर्दै स्थानीय तहले विकास निर्माणका योजनाहरूलाई तीव्र गतिमा अगाडि बढाइरहेको बताउनुभएको...

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

काठमाडौँ,   परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशनको तयारी थालेको छगत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको उक्त परीक्षाका उत्तरपुस्तिका परीक्षा समाप्त हुनासाथ परीक्षण एवं सम्परीक्षणई थालेको उक्त कार्यालयले यही वैशाख २९ गतेभित्र परीक्षाफल सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले...

तनहुँ जलविद्युत् आयोजना : रुख कटानको अनुमति प्राप्त

दमौली (तनहुँ),  तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लास्थित राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ डिभिजन वन कार्यालय चितवनले शुक्रबारदेखि लागू हुनेगरी प्रसारण लाइन निर्माण क्षेत्रभित्र पर्ने रुखहरूको कटान, मुछान तथा सुरक्षित घाटगद्दी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

बर्दगोरियामा ३ किलोमिटर कालोपत्रे सडकको शिलान्यास, स्थानीयवासीमा खुशीको लहर

कैलाली — कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. १ मा बहुप्रतीक्षित कालोपत्रे सडक निर्माण कार्यको आज एक भव्य कार्यक्रमका बीच औपचारिक रूपमा शिलान्यास गरिएको छ। गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले सडक निर्माण कार्यको शिलान्यास गर्दै स्थानीय तहले विकास निर्माणका योजनाहरूलाई तीव्र गतिमा अगाडि बढाइरहेको बताउनुभएको...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

बर्दगोरियामा ३ किलोमिटर कालोपत्रे सडकको शिलान्यास, स्थानीयवासीमा खुशीको लहर

कैलाली — कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. १ मा बहुप्रतीक्षित कालोपत्रे सडक निर्माण कार्यको आज एक भव्य कार्यक्रमका बीच औपचारिक रूपमा शिलान्यास गरिएको छ। गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले सडक निर्माण कार्यको शिलान्यास गर्दै स्थानीय तहले विकास निर्माणका योजनाहरूलाई तीव्र गतिमा अगाडि बढाइरहेको बताउनुभएको...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

छात्रवृत्ति वितरणमा न्यु स्टारको नयाँ कदम, अभिभावक र विद्यार्थी उत्साहित

कैलाली । घोडाघोडी नगरपालिका–१, सुखडस्थित न्यु स्टार इङ्लिस बोर्डिङ्ग स्कुलले यस वर्ष छात्रवृत्ति वितरणमा पारदर्शिता देखाउँदै कोटा नै खुलाएर आवेदन आह्वान गरेको छ। शैक्षिक सत्र २०८३ का लागि विद्यालयले नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीका लागि कुल १३१ सिट (१३.५%) र १.५ प्रतिसत नगरपालिकाले आग्रह...

चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने

नारायणगढ (चितवन),  जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जिपिएस जडान गर्नुपर्ने...

‘रन च्यालेन्ज’ शनिबार

काठमाडौँ,  एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको ‘नेपाल—५ के रन च्यालेन्ज’ हुने हुने भएको छ । शनिबार हुने दौडमा विभिन्न छ विधामा प्रतिस्पर्धा हुने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो ।   खुला महिला/पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फ पाँच...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९