Baigyanik Media

Advertisment

SKIP THIS

ट्राफिक प्रहरीको नमस्कार अभियान गण्डकी प्रदेशमा शुरु

सवारी चालक र ट्राफिक प्रहरीबीचको सम्बन्ध सुधार गर्न नमस्कार अभियान शुरु भएको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले प्रदेशका ११ वटै जिल्लामा शुरु गरेको नमस्कार अभियान आज गोरखामा शुरु गरिएको हो ।

अभियान अन्तर्गत अब दुई हात जोडेर नमस्कार गरेपश्चात मात्र सवारी जाँच शुरु गर्ने जिल्ला ट्राफिक प्रहरी प्रमुख मित्रलाल ढकालले बताउनुभयो । सवारी जाँचलाई थप प्रभावकारी बनाउन सो अभियान शुरु गरेको उहाँको भनाई छ । 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation