Baigyanik Media

Advertisment

SKIP THIS

आज विश्व शान्ति दिवस

हरेक बर्ष सेप्टेम्बर २१ तारिखका दिन विश्व शान्ति दिवस मनाउने गरिन्छ । यो दिवस सन् १९८२ सेप्टेम्बर २१ देखि मनाउन शुरु गरिएको हो । संयुक्त राष्ट्रसंघ महासभाले सन् १९८१ मा संसारका सवै देश र जनतामा शान्तिको कामना सहित अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउने प्रस्ताव पारित गरेसंगै यसै दिनको सन्दर्भ पारेर अन्तर्राष्ट्रिय रुपमा शान्ति दिवस मनाउन थालिएको हो । नेपालमा भने यो दिवस २०६५ सालदेखि मनाउन थालिएको हो । यस बर्षको ३४औं अन्तर्राष्ट्रिय शान्ति दिवस शान्तिका लागि सहकार्य–सवैका लागि सम्मानू भन्ने नाराका साथ मनाईदैछ । विश्व शान्तिको उदेश्यले हरेक बर्ष यो दिवस विश्वभर मनाईने गरिन्छ । शान्ति दिवसका अवसरमा नेपालमा भने शान्ति मन्त्रालय लगायतका सरकारी निकाय र गैरसरकारी संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरी मनाउने गर्दछन् । खासगरी १२ बर्षे शसस्त्र द्वन्द्वको अन्त्य र शान्ति प्रक्रियाको संस्थागत शुरुवातको खुसियालीमा नेपालमा शान्ति दिवसलाई लिने गरिन्छ । शान्ति प्रक्रियामा सहयोग पुर्याउँदै आएका मानवअधिकारवादी संघसंस्थाहरुले यस दिन विचार गोष्ठी, सभा र र्‍यालीहरुको आयोजना गर्दै शान्ति दिवस मनाउने गर्दछन् । कुनैपनि देशको विकासको मुल आधार भनेकै आन्तरिक र बाह्य दिगो शान्ति भएकोले शान्ति नहुँदासम्म देश विकास हुन सक्दैन । त्यहि भएर शान्तिका लागि प्रतिवद्ध नेपाल सरकारले शान्ति मन्त्रालयनै गठन गरी जिल्ला जिल्लामा शान्ति समितिका सचिवालयहरु गठन गरी कार्यहरु गर्दै आएको   छ । नेपालमा शान्ति तथा पुनर्निर्माण मन्त्रालयले ७५ वटा जिल्लामा रहेका शान्ति समितिहरु मध्येबाट उत्कृष्ट जिल्लालाई हरेक बर्ष पुरस्कृत गर्दै आएको छ । अन्तर्राष्ट्रियस्तरमा समेत शान्ति कार्यमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरुलाई विश्वभर शान्ति दिवसकै अवसरमा पुरस्कृत गरिन्छ ।

नेपालको सन्दर्भमा सरकार र तत्कालिन नेकपा ९माओवादी० बीच २०६३ साल मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएपछि शान्ति प्रक्रियाको शुरुवात भई नयाँ संविधान लेखन कार्य अगाडि बढेको थियो । यस राजनीतिक घटनाक्रमको परिणाम स्वरुप मुलुकमा एक दशकभन्दा लामो समयदेखि सशस्त्र द्वन्द्वको विधिवत अन्त्य भई दिगो शान्ति स्थापना र सामाजिक(आर्थिक रुपान्तरणमा महत्वपुर्ण योगदान पुगेको अनुभव गरिएको छ । नेपालको सशस्त्र द्वन्द्वको प्रकृति, यसका कारण र प्रभावहरु तथा यसको समाधानका लागि अपनाइएका उपायहरु आफैंमा विशिष्ट किसिमका रहेकाले राष्ट्रिय मात्र नभई अन्तरराष्ट्रिय स्तरमै चासो, चर्चा र अध्ययन(अनुसन्धानै बिषय बनेको छ । तल्कालीन नेकपा९माओवादीले० थालेको सशस्त्र द्वन्द्व र त्यसपछि भएका तराई लगायतका अन्य आन्दोलनका क्रममा हालसम्म करिब १८ हजार मानिसको ज्यान गईसकेको छ । माओवादी सशस्त्र द्वन्द्वका क्रममा पाँचहजार पाँचसय ६० वटा भौतिक संरचना नष्ट हुँदा करिब ४ अर्व ५० करोड रुपैंया मूल्य बराबरको क्षाति भएको सरकारी तथ्याङ्क रहेको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation