तीज पर्व नै फेरिएको कि फेरिए तीजका गीतहरु ? यसाे भन्छन् कलाकार

हिन्दु महिलाहरूले मनाउँदै आइरहेको तीज पर्व एक किसिमको साँगीतिक पर्व पनि हो । सुरुवाती समयमा भगवानको भजन या आराधना गरेर मनाइने यो पर्व कुन समयमा आएर महिलाको व्यक्तिगत पीडा पोख्ने माध्यम बन्यो, त्यसबारेमा कतै लिखित इतिहास भेटिँदैन । अहिले आएर चेलीको वेदना अथवा महिलाहरू बिहे गरेर गएको घरबाट माइत आउन नपाउँदाको पीडा या विवाहित महिलाले श्रीमानको घरमा भोग्नुपरेको पीडा समेटिएका गीतलाई परम्परागत तीज गीत भनेर स्थापित गरिएको छ । हिजो सम्म महिलाले मात्र गाउने, महिला मात्र रमाउने यो पर्वमा आज भने पुरुषहरूको पनि बाक्लो उपस्थिती भेटिएको छ।
तीज पर्व, परम्परा र गीतको बारेमा राय बनाउनेहरू अधिकांशले यसलाई गलत ठानिरहेका छन् भने केही जानिफकारहरू यसमा सकारात्मक रहेको पाइन्छ । आज हामीले यही विषयको सेरोफेरोमा रहेर तीज गीत सामाजिक विकास क्रमको कुन कालखण्डमा
चेलीको वेदनामा परिवर्तन भयो र आज त्यसले आधुनिकताको लय समात्दै गर्दा किन आलोचना हुन थाल्यो भन्ने बारेमा साथै तीज गीतमा देखिएको पुरुषको उपस्थिति अनि भविष्यमा नयाँ गीतहरू परम्परा बनेर स्थापित हुन सक्ने सम्भावनाहरू कत्तिको रहन्छ भन्ने बारे केही जानकारहरू सँग राय लिएका छौं ।

प्राज्ञ, लोक गायक तथा संस्कृतिविद् दुर्गा रायमाझी भन्छन् ,समयको र समाजको परिवर्तनसँगै हामीले मनाउने चार्डबार्डमा परिवर्तन हुन आवश्यक छ। हिजो समाजमा जे जस्ता वेदना थिए सधैं सो वेदना रहँदैन । मान्छेको जीवनशैलीसँगै उनीहरूले मनाउने चार्डबार्डको शैली परिवर्तन हुन्छ ।

तीज गीतमा परिवर्तन आवश्यक छ तर कथावस्तुले मागे अनुसार सान्दर्भिक हुनुपर्दछ र समाजको नजरमा पाच्य हुनु पर्दछ ।रह्यो पुरुष कलाकारको संलग्नताको कुरा, भलै आज अलिक बढी छ, हिजोका दिनहरूमा पनि पुरुषको उत्तिकै उपस्थिति थियो । यत्तिको संलग्नतालाई सकारात्मक मान्नु पर्दछ। तर यहाँ त अहिले के भइरहेछ भने व्यावसायिक हिसाबले अगाडि बढ्न कतिपय पुरुषहरूले वर्षमा नौ, दसवटा तीज गीत लेखेर महिला दिदीबैनीलाई बेच्ने चलन चलाएका छन् । महिलाको दृष्टिकोणबाट आउनु पर्ने तीजको भावना पुरुषले थापेको गीति पसलबाट बेचिएका छन् तसर्थ महिलाहरूको भावनाहरू दबिएका छन्, मर्महरू हराएका छन् । यसले चाहिँ तीज गीत प्रतिको मर्म र वास्तविकतामा असर पुर्याएको छ।

तीज गीतहरूमा सङ्गीत भर्दै आएका, संगीतकार तथा वाद्यवादन संयोजक एवं गीत रेकर्डिङ स्टुडियो संचालक विनोद बाजुराली भने पुरुष भएर तीज गीत नै गाउन हुँदैन भन्नु चाहिँ यथास्थितिवाद हो भन्छन्, तीज गीत भित्र दोहोरीको आफ्नै खाले सुन्दरता हुन्छ । दोहोरी एउटा खेल हो । तीज भाका दोहोरी खेलिनु सामान्य कुरा हो । तीजमा जुन लय प्रयोग हुन्छ त्यो लयमा दोहोरी खेलिंदैमा तीजको मर्ममाथि प्रहार भयो भन्न मिल्दैन । त्यसरी दोहोरी खेल्दा गीतको मर्म मर्दैन बरु नयाँ तरिकाले गीतलाई प्रस्तुत गर्न सकिन्छ । अग्रजले तीज गीतमा दोहोरी सुरु गरेको चेलीले सुनाएका वेदनालाई गीतबाटै जवाफ दिएको हो, पछी त्यो दोहोरीमा माया प्रेमका कुरा थपिंदै गएका हुन् । दोहोरी थपिँदा तीज गीत झन् राम्रा भएका छन्।
उनी थप्छन् ,हामीलाई महिलाले तीज गीतमार्फत सवाल गर्नुहुन्छ भने हामीले पनि गीत नै गाएर जवाफ दिने हो । हिजो सम्म सासूको कुरा काटेर, देउरानी जेठानीले दिएको पीडा पोखेर तीज गीत गाउने चलन थियो, आज त्यो चलन हराएर गयो । श्रीमतीले मलाई रातो सारी चाहियो भनेर गीत गाउँदा श्रीमानले त्यसको जवाफ दिने हो । र रह्यो अहिले स्थापित भइरहेको तीज गीतको कुरा, गीत समय सान्दर्भिक र कथा वस्तुले मागे अनुसार हुनु पर्यो । अश्लील र असभ्य हुनु भएन।
तीज गीतको कुरा, गीत समय सान्दर्भिक र कथा वस्तुले मागे अनुसार हुनु पर्यो । अश्लील र असभ्य हुनु भएन।गायिका मञ्जु पौडेल भने व्यावसायिक हिसाबले होइन मर्म बुझेर गाउँदा पुरुष महिला जसले गए पनि आपत्ति नरहेको बताउँछिन् । भन्छिन्, आउनुस्, हामीसँगै बसेर तीज गीत गाउनुस्, म आउँदै नआउनुस् गाउँदै नगाउनुस् भन्दिन, तर दुई दिन भाइरल हुन या कन्ट्रोभर्सिमा पारेर भाइरल हुनकै लागि हाम्रो पर्व नबिगारिदिनुस् । जसरी तिहार छोरी चेली बिना अपुरो छ त्यसरी नै तीज पर्व पुरुष बिना अपुरो छ । पुरुषले गीत गाउनुस् उनलाई मान्य छ तर संस्कृति बिगार्न पाइँदैन भन्ने उनको मत छ । म त के भन्छु भने तीज गीतका शब्द सृजना पनि हामी महिला आफैंले गर्न सक्नु पर्छ । आफ्नै शब्दमा हामी महिलाहरूले गीत लेख्दा गीत जति मर्मस्पर्शी र भावनात्मक बन्छ त्यति पुरुषहरूले लेखिदिएको शब्दमा भेटिँदैन । यो मेरो आफ्नो अनुभव पनि हो ।गायिका देवी घर्ती लेखनको कुरामा भने आफ्नो गीत महिला आफैंले लेख्न नसकेको स्वीकार गर्छिन् । आफैं लेख्न पाए या सके त गज्जब हुने थियो नि । तर हामी गीत गाउनमै यति व्यस्त हुन्छौँ कि लेख्न भ्याउँदैनौ पनि । आफ्नो गीत आफैंले लेख्न पाए सायद अझ राम्रो सुनिन्थ्यो होला ।तीज गीतमा पुरुषहरूको संलग्नतालाई भने उनी पनि नाइँ भन्दिनन् ।हामी पनि अग्रज दाइहरूले गाउँदै आउनु भएको तीज गीत सुनेर हुर्किएका हौँ । अहिले यो चलन अझ धेरै चल्तीमा आयो र दर्शकहरूले पनि उत्ति नै मन पराइदिनु भयो । बजारले जे माग गर्यो, हामीले त्यही गर्ने न हो । पुरुष र महिला बराबर भएर हिँडिरहेको बेलामा पुरुषले पनि किन नगाउने ? सभ्यता र संस्कृति नमार्ने ढङ्गले गाउँदा जसले गाए पनि फरक पर्दैन ।गीतकार तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश विजीलाई भने तीज नितान्त छोरी चेली र दाजुभाइबीचको सम्बन्ध लाग्छ । समय र विकाससँगै परिमार्जित भई आएका तीज गीतहरूले अहिलेको अवस्थामा आइपुग्दा तीज जस्तो सुन्दर सांस्कृतिक चार्डमाथि प्रहार भइरहेको उनी ठान्दछन।नारी पुरुष बराबर हो भन्दै बीच बीचमा भन्दै पुरुषहरू उफ्रन थालेका छन् । नितान्त चेलीको वेदना मानिने तीज गीतलाई माया प्रेमको गीत बनाइदिँदा रत्यौली भाकामा गाइदिँदा तीजको वास्तविक मर्ममाथि असभ्य प्रहार भएको छ । नाम र पैसा कमाउने उद्देश्यले जति भाइहरू बिना सन्दर्भ तीजमा उफ्रनु भएको छ त्यो अति नै खेदजनक छ।तर चेलीको माइती भएर, दाजु बैनीबीच हुने वेदना र मर्म बोकेको जस्ता तीज गीतमा पुरुषको उपस्थितीलाई भने उनी पनि नाइँ भन्दैनन् । बिजी अगाडी भन्छन् प्रतिष्ठानको हिस्सा भएको नाताले हामीले कतिपय असभ्य र अश्लील तीज गीतहरूलाई हटाउन अनुरोध पनि गर्दै आएका छौं । हामीले गर्न सक्ने भनेको अनुरोध मात्र हो । हरेक लोक कलाकार साथीहरूलाई मैले कस्तो गीत गाउँदा समाजमा कस्तो प्रभाव पर्छ, संस्कृति कतातिर ढल्किन्छ भन्ने ज्ञान हुन अति नै आवश्यक छ । हैन भने हामीले भोलिको पुस्तालाई दिनको लागि केही रहँदैन ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष एवम् लोक गायक बद्री पंगेनी तीज कसको ?भन्दा पनि तीज कस्तो ? भन्ने विषयमा बहस हुन जरुरी ठान्दछन्। कसले गायो भन्दा पनि कस्तो गीत गायो भन्ने कुरा महत्त्वपूर्ण रहेको उनको भनाई छ । पुरुषले गाउने कुरालाई हामीले सांस्कृतिक रूपान्तरण मान्नुपर्दछ भन्ने उनी ठान्दछन् ।
कतिपय अवस्थामा तीजको बेलामा चेलीबेटी हरुले दाई हामी गीत गाउँ है भन्दै आउनुहुन्छ। त्यसमा नाइँ भन्ने कुरा हुँदैन र कति मेला महोत्सवहरूमा जाँदा हजुरको तीज गीत छैन र छ भने गाइदिनुस न भनेर दर्शक स्वयंले माग पनि गर्नुहुन्छ । पुरुषले तीज गीत गाउने कुरामा चाहिँ म गलत ठान्दिन । संस्कृति र परम्परा जोगाउदै गाउने हो, जसले गाए पनि फरक पर्दैन ।बर्षेनी तीजका गीतहरू लेख्दै आएका लोकप्रिय गीतकार एकनारायण भण्डारी पनि कसले गायो भन्दा पनि कस्तो गायो भन्ने कुराले फरक पार्ने बताउँछन् । उनी भन्छन्, महिलाको तीज पर्वमा महिलाले नै गीत गाइदिए त सुनमा सुगन्ध हुने थियो तर समय परिवर्तनसँगै बजारको माग अनुसार सभ्य ढङ्गले पुरुषले पनि गीत गाउनुलाई म गलत ठान्दिन ।आफैंले पनि कयौँ तीज गीत लेखेका भण्डारीलाई महिलाले किन लेख्दैनन् आफ्नै तीज गीत ?भनेर प्रश्न गर्दा उनी भन्छन्,कलाकारिता क्षेत्रमा महिलाहरू अझै अगाडि आउन सक्नु भएको छैन । घर गृहस्थी, बालबच्चाको कर्तव्यले थिच्दा महिलालाई लेख्ने सहज वातावरण अझै सृजना हुन सकेको छन् । केही महिला कलाकारले भने आजभोलि कोसिस गर्दै हुनहुन्छ । भोलिको दिनमा धेरै महिला गीतकार देख्न पाइएला कि यसै गरी तीजमा आएको परिवर्तन र आधुनिकताको सन्दर्भमा प्राध्यापक एवं समाज शास्त्री निर्मला ढकाल भन्छिन् ,समाजमा मनाइने हरेक पर्वको सांस्कृतिक पाटो त हुन्छ नै तर त्यो सँगै सामाजिक र आर्थिक पाटो पनि जोडिन जान्छ । समाज र अर्थको कारणले समय अनुसार हरेक चार्डबार्ड परिवर्तन हुँदै आउँछन् । तीजमा आएको यो परिवर्तन पनि समाजकै बनोट हो। यसलाई हामीले सकारात्मक रूपले लिन सक्नु पर्दछ।हाम्रो जमानामा हरिदेवी कोइराला दिदीको गीत सुनेर हुर्कियौं, पीँढीमा बसेर ती गीत सुन्दा त्यो बेला छुट्टै आनन्द आउँथ्यो । अहिले जमाना बदलियो, समाज बद्लियो । यस्ता गीतहरूले निन्द्रा लाग्छ । पार्टी प्यालेसमा गएर दर खाने जमाना आएको छ। हामीलाई यो समयमा आकर्षित गर्ने भनेको प्रीति आले जस्ता बैनीहरूको गीत हो किनभने गीतले समाज परिवर्तन गर्दैन परिवर्तित समाजले आफू अनुकूलको गीत निर्माण गर्दछ तसर्थ नयाँ गीतहरूले परम्पराको पुरानो संरचना भत्काएको नभई नयाँ सामाजिक संरचना तयार गर्दै गरेको भन्ने बुझ्नु पर्दछ र दुवै किसिमका गीतहरूको अस्तित्व स्विकारिनु पर्दछ।हरेक वर्ष तीज आउँदा कस्ता गीतलाई तीज गीत मान्ने भन्ने बहस निस्कन्छ । कस्तो गीत वास्तवमा तीज गीत हो ? आउँदो पुस्ताले कस्तो गीतलाई तीज गीत मान्ने ? तीजको मर्म त धेरै भनियो कुन मर्मलाई वास्तविक तीज गीत भन्ने ? यो बहस जरुरी छ र यस्ता अनेकौँ प्रश्नको जवाफ हरेक पुस्ताले खोज्न जरुरी छ। पाउनु जरुरी छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बिजक लिने उपभोक्तालाई उपहारः अर्थ मन्त्रालयले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि’

बिजक लिने उपभोक्तालाई उपहारः अर्थ मन्त्रालयले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि’...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९