नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास र वर्तमान कार्यभारबारे माके (क्रान्तिकारी) र (कट्टेल) नेकपा बिच छलफल

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (क्रान्तिकारी) र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बिच नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास, वर्तमान कार्यभार र चुनौतिहरुबारे गम्भिरतापूर्वक छलफल भएको छ । उक्त छलफल आज बिहान काठमाण्डौको हात्तिगौंडामा भएको हो ।

करिब डेढ घण्टा लामो छलफलमा माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव लोकराज जैसी (लोकेश) र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल सहभागि थिए । त्यसक्रममा माओवादी केन्द्र (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा पार्टी निकटको प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष मनराज कठायतको समेत उपस्थिति रहेको थियो ।

छलफलको क्रममा दुबै पार्टीका शिर्ष नेताहरुबिच जनसत्ताँका प्राप्तिका लागी क्रान्तिकारी कम्युनिष्टहरुको एकता र संगठित आन्दोलनमा जोड दिने सहमती समेत भएको छ । साथै कम्युनिष्ट आन्दोलनको इतिहासदेखि वर्तमानसम्मका घटनाक्रमहरुको वृहत समिक्षा गर्दै, कमिकमजोरीहरुको पहिचान गरेर सुदृढ योजना सहित वृहत कम्युनिष्ट पार्टी निमार्णको दिशामा अघि बढ्नुपर्नेमा नेताहरुबिच समान मत बनेको छ ।

भेटघाटको क्रममा नेकपाका अध्यक्ष ऋषि कट्टेलले माओवादी केन्द्र (क्रान्तिकारी) ले चलाएको सिङ्गो कम्युनिष्ट आन्दोलनको अवस्था र एकताको अपरिहार्यताबारे वहस अत्यन्त सान्दर्भिक रहेको भन्दै त्यसले नेपाली कम्युनिष्ट आन्दोलनको निरन्तरतामा महत्वपूर्ण पहलकदमी लिन सक्ने विश्वास व्यक्त गरे । उनले युवाहरुले यसरी वृहत कम्युनिष्ट आन्दोलनको तयारीमा जुटौं भन्दै पुराना, बुढापाका कम्युनिष्ट नेताहरुलाई आग्रह गर्ने कुरा आफैमा अर्थपूर्ण र महान रहेको भन्दै त्यस्तो प्रकारको वहसले क्रान्तिकारी विचारको रक्षा र विकासमा योगदान पुग्ने भन्दै धन्यवाद समेत व्यक्त गरेका थिए ।

उनले कम्युनिष्ट एकताको लागि पहिलो आधार वर्तमान दलालीकरणमा मस्त राज्यसँत्तालाई ध्वस्त पारेर जनवादी सत्ताँ ल्याउनका लागि त्यसको वस्तुवादी, ठोस कार्यक्रमको तर्जुमा र कार्यान्वयनमा जुट्ने कुरा हुन सक्ने धारणा राखे । अहिले बैद्य, विप्लव, आहुती र आफ्नो पार्टी बिच रणनीतिक लक्ष्य पुरागर्नका लागि रणनीतिक मोर्चा निर्माण गरेको भएपनि त्यसले अपेक्षा अनुसारको गति लिन नसकेको भन्दै उनले त्यसलाई अझ सुदृढ गर्दै संयुक्त मोर्चा, संघर्षमा सहकार्य सहित एकतामा पुग्ने आधारका रुपमा विकास गर्न आवश्यक रहेको औल्याए ।

उनले अहिलेसम्मका क्रान्तिकारी आन्दोलनको व्याख्या गर्दै भने, ‘हामीले कम्युनिष्ट क्रान्ति कसैले गरेनौं, सबैले राजनीतिक आन्दोलन मात्र गर्यौ, अब आधारभूत वर्गजनसमूदायको नेतृत्व र सहभागितामा वर्ग संघर्षको आधार बनाउँदै अघिबढौं, क्रान्ति सम्भव छ ।’ माओवादी केन्द्र (क्रान्तिकारी) सँगको छलफलले क्रान्तिकारी कम्युनिष्टहरुलाई एकता, रुपान्तरण र संघर्षको संन्देश दिएको भन्दै उनले छलफललाई पुनः निरन्तरता दिनुपर्ने र भेटवार्ता दोहोर्याउनुपर्ने धारणा समेत राखेका थिए ।

उक्त क्रममा नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव लोकराज जैसी (लोकेश) ले कम्युनिष्ट शक्तिको विभाजनले नेपाली क्रान्तिकारी आन्दोलनलाई प्रभावित पारेको निष्कर्षसहित पछिल्लो पटक आफ्नो पार्टीले सबै देशभक्त, जनवादी, प्रगतिशिल कम्युनिष्ट पार्टी, समूह र जनसमूदायबिच वहस चलाइरहेको बताएका थिए ।

महासचिव लोकेशले कम्युनिष्ट शक्तिहरु संघर्षमा बलियो मोर्चाबन्दी गर्दै दृर्घकालिन लक्ष्यलाई केन्द्रमा राखेर वृहत एकताको प्रकृयामा जोडिन आफ्नो पार्टीले सबैलाई अपिल गर्दै कम्युनिष्ट एकताबारे छलफल, वहसमा जुटेको विषय सविस्तार प्रकाश पारेका थिए ।

उनले कम्युनिष्ट इतिहासको विरासतमा टेकेर आन्दोलनको महान जिम्मेवारी पुरा गर्न सबै कम्युनिष्ट शक्तिहरु एक भएर अघि बढ्नुको विकल्प आफुले नदेखेको भन्दै त्यसका लागि अग्रज तथा पुराना सबै कम्यनिष्ट नेताहरुलाई पहल गर्न आग्रह समेत गर्दै आएको बताए ।

महासचिव लोकेश ले भने–‘कम्युनिष्ट आन्दोलनबाट मात्र जनसत्ताँ स्थापना गर्न सकिन्छ, हामी जुटौं, एकताको विकल्प छैन ।’ कम्युनिष्ट विभाजनले यथास्थितिवादी, पश्चगामी शक्तिहरु हावी हुँदै गएको र त्यसले क्रान्तिकारी आन्दोलनबाट प्राप्त भएका राजनीतिक उपलब्धीहरु समेत गुम्न सक्ने खतरा बढेको भन्दै उनले वर्तमान अवस्थामा देशको सामाजिक राजनीतिक वस्तस्थितिको अध्ययनसहित वस्तुवादी कार्यदिशा, कार्यक्रम, संगठन निमार्ण गर्दै निर्णायक संघर्षमा ध्यान दिनुपर्ने बताए ।

भेटघाटको क्रममा दुबै पार्टीका शिर्ष नेताहरुले अर्को पटक थप छलफलका लागि जुट्ने सहमति सहित राष्ट्रियता, जनतन्त्र र जनजिविका सँग सम्बन्धीत साझा मुद्दामा सँगै संघर्षको मोर्चामा जुट्ने प्रतिवद्धता समेत जाहेर गरेका थिए । माओवादी केन्द्र (क्रान्तिकारी) ले सामाजिक सञ्जाल फेसबुक मार्फत भेटघाटको विषयमा जानकारी गराउँदै आफुहरु निरन्तर कम्युनिष्ट एकताको पक्षमा वहस, छलफलमा जुटिरहेको बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बर्दगोरियामा ३ किलोमिटर कालोपत्रे सडकको शिलान्यास, स्थानीयवासीमा खुशीको लहर

कैलाली — कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. १ मा बहुप्रतीक्षित कालोपत्रे सडक निर्माण कार्यको आज एक भव्य कार्यक्रमका बीच औपचारिक रूपमा शिलान्यास गरिएको छ। गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले सडक निर्माण कार्यको शिलान्यास गर्दै स्थानीय तहले विकास निर्माणका योजनाहरूलाई तीव्र गतिमा अगाडि बढाइरहेको बताउनुभएको...

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

काठमाडौँ,   परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशनको तयारी थालेको छगत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको उक्त परीक्षाका उत्तरपुस्तिका परीक्षा समाप्त हुनासाथ परीक्षण एवं सम्परीक्षणई थालेको उक्त कार्यालयले यही वैशाख २९ गतेभित्र परीक्षाफल सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले...

तनहुँ जलविद्युत् आयोजना : रुख कटानको अनुमति प्राप्त

दमौली (तनहुँ),  तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लास्थित राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ डिभिजन वन कार्यालय चितवनले शुक्रबारदेखि लागू हुनेगरी प्रसारण लाइन निर्माण क्षेत्रभित्र पर्ने रुखहरूको कटान, मुछान तथा सुरक्षित घाटगद्दी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

बर्दगोरियामा ३ किलोमिटर कालोपत्रे सडकको शिलान्यास, स्थानीयवासीमा खुशीको लहर

कैलाली — कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. १ मा बहुप्रतीक्षित कालोपत्रे सडक निर्माण कार्यको आज एक भव्य कार्यक्रमका बीच औपचारिक रूपमा शिलान्यास गरिएको छ। गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले सडक निर्माण कार्यको शिलान्यास गर्दै स्थानीय तहले विकास निर्माणका योजनाहरूलाई तीव्र गतिमा अगाडि बढाइरहेको बताउनुभएको...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

बर्दगोरियामा ३ किलोमिटर कालोपत्रे सडकको शिलान्यास, स्थानीयवासीमा खुशीको लहर

कैलाली — कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. १ मा बहुप्रतीक्षित कालोपत्रे सडक निर्माण कार्यको आज एक भव्य कार्यक्रमका बीच औपचारिक रूपमा शिलान्यास गरिएको छ। गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले सडक निर्माण कार्यको शिलान्यास गर्दै स्थानीय तहले विकास निर्माणका योजनाहरूलाई तीव्र गतिमा अगाडि बढाइरहेको बताउनुभएको...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

छात्रवृत्ति वितरणमा न्यु स्टारको नयाँ कदम, अभिभावक र विद्यार्थी उत्साहित

कैलाली । घोडाघोडी नगरपालिका–१, सुखडस्थित न्यु स्टार इङ्लिस बोर्डिङ्ग स्कुलले यस वर्ष छात्रवृत्ति वितरणमा पारदर्शिता देखाउँदै कोटा नै खुलाएर आवेदन आह्वान गरेको छ। शैक्षिक सत्र २०८३ का लागि विद्यालयले नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीका लागि कुल १३१ सिट (१३.५%) र १.५ प्रतिसत नगरपालिकाले आग्रह...

चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने

नारायणगढ (चितवन),  जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जिपिएस जडान गर्नुपर्ने...

‘रन च्यालेन्ज’ शनिबार

काठमाडौँ,  एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको ‘नेपाल—५ के रन च्यालेन्ज’ हुने हुने भएको छ । शनिबार हुने दौडमा विभिन्न छ विधामा प्रतिस्पर्धा हुने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो ।   खुला महिला/पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फ पाँच...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९