योजना लम्ब्याउनकै लागि लुकाइन्छन् सूचना  

बागलुङ — धौलागिरि अस्पतालका तीनवटा ब्लकमध्ये सी ब्लक निर्माणाधिन छ । ए ब्लक ठेकेदारले औपचारिक रूपमै हस्तान्तरण गरे । बी ब्लक अस्पताल व्यवस्थापन समितिले आफैं सफाइ गरेर सञ्चालन गरेको छ । सीको म्याद सकिएको एक वर्ष भइसके पनि काम अलपत्र छ ।

हाताभित्रै बनेकाले उक्त भवन अस्पतालकै हो भन्ने थाहा हुन्छ । तर, ठेकेदार, लागत, सम्झौता र सक्ने मितिबारे अस्पताल प्रशासनलाई नै थाहा छैन ।

तत्कालीन भवन डिभिजन कार्यालयमा सम्झौता गरेर ठेकेदारले काम थालेका थिए । अहिले उक्त कार्यालय पनि संघिय र प्रादेशिकमा विभाजित छ । कागजात खोज्नुपर्दा समितिका पदाधिकारीसमेत पाउँदैनन् । ‘कति लागत हो, कहिले सक्ने, किन ढिला भएको बुझ्नै सकिँदैन,’ अध्यक्ष केबी रानामगरले भने, ‘एक–दुईपटक भेटेर कुरा गरेको छु, हुन्छ भन्छन्, काम गर्दैनन् ।’

सरकारले ५ लाखभन्दा बढीको योजनामा सबै विवरणसहितको बोर्ड राख्नुपर्ने प्रावधान बनाएको छ । तर त्यसको पालना भएको छैन । यस्तो समस्या जिल्लाका दर्जनौं योजनामा छ । सदरमुकाममै निर्माणाधीन ढल निकास र सडक कालोपत्रे गर्ने करोड मूल्यका योजनामा पनि सूचना बोर्डबिनै काम भइरहेको छ । सडक अवरुद्ध गरेर काम गर्दा डाइभर्सनको सूचनासम्म दिइँदैन ।

मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरमा पनि यो समस्या छ । त्यसबाहेक जिल्लामा निर्माण भएर हस्तान्तरण नभएका दर्जनभन्दा बढी स्वास्थ्यचौकी छन् । ‘ठेकेदारले कतिमा ठेक्का लिए, कति लगानी भयो, कति काम पूरा भयो, कति अलपत्र छ थाहा छैन, तर निर्माण सम्पन्न भएको भनेर सिफारिस माग्छन्,’ बागलुङ नगरपालिका–११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतमले भने, ‘गुणस्तर मापनको प्रमाण नभेटेसम्म सिफारिस रोक्दा ठेकेदारले दबाब सिर्जना गरेका छन् ।’ ठेकेदारले राजनीतिक दवाव समेत दिने गरेको उनले बताए ।

गलकोट नगरभित्र मात्रै ३ वटा पक्की पुल निर्माणाधीन छन् । सबै अलपत्र भएकाले वर्षातमा सवारी चल्न सकेका छैनन् । पैदल यात्रीले पनि झोलुंगे पुल खोज्दै घुमाउरो बाटो हिँड्नुपर्छ । चार वर्षअघिदेखि निर्माण थालेर अलपत्र पारिएका पुलमा पनि सूचना–पाटी छैन । ‘सूचना पाटी हेरेर उपभोक्ताले बुझ्न खोज्छन् भनेर जानकारी लुकाइएको छ,’ नगरप्रमुख भरत शर्मा गैरेले भने, ‘नगरपालिका कार्यालयमा आफ्नै सवारी लैजान सकिएको छैन ।’ संघ र प्रदेशको बजेटबाट निर्माणाधीन ती संरचनाको ठेक्का सम्झौतासमेत नगरपालिकामा जानकारी नगराइएको उनले टिप्पणी गरे । ‘कहिले म्याद थप्छन्, कहिले काम सक्छन् भन्ने केही थाहा पाइँदैन,’ उनले भने, ‘उनीहरुको अनुगमन, मूल्यांकन र कारबाही गर्ने निकाय नभएजस्तो भैरहेको छ ।’ बराबर लगानी भएका योजनामा पनि नगरको भन्दा प्रदेश र संघीय बजेटको काम थोरै देखिएको उनले बताए ।

सूचना बोर्ड नराख्दा ठेकेदारले वर्षौं समय लम्याउने खेल खेलिरहेको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगाना टिप्पणी गर्छन् । ‘खोजी हुन्छ, फोन गर्छन् भन्ने बहाना बनाएर बोर्ड नराखेको पाइयो,’ उनले भने, ‘सरकारले जारी गरेको निर्देशिकासमेत पालना नगर्दा कारबाही गर्ने पनि कोही छैनन् ।’ जिससले अनुगमन गर्न पाए पनि कारबाही सिफारिस नहुने उनले बताए ।

मध्यपहाडी लोकमार्गको बिहुँ–घोडाबाँधे सडकका ठेकेदार सूर्यबहादुर केसी चन्दा माग्नेको हैरानीले बोर्ड राख्न नसकिएको दाबी गर्छन् । ‘सुरुमा राखेको हो, समय पनि लम्बियो, चन्दा माग्ने पनि उत्तिकै हुन्छन्,’ केसीले भने, ‘काम गर्ने वातावरण नभएपछि म्याद थप्नुपर्ने बाध्यताले पनि बोर्ड राख्न सकिएको छैन ।’ एउटै सडकमा तीनपटक म्याद थपिएपछि उनीहरूले राखेका बोर्ड पनि फालेको स्विकारे । सूचनाको हक सम्बन्धी ऐन २०६४ मा माग्न आएका सबै नागरिकलाई लिखित सूचना दिनुपर्ने उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ /छ जना प्रतिस्पर्धामा

बागमती, राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज बागमती प्रदेशमा दुई सदस्यका लागि छ जना प्रतिस्पर्धामा छन् । आज बिहान ९ः०० देखि दिउँसो ३ः०० बजेसम्म मतदान हुँदैछ । मतदानका लागि आवश्यक सबै तयारी पूरा भएको छ । निर्वाचनमा छ जना प्रतिस्पर्धामा छन् ।   निर्वाचन अधिकृत गीता श्रेष्ठका...

निर्वाचन ३९ दिन बाँकीः उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौँ,  निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएकाहरूको वैयक्तिक विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ निर्धारित मितिमा...

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ । यस्तै, युरोपियन...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ /छ जना प्रतिस्पर्धामा

बागमती, राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज बागमती प्रदेशमा दुई सदस्यका लागि छ जना प्रतिस्पर्धामा छन् । आज बिहान ९ः०० देखि दिउँसो ३ः०० बजेसम्म मतदान हुँदैछ । मतदानका लागि आवश्यक सबै तयारी पूरा भएको छ । निर्वाचनमा छ जना प्रतिस्पर्धामा छन् ।   निर्वाचन अधिकृत गीता श्रेष्ठका...

राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ /छ जना प्रतिस्पर्धामा

बागमती, राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज बागमती प्रदेशमा दुई सदस्यका लागि छ जना प्रतिस्पर्धामा छन् । आज बिहान ९ः०० देखि दिउँसो ३ः०० बजेसम्म मतदान हुँदैछ । मतदानका लागि आवश्यक सबै तयारी पूरा भएको छ । निर्वाचनमा छ जना प्रतिस्पर्धामा छन् ।   निर्वाचन अधिकृत गीता श्रेष्ठका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निसीखोलामा पुतली नाचको रौनक

ढोरपाटन (बागलुङ),  हरेक वर्ष माघ ३ गते नाच्ने गरिन्छ पुतली नाच । पुतली नाचका लागि माघ २ गते साँझदेखि नै भल्कोट गाउँमा स्थानीयको चहलपहल हुने गर्छ । बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँमा प्रचलनमा रहेको यो नाच सयौँ वर्ष पुरानो मानिन्छ । बाइसेचौबीसे राजाको पालादेखि...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षितः दुई दर्जन योजना अलपत्र

काँक्रेविहार (सुर्खेत),  चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता आधारमा स्रोत सुनिश्चित गरेको जनाएको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १०९ वटा आयोजनाको स्रोत सुनिश्चितका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिल पठाए पनि हालसम्मा ८५ वटा...

बर्दगोरिया–३ मा नशाखोरी र आगलागीको जोखिम बढेपछि वडास्तरीय भेला

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा बढ्दो लागु पदार्थ दुव्र्यसन तथा पटक–पटक भइरहेका आगलागीका घटनालाई नियन्त्रण र न्यूनीकरण गर्ने उद्देश्यले वडास्तरीय भेला आयोजना गरिने भएको छ।   वडा क्षेत्रमा लागु पदार्थ सेवनका कारण सामाजिक समस्या बढ्दै जानुका साथै गाउँटोलमा आगलागीका घटना दोहोरिन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

गाईघाट (उदयपुर), भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । नवनिर्मित भवनमा...

स्वास्थ्य शिविरः नागरिकलाई घरआँगनमै उपचार

जानकी (बाँके),  “मैले पाँच वर्षदेखि कान कम सुन्दै आएकी थिएँ । तर त्यही कम सुन्ने कानमा नै राति सुतेको बेला गोबरे कीरा पस्यो । त्यसपछि कान सुन्निएर साह्रै दुख्न थाल्यो । एक महिनासम्म असह्य पीडा सहेर बसेँ”, सल्यान कपुरकोट गाउँपालिका–३ की ६८ वर्षीया दिलकुमारी...

गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

कीर्तिपुर (काठमाडौँ), क्रिकेट सामग्री उत्पादनमा प्रख्यात भारतीय कम्पनी एस जीले नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एक वर्षका लागि सम्पूर्ण क्रिकेट सामग्री उपलब्ध गराउने भएको छ ।राजधानीलगायत देशका विभिन्न भागमा क्रिकेट सामग्री बिक्री वितरण गर्दै आएको हिमालयन विल्लोको सहजीकरणमा यो प्रायोजन भएको हो ।...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९