कैलाली,बौनियाँ/नेत्र विक्रम चन्द(विप्लव)नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा सुदुर पश्चिम प्रदेश कैलाली र डडेल्धुरा जिल्ला इन्चार्ज नेता ओम प्रकाश पुनले पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गरेर सरकारले वैधानिक रुपमा लुटपाट गरेको आरोप लगाएका छन्।
सामना जनसंगीत अभियान कार्यक्रममा कैलालीको बर्दगोरिया गाउँपालिका सडकपुर बौनियामा आयोजित एक कार्यक्रममा बोल्दै नेता पुनले नियम कानुन बनाएर राज्यले वैधानिक बाटोबाट लुटपाट गरिरहेको बताएका हुन्।
‘अहिले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि घटाउनु पर्छ। पेट्रोलियम पदार्थको मात्रै कुरा होइन। देशको हरेक क्षेत्रमा मूल्यवृद्धि भएको छ। चिनीमा मूल्य वृद्धि भएको छ। तेलमा मूल्यवृद्धि भएको छ। नुनमा त्यत्तिकै मूल्य वृद्धि भएको छ। चामलमा त्यत्तिकै मूल्यवृद्धि भएको छ। हरेक क्षेत्रको मूल्यवृद्धिको पछाडि राज्यको प्रणाली छ। यो मूल्यवृद्धि तुरुन्त घटाउनु पर्छ,’ उनले भने, ‘राज्यले रुपमा कानुन बनाएर लुटपाट गर्ने, नियम बनाएर लुटपाट गर्ने गरेको छ।’
उनले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुको कारणबारे झुट बोलिरहेको भन्दै आक्रोशसमेत व्यक्त गरेका छन । हिजो महाकाली सन्धि गर्नेहरू नै आज एमसिसि संसदबाट पारित गर्न कम्मर कसेर लागेको भन्दै एमसिसि पारित गर्ने सांसदहरू अमेरिकि साम्राज्यवादका दलाल भएको बताए।
एमसिसि परियोजना राष्ट्र र जनताको हितमा नभएको बताउँदै एमसिसि सम्झौता खारेज गरिनुपर्ने समेत बताएका छन्। विदेशीसंग भिख मागेर देश समृद्ध हुन नसक्ने बताउँदै एमसिसि सम्झौताले देशको विकास होइन विनास गर्ने ठोकुवा गरे। उनले कोरोना महामारीबाट बच्न मास्क लगाय जस्तै एमसिसि लागु भए मास्क र सेनिटाइजर बोक्ने हातमा बन्दुक बोक्नुपर्ने अवस्था सिर्जना हुने दाबि गरे।
अमेरिकाले एमसिसि परियोजनामार्फत नेपाललाई उपनिवेश बनाउन खोजेको बताउँदै इतिहासमा कसैको गुलाम नबनेको नेपाल अबपनि कसैको गुलाम नबन्ने ठोकुवा गरे। उनले भने ‘केही नेताहरू दलाल होलान्, कोही कर्मचारी दलाल होलान् तर समग्र नेपाली जनता दलाल बन्न नसक्ने बताउँदै राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सम्पूर्ण जनतालाई एकजुट हुन आव्हान गरे। अब सुदुरपश्चिमका जनतालाई पनि पेट्रोलिम पदार्थको महगी एमसिसि विरुद्ध उत्रिन आव्हान गरे ।हामि एक दिन व्यापार गरेर निजी जिवन समृद्ध पारौला तर राष्ट्र नै नरहने,जीवन नै नरहने अवस्था आए के गर्ने?उनको प्रश्न थियो। एमसिसि परियोजना भारतमा अङ्ग्रेजको इष्ट इण्डिया कम्पनी जस्तै भएको बताउँदै जसरी अङ्ग्रेजले भारतमा लुट मच्चाएका थिए त्यही उद्देश्य सहित एमसिसि परियोजना ल्याइएको उनको दाबि थियो। केही नेताहरूले एमसिसि आए कसरी अमेरिकि सेना आउँछ भन्ने गरेको स्मरण गर्दै एमसिसि परियोजनाको सुरक्षा अमेरिकि सेनाले मात्र गर्न सक्छ भन्ने आशयसहित एमसिसि परियोजनाको डिजाइन गरिएको बताउँदै परियोजना सुरक्षाका नाममा अमेरिकि सेना भित्र्याउन खोजिएको उनको दाबि थियो।
एमसिसि अमेरिकि सरकारका परियोजना मात्र नभएर हिन्दु प्रशान्त रणनीतिको आर्थिक कोष भएको बताउँदै नेपालकै परराष्ट्र नितिले समेत नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागि हुन नमिल्ने दाबि गरे। एमसिसि सम्झौता खारेज हुनुपर्ने बताउँदै कसैले लागु गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने उनले बताए।अहिले चुप लागेर बस्दा भोलि बोल्न समेत ठाँउ नपाउने अवस्था सिर्जना हुने बताउँदै एमसिसि विरुद्ध हरेक राष्ट्रवादी नागरिकलाई आवाज उठाउनुपर्ने नेता पुनले बताएका हुन्। एमसिसि परियोजना लागु भएका देश युद्धग्रस्त अवस्थामा रहेको बताउँदै नेपाललाई युद्धबाट जोगाउन पनि एमसिसि सम्झौता खारेज हुनुपर्ने उनको भनाई थियो।
एमसिसि अमेरिकी सेना भित्र्याएर नेपाललाई युद्धभुमीमा परिणत गर्ने परियोजना भएको बताउँदै सम्पूर्ण राष्ट्रवादी शक्ति यसका विरुद्ध संघर्ष गर्न तयार हुनुपर्ने बताए।कुनै पनि देशले अर्को देशलाई सहयोग गर्दा निशर्त सहयोग गर्नुपर्ने बताउँदै एमसिसिमा राष्ट्रघाती शर्त राखेर नेपाललाई दबाब दिएर अमेरिकी साम्राज्यवादले दादागिरी प्रस्तुत गरेको बताएका छन् ।
दिन दिनै नेपालको सीमा क्षेत्रमा अतिक्रमण बलत्कार भएको छ सरकार बोल्दैन दार्चुलाका जयसिंह धामीको हत्याले राष्ट्रिय अस्मितामाथि नाङ्गो हस्तक्षेप भएको भन्दै प्रतिरोध गर्नुपर्नेमा जोड दिए । उनले दलाल संसदीय व्यवस्थाले नागरिकको सुरक्षा हुन नसक्ने भन्दै जनमत संग्रहमार्फत वैज्ञानिक समाजवादको स्थापना गर्न माग गरे ।
सरकारसँग भएका सम्झौता कार्यन्वयन, संसदीय प्रजातन्त्र र वैज्ञानिक समाजवादमाथि जनमत संग्रहलगायतका माग पूरा गर्न वर्तमान राजनीतिक नेतृत्वको ध्यानाकर्षण गराए ।
जनताको व्यवस्था स्थापना गर्न र दलाल सत्ताका विरुद्ध आफूले जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको उनको भनाइ थियो । नेपाली दलालहरूले आफ्नो निहित स्वार्थका लागि जनताको रगत–पसिना र राज्यको सम्पत्ति लुटेको केन्द्रीय सदस्य पुनले बताए ।
देशको सत्ता दोहन गर्नेहरूले क्रान्तिकारी आन्दोलन अगाडि बढाइरहेको आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाएर जनताको आन्दोलनमा अङ्कुश लगाएको नेता पुनले बताए । राष्ट्रिय स्वाधीनताको आन्दोलन अगाडि बढाउँदा आफ्नो पार्टीले चरम दमन, झूट्टा मुद्दा र यातनाको सामना गरेको पनि उनले बताए । जनतामा विश्वास गर्ने र जनतामा टेकेर अगाडि बढेको आफ्नो पार्टी राष्ट्रिय स्वाधीनताका लागि जस्तोसुकै मूल्य चुकाउन पनि पछि नपर्न उनले बताए । जनताको तागत र क्रान्तिकारी आन्दोलनले यहाँका दलालहरूलाई परास्त पार्ने उद्घोष गर्दै पुनले आफ्नो पार्टी जनताको शक्तिमा विश्वास गर्ने प्रस्ट पारे । उनले बन्दुकभन्दा जनता र पत्रकारको क्यामेरा बलियो हुने धारणा पनिराखे ।
केन्द्रीय सदस्य पुनले देशको माया हुने हरेक नागरिकले भ्रष्टचार विसंगति पेट्रोलियम पदार्थको महंगीका विरुद्ध आन्दोलन गर्नुपर्ने बताए । उनले भने, ‘कुनै पनि मूल्यमा नेपाली जनतामाथि भएको महगी थोपर्न दिनेछैनौँ ।’
पुनले भने, ‘सरकारसँग ३ बुँदे सहमति गरेर हामीले उक्त सहमति इमानदारीपूर्व पालना गर्याेँ तर राज्यले उक्त सहमति इमानदारीपूर्वक पालना गरेको छैन । अहिलेसम्म हाम्रा साथीहरूका मुद्दाहरू खारेज गरिएको छैन । देशको भविष्य आँखामा सजाएर हिँडेका नेता–कार्यकर्ता र युवाहरूलाई सरकारले दमन गरेको छ । हाम्रो देशका नागरिकलाई जिउँदै महाकाली नदीमा बगाउने शासकहरूका विरुद्ध आन्दोलन गर्दा सरकारले हामीलाई जेलमा लगेर सडाउँछ भने हामी एउटा ठूलो आन्दोलनको आँधीबेहरी सिर्जना गर्नेछौँ ।
(पूरा भिडियो सहित हेर्नुहोस्)