वैज्ञानिक मिडिया

Advertisment

SKIP THIS

बन्दुक सहित सिकारी पक्राउ

बारा — प्रहरीले छुट्टाछुट्टै स्थानबाट गाँजा र बन्दुकसहित दुई जना सिकारीलाई पक्राउ गरेको छ ।

निजगढ नगरपालिका–१ सिंगौल गाउँको धन्सार खोलाको बगरबाट शुक्रबार बेलुका दुई जनालाई २ थान भरुवा बन्दुकसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकास थपलियाले बताए ।
स्थानीय ५७ वर्षीय प्रेमबहादर स्याङतान र उनका ३३ वर्षीय छोरा जनकलाई फलामको ३५ थान छर्रा र साढे २ सय ग्राम बारुद र भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो । उनीहरु जंगली जनावर मार्न राति जंगल पसेको बेला पक्राउ गरिएको प्रहरी निरिक्षक थपलियाले बताए ।

यसैगरी, सशस्त्र प्रहरीले नेपालबाट भारततर्फ लैजाँदै गरेको ४३ केजी ६ सय ग्राम गाँजा सिमावर्ती पचरौता नगरपालिकाबाट बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक रोविन कर्णजीतले बताए ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?


© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!