गर्भवतीले के गर्ने ?

लकडाउन कहिले खुल्ने कहिले बन्द हुन्छ निसित छैन । त्यसैले मिल्छ भने यस्तो माहोलमा गर्भ नराख्न नै सुझाव दिन्छु । गर्भधारण गर्नै हुन्न भनेको त हैन, तर रिस्क ज्यादा हुन्छ । त्यसैले केही समय कुर्दा राम्रो । 

कोरोना भाइरस हामी सबैको लागि नयाँ हो । त्यसैले गर्भावस्थामा यसको प्रभाव कस्तो हुन्छ, यकिनका साथ भन्न सकिन्न । रिसर्च भइरहेका छन् । तर विगतका महामारीपश्चात् गरिएका अध्ययनमा चाहिँ समय अगाडि बच्चा जन्मिएको पाइएको छ । 

सोही कारण त्यस्तो हुन नदिन गर्भवती र उनको परिवार अहिले सचेत हुन जरुरी छ । भाइरसबाट बच्न हातले नाक, आँखा, मुख नछुने र साबुनपानीले हातधुनेजस्ता सुरक्षित विधि अपनाउनु परिहाल्यो । गर्भावस्थाका तीन चरण हुन्छन् । प्रत्येक चरण तीन तीन महिनाको हुन्छ ।
कोरोना भाइरसको इन्फेक्सनले गर्भ खेर जाने वा समय नपुगी जन्मने डर त हुन्छ नै तर यसकै आधारमा अहिले नवगर्भवतीहरूलाई बच्चा नराख्नु वा फाल्नु भन्न सकिन्न । भोलि आइपर्न सक्ने कठिनाइबारे परामर्शचाहिँ दिनुपर्छ । पहिलो १२ हप्तामा फलिक एसिड चक्की खाइरहनुपर्छ । 

गर्भ रहनासाथ स्वास्थ्य परीक्षणका लागि अस्पताल गइहाल्नु पर्दैन । तर रगत जाने, पेट दुख्ने वा अन्य समस्या देखियो भने अस्पताल गएर भिडियो एक्सरे गर्दा ढुक्क हुन्छ । बच्चा पाठेघरभित्र बसेको छरछैन, बच्चाको धड्कन कस्तो छ, थाहा पाइन्छ । सामान्यतया यो आठदेखि १२ हप्ताभित्र गरिन्छ । समस्या देखिएन भने भिडियो एक्सरे गर्नैपर्छ भन्ने छैन । घरमै बसेर पौष्टिक आहार खानुपर्छ । खुसी हुनुपर्छ । चिन्ता लिनु हुन्न । भिटामिन सीले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ । त्यसैले किवी, एभोकाडो, कागती, अमला खानुपर्छ । 
गर्भावस्थाको पहिलो तीन महिना संवेदनशील र महत्त्वपूर्ण हुन्छ । यो अवधिमा पेटभित्रको बच्चा राम्रो छ भने बाँकी अवधिमा पनि राम्रै हुन्छ भनेर आशा गर्न सकिन्छ, शतप्रतिशत यस्तै हुन्छ भन्ने चाहिँ होइन । दोस्रो चरणमा भने एक पटक भिडियो एक्सरे गर्नुपर्छ, १८ देखि २० हप्तासम्म । यो बेला बच्चा अंगभंग भएरनभएको थाहा पाइन्छ । त्यसैले घर नजिकै एक्सरे गर्ने ठाउँ छ, संक्रमणको प्रभाव त्यति देखिएको छैन भने जाँदा राम्रो हुन्छ । 
पहिलेको गर्भमा केही समस्या देखिएको थियो भने त्यसलाई दोहोरिन नदिन सोहीअनुरूपको परामर्श र पूर्वतयारी गर्नुपर्छ । सबैले एउटै तरिका अपनाउने भन्दा गर्भवती महिलाले आफूलाई कस्तो भइरहेको छ, सोहीअनुसार चिकित्सकसँग परामर्श लिने कुरा हो । अहिले अत्यावश्यक नभएसम्म अस्पताल जानु बेस हुन्न । बरु नजिकैको स्वास्थ्यचौकी जाने वा चिकित्सकसँग फोनमा सल्लाह लिनुपर्छ । 

तर रगत देखापर्यो, सेतो पानी बग्यो, बेस्सरी पेट दुख्यो भने अस्पताल जानैपर्छ । यस्तो बेला गुगल गरेर जान्न खोज्दा द्विविधा बढाइन्छ । पहिलो ६ महिनामा शरीरलाई आराम पुगेन भने गर्भपतन हुने भय हुन्छ । तेस्रो चरणमा पुगेपछि भने हल्काफुल्का काम र हिँडडुल गर्दा हुन्छ । भारी सामान कहिल्यै बोक्नु हुन्न । आराम छ, पौष्टिक आहार पनि खाएको छ तर मनमा चिन्ता, डर छ भने तनावले हर्मोन सन्तुलन बिथोलिन सक्छ, जसले समय नपुगी बच्चा जन्मने डर हुन्छ । बच्चाको अंग पूर्ण विकास भएको हुन्न । 

बनिसकेको हुन्छ तर अपूरो । आवश्यक काम गर्न नसक्ने हुन्छ । जस्तो फोक्सो बनिसकेको हुन्छ तर ३५ हप्ताभन्दा पहिले बच्चा जन्मियो भने सास फेर्न गाह्रो हुन्छ । त्यसैले गर्भवती महिला चिन्ताबाट मुक्त हुनैपर्छ । मनमा आनन्द हुनुपर्छ । बच्चा पेटभित्र कम खेल्न थाल्यो जस्तो लाग्यो भने चिकित्सकसँग सल्लाह लिनुपर्छ । यो भयो, गर्भ बसिसकेको हकमा । 

अब अहिलेको अवस्थामा गर्भ राख्न कतिको उपयुक्त हुन्छ, त्यसबारे कुरा गरौं । अहिले जति चिन्ता लिन्न भने पनि चिन्ता भइहाल्ने अवस्था छ, भोलि के होला भनेर यसै भन्ने अवस्था छैन । लकडाउन कहिले खुल्ने पनि टुंगो छैन । त्यसैले मिल्छ भने यस्तो माहोलमा गर्भ नराख्न नै सुझाव दिन्छु म । गर्भधारण गर्नै हुन्न भनेको त हैन तर रिस्क ज्यादा हुन्छ । त्यसैले केही समय कुर्दा राम्रो । 

अर्को महत्त्वपूर्ण कुराचाहिँ पतिपत्नीले यो समयमा परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्नुपर्छ । कतिपय एक्सिडेन्टल प्रेग्नेन्सी भएर गर्भपतन गराउन आउनुहुन्छ, यसले आमाको स्वास्थ्यमा असर पर्न सक्छ । त्यसैले यौन सम्पर्क गर्दा सुरक्षित विधि अपनाउनु आवश्यक छ । अहिलेको समयमा गर्भवती महिलाहरू थप सुरक्षित भएर बस्नुपर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

श्रष्टा सुवेदीलाई ‘चुडामणि साहित्य पुरस्कार’

झापा,  लेखनाथ पुस्तकालयले नेपाली भाषा र साहित्यमा झर्रो शैलीको प्रयोगमा योगदान पुर्याए वापत साहित्यकार जीवनाथ सुवेदीलाई यस वर्षको ‘चुडामणि रेग्मी भाषा साहित्य पुरस्कार’ प्रदान गर्ने भएको छ ।भाषाविद् चुडामणि रेग्मीको सम्मानमा स्थापना भएको उक्त पुरस्कार राशि नगद रु २५ हजार पुस्तकालयका अध्यक्ष नवराज घिमिरेले...

अनौपचारिक क्षेत्रका श्रमिकको सास्तीः ज्यालामा असमानता कायमै

कञ्चनपुर, कञ्चनपुरका अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक अझै पनि जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य छन् । इँट्टा उद्योग, निर्माण क्षेत्र, कृषि तथा घरेलु काममा संलग्न श्रमिकले सुरक्षा सामग्री बिना नै खतरायुक्त कार्यमा संलग्न रहँदै आएका छन् । त्यसमा पनि महिला र पुरुषबीच ज्यालामा गहिरो विभेद...

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ,  कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्यनयका क्रममा ६४० मेगावाट क्षमता कायम गर्दा उपयुक्त हुनेगरी निर्धारण गरिएको हो ।     हाल आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारी भइरहेको छ ।...

अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं,  बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना अभिवृद्धि गर्नुका साथै प्रभावित देशहरूमा राष्ट्रियस्तरमा सुरुङ निवारण क्षमताको विकास गर्न दिगो अन्तरराष्ट्रिय सहयोग आह्वान गर्दै आज विश्वका विभिन्न मुलुकमा अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदैछ ।       सन् २००५ डिसेम्बर ८ मा...

सिँचाइ सुविधा उपलब्ध नहुँदा कञ्चनपुरमा चैते धानबाली घट्यो

दोधारा चाँदनी (कञ्चनपुर),  चैते धानको खेती गर्ने किसानको सङ्ख्या घटेको छ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार चैते धान लगाउने कृषकको सङ्ख्या हरेक वर्ष घट्दै गएको छ । केही वर्षअघि सम्म जिल्लामा ४०० हेक्टरमा चैते धान खेती हुने...

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन,  यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म रु १२ करोड ३० लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १० करोड ६४ लाख ४३३ अर्थात् ८६ प्रतिशत मात्र राजस्व असुली...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली,  कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ः०० बजेबाट अधिवेशन अन्त्य गर्नुभएको जानकारी सभामुख नन्दा गुरुङले दिनुभयो । सभामुख गुरुङले सातौँ अधिवेशनमा सम्पादन गरेका प्रमुख कार्यहरु मध्ये कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना...

शिवशक्ति ग्रामीण विद्युत सहकारीको अध्यक्षमा दल बहादुर तिरुवा चयन

कैलाली — कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डा, खैरेनीस्थित शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन गरिएको छ। संस्थाको अध्यक्षमा दल बहादुर तिरुवा चयन भएका छन्।   उपाध्यक्षमा शिवचरण डंगौरा थारु, सचिवमा गोविन्द बहादुर बुडाक्षेत्री र कोषाध्यक्षमा अमृता देवी खत्री चयन भएका छन्।   सदस्यहरूमा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्यको समझदारी

दोधारा चाँदनी (कञ्चनपुर),  तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयबीच अध्ययन अनुसन्धान र प्राज्ञिक सहकार्यका लागि बुधबार त्रिपक्षीय समझदारी भएको विश्वविद्यालयका सूचना अधिकारी नवीनबहादुर बमले जानकारी दिनुभयो ।       उहाँका अनुसार विश्वविद्यालय अनुदान आयोगका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी, बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरेको हो । उक्त केन्द्रबाट जिल्ला सदरमुकाम बेनीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गलाघाट–२ को बगरफाँट र ६ को डम्मराका बासिन्दा लाभान्वित...

गोलबजार मेयर गोल्डकप: उद्घाटन खेलमा इटहरी विजयी

सिरहा,  सिरहाको गोलबजार नगरपालिकामा सोमबारदेखि सुरु भएको नवौँ संस्करणको ‘गोलबजार मेयर गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा राष्ट्रिय जागृति क्लब, इटहरी विजयी भएको छ । गोलबजार नगरपालिका-२ गुरुधामस्थित खेलग्राममा भएको प्रतिस्पर्धात्मक उद्घाटन खेलमा हेटौँडा फुटबल एकेडेमीलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै इटहरीले सुखद...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९