‘संघर्ष र साधनाले आज फलैफलले नुहेको वृक्ष झैं भएको छु’ -शिव परियार, गायक

काठमाडौं ।काँचोमाटोमा अंकुराएको विरुवाले सुइरो हाल्दै पात लगाउँदै बयस्क अवस्थामा टुप्पो नुहिने गरी फल लागेझैं आज मेरो सांगीतिक करियर नुहेको छ । सन् १९९४ मा कक्षा ७ मा पढ्दै गर्दा बाल गायनबाट संगीत यात्रा तय गरेका शिव परियार आज नेपाली संगीत क्षेत्रमा सफल अनि चर्चित गायककारूपमा परिचित छन् । पहिलो पटक सन् २००३ मा पहिलो गीत रेकर्ड गराएका गायक परियारले हालसम्म १० एल्बम र ३ सय बढी गीतमा स्वर भरिसकेका छन् । जीवनको लामो समय नेपाली गीतसंगीत क्षेत्रका लागि संघर्ष गरेका परियार पछिल्ला दिन पनि संगीत जगतमै क्रियाशिल छन् । उनका थुप्रै गीतहरू स्रोता दर्शकका मन/मस्तिष्कमा प्रिय छन् । उनको आवाजमा भरिएका क्या दामी भोपिलायो साथीले फेवातालमा साइँली धेरै चोटी मरेँ म त लगायत दर्जनौं गीत नेपाली स्रोताका लागि कर्णप्रिय छन् । गायक परियार गायनमा मात्र होइन व्यावसायिक रूपमा पनि निर्कै चर्चित र व्यस्त गायक हुन् । स्टेज प्रस्तुति तथा राष्ट्रिय , अन्तर्राष्ट्रिय महोत्सवहरूमा व्यस्त रहने परियार पछिल्ला दिनमा भने कोरोना असरका कारण उती व्यस्त छैनन् । यद्यपि उनले लकडाउनकै समयमा पनि विभिन्न गीतमा आवाज भरिसकेका छन्, उनले हालै मात्र नयाँ गीत नाचे फिरिरी बजारमा ल्याएका छन् । जुन गीतले यतिबेला बजारमा आफ्नै चर्चा कमाइरहेको छ । पछिल्लो समय चलेको सांगीतिक ट्रेन्ड अनुसार नयाँ गीत बजार ल्याएको तर नयाँ प्रयोग भने नभएको परियारको भनाइ छ ।अनमोल अनलाईन टेलिभिजन विशेष प्रस्तुति संग कुरा गर्दै परियारले नेपाली संगीत पारखीहरू पछिल्लो समय युट्युवमा बढी क्रियाशिल देखिएकाले सोही अनुसार धेरै मिहेनत कम अपेक्षाका साथ नयाँ गीत बजारमा ल्याएको र उक्त गीतलाई संगीतमा कुनै नयाँ प्रयोगका रूपमा नलिई मनोरञ्जनका रुपमा मात्र लिन आग्रह गरेका छन् । कुराकानीका क्रममा गायक परियारले आफ्नो लामो सांगीतिक करियरलाई पनि सरसर्ति सम्झन भ्याए । संघर्षका दिन यता धेरै नै मिहेनत गरेर काँचोमाटोमा अंकुराएको विरुवाले सुइरो हाल्दै पात लगाउँदै बयस्क अवस्थामा टुप्पो नुहिने गरी फल लागेझैं आफ्नो करियर अघि बेढेको गायक परियारको भनाइ छ । हिजो चप्पल लगाएर उकाली ओराली गर्दा होस् वा संगीतिक करियरका खातिर कयौं किलोमिटर पैदल हिंडेका दिन सबै मस्तिष्कमा छन् । त्यो समय सांगीतिक करियरको भोक थियो, सपना थियो त्यसले नै आजको प्रगति पथसम्म डोहोर्याएको हो । यसर्थमा म व्यावसायिक प्रगतिलाई गौण राखेर सांगीतिक प्रगति भने उत्साहजनक र प्रतिफलपूर्ण मान्छु । आजसम्म प्राप्त गरेको उपलब्धीले आफू सन्तुष्ट रहे पनि संघर्ष भने अझै जारी रहेको गायक परियारको भनाइ छ । पछिल्लो समय नेपाली संगीत बजारमा देखिएका विकृतरूप उनले नियालीरहेका छन् तर, उनलाई यो विकृतरूप खासै नयाँ लाग्दैन रे । तैं चुप मैं चुप भनेझैं उनी पनि चुप छन् । सांगीतिक करियरमा थुप्रै बसन्त कटाएँ । हिजो संगीतमा लाग्दा त्यो विद्यार्थी विग्रन्छ भन्ने वातावरण थियो, आज यसैमा करियर बनाउन प्रेरित गरिन्छ । नेपाली संगीत बजार पनि परिवर्तित छ । प्रविधिका हिसाबमा सहज बन्दै गएको छ,उनी थप्छन्, तथापि, यस अवधिमा थुप्रै रहर र लहडका संगीतकर्मीहरू पनि बेहोरियो । यहाँ संगीत बजारलाई विकृत बनाउने उद्देश्यले कोही पनि आउँदैन तर, छोटो समयमै चर्चामा आउने लोभले बजार केही अस्थिर भएको भने पक्कै हो । र, यस्ता विषय समयानुसार स्वाभाविक प्रक्रिया हराउँदै, उदाउँदै जान्छन् । पछिल्लो समय नेपाली संगीत पारखीहरूको स्वाद केही बद्लिएको हो की भन्ने प्रसंगमा गायक परियार केही उदार देखिन्छन् । गीत संगीत मात्र होइन अब हरेक क्षेत्र समयानुकुल चल्न सक्नु पर्ने उनको धारणा छ । दर्शक स्रोताको मागमा विविधता छ, र सोहि विविधताकै कारण संगीतकर्मी बाँच्ने गरेको उनको भनाइ छ । उनी भन्छन्, संगीत उद्योग पनि एउटा प्रयोगशाला हो, यहाँ हरेकले आ आफ्ना तरिकाबाट अभ्यास गर्न पाउँछ र त्यो उसको नैसर्गीक अधिकार पनि हो । त्यसैले संगीत बजार विकृत भन्दा पनि अभ्यासको उपज मात्र हो, यो स्थापित हुने या, विस्थापित हुने दर्शक स्रोता र स्वयं साधना गर्नेमा भर पर्दछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

धनगढीका अवकाशप्राप्त कर्मचारी कर्ण जित साउँद सम्पर्कविहीन, खोजीमा सहयोगको अपिल

कैलाली । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४, ओम शान्ति टोल बसोवास गर्ने ६४ वर्षीय कर्ण जित साउँद हराएका छन्। परिवारका अनुसार राष्ट्रिय वाणिज्य बैंकको म्यानेजर बाट अवकाश प्राप्त साउँद वैशाख ५ गते बिहान करिब ६ बजे घरबाट निस्किएका थिए। त्यसयता उनी सम्पर्कविहीन रहेको जनाइएको छ। हराएका...

रास्वपा केन्द्रीय समिति बैठक सोमबार

काठमाडौँ,   राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाले सोमबार अपरान्ह ३ः०० बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने जानकारी दिनुभयो ।पार्टी सभापति रवि लामिछानेको निर्देशानुसार बैठकमा अनिवार्य उपस्थितिका लागि सबैलाई अनुरोध गरिएको उहाँले बताउनुभयो ।     यसैबीच, रास्वपा...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७५...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

धनगढीका अवकाशप्राप्त कर्मचारी कर्ण जित साउँद सम्पर्कविहीन, खोजीमा सहयोगको अपिल

कैलाली । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४, ओम शान्ति टोल बसोवास गर्ने ६४ वर्षीय कर्ण जित साउँद हराएका छन्। परिवारका अनुसार राष्ट्रिय वाणिज्य बैंकको म्यानेजर बाट अवकाश प्राप्त साउँद वैशाख ५ गते बिहान करिब ६ बजे घरबाट निस्किएका थिए। त्यसयता उनी सम्पर्कविहीन रहेको जनाइएको छ। हराएका...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

धनगढीका अवकाशप्राप्त कर्मचारी कर्ण जित साउँद सम्पर्कविहीन, खोजीमा सहयोगको अपिल

कैलाली । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४, ओम शान्ति टोल बसोवास गर्ने ६४ वर्षीय कर्ण जित साउँद हराएका छन्। परिवारका अनुसार राष्ट्रिय वाणिज्य बैंकको म्यानेजर बाट अवकाश प्राप्त साउँद वैशाख ५ गते बिहान करिब ६ बजे घरबाट निस्किएका थिए। त्यसयता उनी सम्पर्कविहीन रहेको जनाइएको छ। हराएका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

एनटीबिएस इङ्लिस बोर्डिङ स्कुलको वार्षिक परीक्षा नतिजा सार्वजनिक, रिदम पौडेल स्कुल प्रथम

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. ३ स्थित एनटीबिएस इङ्लिस बोर्डिङ स्कुलले वार्षिक परीक्षा नतिजा सार्वजनिक गरेको छ। शिक्षक अभिभावक संघका संयोजक गोपाल पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जेष्ठ नागरिक अभिभावक गज बहादुर बम रहनु भएको कार्यक्रममा विशिष्ट अतिथिमा जेष्ठ नागरिक...

स्वास्थ्य चौकी निर्माण हुँदै

गलकोट (बागलुङ), भारत सरकारको सहयोगमा बागलुङको बडिगाड गाउँपालिकास्थित भीमगिठे स्वास्थ्य चौकी भवन निर्माण गरिँदै छ ।बडिगाड गाउँपालिका–७ स्थित चौकीको भवन बिहीबार शिलान्यास गरिएको छ । बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजय कुमारसिंहले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो...

एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगिता सुरु

राँझा (बाँके),  जिल्लाको खजुरामा रु सात लाख राशिको एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगिता सुरु भएको छ । न्यू डाँफे स्पोट्र्स क्लबको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिताका विजेताले नगद रु सात लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु चार लाखसहित...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९