तीज पर्व नै फेरिएको कि फेरिए तीजका गीतहरु ? यसाे भन्छन् कलाकार

हिन्दु महिलाहरूले मनाउँदै आइरहेको तीज पर्व एक किसिमको साँगीतिक पर्व पनि हो । सुरुवाती समयमा भगवानको भजन या आराधना गरेर मनाइने यो पर्व कुन समयमा आएर महिलाको व्यक्तिगत पीडा पोख्ने माध्यम बन्यो, त्यसबारेमा कतै लिखित इतिहास भेटिँदैन । अहिले आएर चेलीको वेदना अथवा महिलाहरू बिहे गरेर गएको घरबाट माइत आउन नपाउँदाको पीडा या विवाहित महिलाले श्रीमानको घरमा भोग्नुपरेको पीडा समेटिएका गीतलाई परम्परागत तीज गीत भनेर स्थापित गरिएको छ । हिजो सम्म महिलाले मात्र गाउने, महिला मात्र रमाउने यो पर्वमा आज भने पुरुषहरूको पनि बाक्लो उपस्थिती भेटिएको छ।
तीज पर्व, परम्परा र गीतको बारेमा राय बनाउनेहरू अधिकांशले यसलाई गलत ठानिरहेका छन् भने केही जानिफकारहरू यसमा सकारात्मक रहेको पाइन्छ । आज हामीले यही विषयको सेरोफेरोमा रहेर तीज गीत सामाजिक विकास क्रमको कुन कालखण्डमा
चेलीको वेदनामा परिवर्तन भयो र आज त्यसले आधुनिकताको लय समात्दै गर्दा किन आलोचना हुन थाल्यो भन्ने बारेमा साथै तीज गीतमा देखिएको पुरुषको उपस्थिति अनि भविष्यमा नयाँ गीतहरू परम्परा बनेर स्थापित हुन सक्ने सम्भावनाहरू कत्तिको रहन्छ भन्ने बारे केही जानकारहरू सँग राय लिएका छौं ।

प्राज्ञ, लोक गायक तथा संस्कृतिविद् दुर्गा रायमाझी भन्छन् ,समयको र समाजको परिवर्तनसँगै हामीले मनाउने चार्डबार्डमा परिवर्तन हुन आवश्यक छ। हिजो समाजमा जे जस्ता वेदना थिए सधैं सो वेदना रहँदैन । मान्छेको जीवनशैलीसँगै उनीहरूले मनाउने चार्डबार्डको शैली परिवर्तन हुन्छ ।

तीज गीतमा परिवर्तन आवश्यक छ तर कथावस्तुले मागे अनुसार सान्दर्भिक हुनुपर्दछ र समाजको नजरमा पाच्य हुनु पर्दछ ।रह्यो पुरुष कलाकारको संलग्नताको कुरा, भलै आज अलिक बढी छ, हिजोका दिनहरूमा पनि पुरुषको उत्तिकै उपस्थिति थियो । यत्तिको संलग्नतालाई सकारात्मक मान्नु पर्दछ। तर यहाँ त अहिले के भइरहेछ भने व्यावसायिक हिसाबले अगाडि बढ्न कतिपय पुरुषहरूले वर्षमा नौ, दसवटा तीज गीत लेखेर महिला दिदीबैनीलाई बेच्ने चलन चलाएका छन् । महिलाको दृष्टिकोणबाट आउनु पर्ने तीजको भावना पुरुषले थापेको गीति पसलबाट बेचिएका छन् तसर्थ महिलाहरूको भावनाहरू दबिएका छन्, मर्महरू हराएका छन् । यसले चाहिँ तीज गीत प्रतिको मर्म र वास्तविकतामा असर पुर्याएको छ।

तीज गीतहरूमा सङ्गीत भर्दै आएका, संगीतकार तथा वाद्यवादन संयोजक एवं गीत रेकर्डिङ स्टुडियो संचालक विनोद बाजुराली भने पुरुष भएर तीज गीत नै गाउन हुँदैन भन्नु चाहिँ यथास्थितिवाद हो भन्छन्, तीज गीत भित्र दोहोरीको आफ्नै खाले सुन्दरता हुन्छ । दोहोरी एउटा खेल हो । तीज भाका दोहोरी खेलिनु सामान्य कुरा हो । तीजमा जुन लय प्रयोग हुन्छ त्यो लयमा दोहोरी खेलिंदैमा तीजको मर्ममाथि प्रहार भयो भन्न मिल्दैन । त्यसरी दोहोरी खेल्दा गीतको मर्म मर्दैन बरु नयाँ तरिकाले गीतलाई प्रस्तुत गर्न सकिन्छ । अग्रजले तीज गीतमा दोहोरी सुरु गरेको चेलीले सुनाएका वेदनालाई गीतबाटै जवाफ दिएको हो, पछी त्यो दोहोरीमा माया प्रेमका कुरा थपिंदै गएका हुन् । दोहोरी थपिँदा तीज गीत झन् राम्रा भएका छन्।
उनी थप्छन् ,हामीलाई महिलाले तीज गीतमार्फत सवाल गर्नुहुन्छ भने हामीले पनि गीत नै गाएर जवाफ दिने हो । हिजो सम्म सासूको कुरा काटेर, देउरानी जेठानीले दिएको पीडा पोखेर तीज गीत गाउने चलन थियो, आज त्यो चलन हराएर गयो । श्रीमतीले मलाई रातो सारी चाहियो भनेर गीत गाउँदा श्रीमानले त्यसको जवाफ दिने हो । र रह्यो अहिले स्थापित भइरहेको तीज गीतको कुरा, गीत समय सान्दर्भिक र कथा वस्तुले मागे अनुसार हुनु पर्यो । अश्लील र असभ्य हुनु भएन।
तीज गीतको कुरा, गीत समय सान्दर्भिक र कथा वस्तुले मागे अनुसार हुनु पर्यो । अश्लील र असभ्य हुनु भएन।गायिका मञ्जु पौडेल भने व्यावसायिक हिसाबले होइन मर्म बुझेर गाउँदा पुरुष महिला जसले गए पनि आपत्ति नरहेको बताउँछिन् । भन्छिन्, आउनुस्, हामीसँगै बसेर तीज गीत गाउनुस्, म आउँदै नआउनुस् गाउँदै नगाउनुस् भन्दिन, तर दुई दिन भाइरल हुन या कन्ट्रोभर्सिमा पारेर भाइरल हुनकै लागि हाम्रो पर्व नबिगारिदिनुस् । जसरी तिहार छोरी चेली बिना अपुरो छ त्यसरी नै तीज पर्व पुरुष बिना अपुरो छ । पुरुषले गीत गाउनुस् उनलाई मान्य छ तर संस्कृति बिगार्न पाइँदैन भन्ने उनको मत छ । म त के भन्छु भने तीज गीतका शब्द सृजना पनि हामी महिला आफैंले गर्न सक्नु पर्छ । आफ्नै शब्दमा हामी महिलाहरूले गीत लेख्दा गीत जति मर्मस्पर्शी र भावनात्मक बन्छ त्यति पुरुषहरूले लेखिदिएको शब्दमा भेटिँदैन । यो मेरो आफ्नो अनुभव पनि हो ।गायिका देवी घर्ती लेखनको कुरामा भने आफ्नो गीत महिला आफैंले लेख्न नसकेको स्वीकार गर्छिन् । आफैं लेख्न पाए या सके त गज्जब हुने थियो नि । तर हामी गीत गाउनमै यति व्यस्त हुन्छौँ कि लेख्न भ्याउँदैनौ पनि । आफ्नो गीत आफैंले लेख्न पाए सायद अझ राम्रो सुनिन्थ्यो होला ।तीज गीतमा पुरुषहरूको संलग्नतालाई भने उनी पनि नाइँ भन्दिनन् ।हामी पनि अग्रज दाइहरूले गाउँदै आउनु भएको तीज गीत सुनेर हुर्किएका हौँ । अहिले यो चलन अझ धेरै चल्तीमा आयो र दर्शकहरूले पनि उत्ति नै मन पराइदिनु भयो । बजारले जे माग गर्यो, हामीले त्यही गर्ने न हो । पुरुष र महिला बराबर भएर हिँडिरहेको बेलामा पुरुषले पनि किन नगाउने ? सभ्यता र संस्कृति नमार्ने ढङ्गले गाउँदा जसले गाए पनि फरक पर्दैन ।गीतकार तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश विजीलाई भने तीज नितान्त छोरी चेली र दाजुभाइबीचको सम्बन्ध लाग्छ । समय र विकाससँगै परिमार्जित भई आएका तीज गीतहरूले अहिलेको अवस्थामा आइपुग्दा तीज जस्तो सुन्दर सांस्कृतिक चार्डमाथि प्रहार भइरहेको उनी ठान्दछन।नारी पुरुष बराबर हो भन्दै बीच बीचमा भन्दै पुरुषहरू उफ्रन थालेका छन् । नितान्त चेलीको वेदना मानिने तीज गीतलाई माया प्रेमको गीत बनाइदिँदा रत्यौली भाकामा गाइदिँदा तीजको वास्तविक मर्ममाथि असभ्य प्रहार भएको छ । नाम र पैसा कमाउने उद्देश्यले जति भाइहरू बिना सन्दर्भ तीजमा उफ्रनु भएको छ त्यो अति नै खेदजनक छ।तर चेलीको माइती भएर, दाजु बैनीबीच हुने वेदना र मर्म बोकेको जस्ता तीज गीतमा पुरुषको उपस्थितीलाई भने उनी पनि नाइँ भन्दैनन् । बिजी अगाडी भन्छन् प्रतिष्ठानको हिस्सा भएको नाताले हामीले कतिपय असभ्य र अश्लील तीज गीतहरूलाई हटाउन अनुरोध पनि गर्दै आएका छौं । हामीले गर्न सक्ने भनेको अनुरोध मात्र हो । हरेक लोक कलाकार साथीहरूलाई मैले कस्तो गीत गाउँदा समाजमा कस्तो प्रभाव पर्छ, संस्कृति कतातिर ढल्किन्छ भन्ने ज्ञान हुन अति नै आवश्यक छ । हैन भने हामीले भोलिको पुस्तालाई दिनको लागि केही रहँदैन ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष एवम् लोक गायक बद्री पंगेनी तीज कसको ?भन्दा पनि तीज कस्तो ? भन्ने विषयमा बहस हुन जरुरी ठान्दछन्। कसले गायो भन्दा पनि कस्तो गीत गायो भन्ने कुरा महत्त्वपूर्ण रहेको उनको भनाई छ । पुरुषले गाउने कुरालाई हामीले सांस्कृतिक रूपान्तरण मान्नुपर्दछ भन्ने उनी ठान्दछन् ।
कतिपय अवस्थामा तीजको बेलामा चेलीबेटी हरुले दाई हामी गीत गाउँ है भन्दै आउनुहुन्छ। त्यसमा नाइँ भन्ने कुरा हुँदैन र कति मेला महोत्सवहरूमा जाँदा हजुरको तीज गीत छैन र छ भने गाइदिनुस न भनेर दर्शक स्वयंले माग पनि गर्नुहुन्छ । पुरुषले तीज गीत गाउने कुरामा चाहिँ म गलत ठान्दिन । संस्कृति र परम्परा जोगाउदै गाउने हो, जसले गाए पनि फरक पर्दैन ।बर्षेनी तीजका गीतहरू लेख्दै आएका लोकप्रिय गीतकार एकनारायण भण्डारी पनि कसले गायो भन्दा पनि कस्तो गायो भन्ने कुराले फरक पार्ने बताउँछन् । उनी भन्छन्, महिलाको तीज पर्वमा महिलाले नै गीत गाइदिए त सुनमा सुगन्ध हुने थियो तर समय परिवर्तनसँगै बजारको माग अनुसार सभ्य ढङ्गले पुरुषले पनि गीत गाउनुलाई म गलत ठान्दिन ।आफैंले पनि कयौँ तीज गीत लेखेका भण्डारीलाई महिलाले किन लेख्दैनन् आफ्नै तीज गीत ?भनेर प्रश्न गर्दा उनी भन्छन्,कलाकारिता क्षेत्रमा महिलाहरू अझै अगाडि आउन सक्नु भएको छैन । घर गृहस्थी, बालबच्चाको कर्तव्यले थिच्दा महिलालाई लेख्ने सहज वातावरण अझै सृजना हुन सकेको छन् । केही महिला कलाकारले भने आजभोलि कोसिस गर्दै हुनहुन्छ । भोलिको दिनमा धेरै महिला गीतकार देख्न पाइएला कि यसै गरी तीजमा आएको परिवर्तन र आधुनिकताको सन्दर्भमा प्राध्यापक एवं समाज शास्त्री निर्मला ढकाल भन्छिन् ,समाजमा मनाइने हरेक पर्वको सांस्कृतिक पाटो त हुन्छ नै तर त्यो सँगै सामाजिक र आर्थिक पाटो पनि जोडिन जान्छ । समाज र अर्थको कारणले समय अनुसार हरेक चार्डबार्ड परिवर्तन हुँदै आउँछन् । तीजमा आएको यो परिवर्तन पनि समाजकै बनोट हो। यसलाई हामीले सकारात्मक रूपले लिन सक्नु पर्दछ।हाम्रो जमानामा हरिदेवी कोइराला दिदीको गीत सुनेर हुर्कियौं, पीँढीमा बसेर ती गीत सुन्दा त्यो बेला छुट्टै आनन्द आउँथ्यो । अहिले जमाना बदलियो, समाज बद्लियो । यस्ता गीतहरूले निन्द्रा लाग्छ । पार्टी प्यालेसमा गएर दर खाने जमाना आएको छ। हामीलाई यो समयमा आकर्षित गर्ने भनेको प्रीति आले जस्ता बैनीहरूको गीत हो किनभने गीतले समाज परिवर्तन गर्दैन परिवर्तित समाजले आफू अनुकूलको गीत निर्माण गर्दछ तसर्थ नयाँ गीतहरूले परम्पराको पुरानो संरचना भत्काएको नभई नयाँ सामाजिक संरचना तयार गर्दै गरेको भन्ने बुझ्नु पर्दछ र दुवै किसिमका गीतहरूको अस्तित्व स्विकारिनु पर्दछ।हरेक वर्ष तीज आउँदा कस्ता गीतलाई तीज गीत मान्ने भन्ने बहस निस्कन्छ । कस्तो गीत वास्तवमा तीज गीत हो ? आउँदो पुस्ताले कस्तो गीतलाई तीज गीत मान्ने ? तीजको मर्म त धेरै भनियो कुन मर्मलाई वास्तविक तीज गीत भन्ने ? यो बहस जरुरी छ र यस्ता अनेकौँ प्रश्नको जवाफ हरेक पुस्ताले खोज्न जरुरी छ। पाउनु जरुरी छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

श्रष्टा सुवेदीलाई ‘चुडामणि साहित्य पुरस्कार’

झापा,  लेखनाथ पुस्तकालयले नेपाली भाषा र साहित्यमा झर्रो शैलीको प्रयोगमा योगदान पुर्याए वापत साहित्यकार जीवनाथ सुवेदीलाई यस वर्षको ‘चुडामणि रेग्मी भाषा साहित्य पुरस्कार’ प्रदान गर्ने भएको छ ।भाषाविद् चुडामणि रेग्मीको सम्मानमा स्थापना भएको उक्त पुरस्कार राशि नगद रु २५ हजार पुस्तकालयका अध्यक्ष नवराज घिमिरेले...

अनौपचारिक क्षेत्रका श्रमिकको सास्तीः ज्यालामा असमानता कायमै

कञ्चनपुर, कञ्चनपुरका अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक अझै पनि जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य छन् । इँट्टा उद्योग, निर्माण क्षेत्र, कृषि तथा घरेलु काममा संलग्न श्रमिकले सुरक्षा सामग्री बिना नै खतरायुक्त कार्यमा संलग्न रहँदै आएका छन् । त्यसमा पनि महिला र पुरुषबीच ज्यालामा गहिरो विभेद...

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ,  कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्यनयका क्रममा ६४० मेगावाट क्षमता कायम गर्दा उपयुक्त हुनेगरी निर्धारण गरिएको हो ।     हाल आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारी भइरहेको छ ।...

अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं,  बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना अभिवृद्धि गर्नुका साथै प्रभावित देशहरूमा राष्ट्रियस्तरमा सुरुङ निवारण क्षमताको विकास गर्न दिगो अन्तरराष्ट्रिय सहयोग आह्वान गर्दै आज विश्वका विभिन्न मुलुकमा अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदैछ ।       सन् २००५ डिसेम्बर ८ मा...

सिँचाइ सुविधा उपलब्ध नहुँदा कञ्चनपुरमा चैते धानबाली घट्यो

दोधारा चाँदनी (कञ्चनपुर),  चैते धानको खेती गर्ने किसानको सङ्ख्या घटेको छ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार चैते धान लगाउने कृषकको सङ्ख्या हरेक वर्ष घट्दै गएको छ । केही वर्षअघि सम्म जिल्लामा ४०० हेक्टरमा चैते धान खेती हुने...

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन,  यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म रु १२ करोड ३० लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १० करोड ६४ लाख ४३३ अर्थात् ८६ प्रतिशत मात्र राजस्व असुली...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली,  कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ः०० बजेबाट अधिवेशन अन्त्य गर्नुभएको जानकारी सभामुख नन्दा गुरुङले दिनुभयो । सभामुख गुरुङले सातौँ अधिवेशनमा सम्पादन गरेका प्रमुख कार्यहरु मध्ये कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना...

शिवशक्ति ग्रामीण विद्युत सहकारीको अध्यक्षमा दल बहादुर तिरुवा चयन

कैलाली — कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डा, खैरेनीस्थित शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन गरिएको छ। संस्थाको अध्यक्षमा दल बहादुर तिरुवा चयन भएका छन्।   उपाध्यक्षमा शिवचरण डंगौरा थारु, सचिवमा गोविन्द बहादुर बुडाक्षेत्री र कोषाध्यक्षमा अमृता देवी खत्री चयन भएका छन्।   सदस्यहरूमा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्यको समझदारी

दोधारा चाँदनी (कञ्चनपुर),  तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयबीच अध्ययन अनुसन्धान र प्राज्ञिक सहकार्यका लागि बुधबार त्रिपक्षीय समझदारी भएको विश्वविद्यालयका सूचना अधिकारी नवीनबहादुर बमले जानकारी दिनुभयो ।       उहाँका अनुसार विश्वविद्यालय अनुदान आयोगका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी, बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरेको हो । उक्त केन्द्रबाट जिल्ला सदरमुकाम बेनीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गलाघाट–२ को बगरफाँट र ६ को डम्मराका बासिन्दा लाभान्वित...

गोलबजार मेयर गोल्डकप: उद्घाटन खेलमा इटहरी विजयी

सिरहा,  सिरहाको गोलबजार नगरपालिकामा सोमबारदेखि सुरु भएको नवौँ संस्करणको ‘गोलबजार मेयर गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा राष्ट्रिय जागृति क्लब, इटहरी विजयी भएको छ । गोलबजार नगरपालिका-२ गुरुधामस्थित खेलग्राममा भएको प्रतिस्पर्धात्मक उद्घाटन खेलमा हेटौँडा फुटबल एकेडेमीलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै इटहरीले सुखद...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९