शुक्रबार, असार १, २०८१

”मातृभूमिका लागि नेपाली” समिति टीकापुर नगरपालिकामा सन्तोष साउँदको अध्यक्षतामा  ११ सदस्य समितिको गठन

बौनियाँ/कैलाली जिल्लाको टीकापुर नगरपालिकामा मातृभूमिका लागि नेपाली समिति सन्तोष साउँदको अध्यक्षतामा ११ सदस्य समितिको गठन गरिएको छ । उपाध्यक्षस् उत्तम साउँद, सचिव गणेश वि क, सह( सचिव अस्मित ढुङ्गाना, कोषाध्यक्षस् प्रबिन साउँद, सदस्य  विष्णु ठकुल्ला, सदस्य विष्णु साउँद, सदस्य मदन वि क, सदस्य रोहित साउँद, सदस्य सुशान्त धामी , र सदस्य राहुल नेपालीलगायत लाई चयन गरिएको छ।मातृभूमिका लागि नेपाली समिति गठनमा प्रमुख अतिथि टीकापुर नगरपालिकाका प्रवक्ता तथा टीकापुर नगरपालिकामान वडा नं ८ का वडा अध्यक्ष दीर्घ बहादुर ठकुल्ला रहनु भएको कार्यक्रममा पदाधिकारीहरूलाई  शुभकामना दिनुका साथै  हौसला प्रदान गर्नु भएको थियो।कार्यक्रममा विशिष्ट अतिथिमा मातृभूमिका लागि नेपाली अभियानका अभियन्ता तथा समितिका केन्द्रिय प्रमुख संयोजक देव प्रकाश त्रिपाठी रहनु भएको कार्यक्रममा अतिथि केन्दिय सह-सचिव भवानी शर्मा लगायतका राष्ट्रप्रेमी जनताहरूको उल्लेखनीय उपस्थिति रहेको अनमोल अनलाईन टेलिभिजन लाई खबर प्राप्त भएको छ।

 

 

 

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation