कैलाली सभापतिमा संस्थापन पक्षका भट्ट र बम चुनावी प्रतिस्पर्धामा, इतर पक्ष विभाजित

बौनियाँ,—नेपाली कांग्रेस कैलालीको सभापति चयनका लागि दोस्रो चरणको मतदान हुने भएको छ । सभापति पदका लागि पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि बिहीबार पुनः दोस्रो चरणको निर्वाचन हुन लागेको हो ।

 

 

दोस्रो चरणको निर्वाचनमा संस्थापन पक्षकै सभापति पदका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । फागुन १५ सम्पन्न जिल्ला निर्वाचनबाट तीनैजना प्रतिस्पर्धीको ५१ प्रतिशत मत नपुगेको पछि पुनः मतदान हुन लागेको निर्वाचन समितिले जनाएको छ । 
सभापति पदका लागि हुने दोस्रो चरणको मतदान धनगढीस्थित कैलाली उद्योग वाणिज्य संघको सभाहलमा हुने निर्वाचन समितिले जनाएको छ । जिल्ला निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीका अनुसार बिहीबार बिहान ८ बजेदेखि संघको सभाहलमा मतदान गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ । 

कांग्रेस कैलालीको सभापति चयनका लागि दोस्रो चरणको मतदानमा कांग्रेसको इतर पक्ष विभाजित देखिएको छ । बुधबार जिल्लाको धनगढी र लम्कीमा भएका छुट्टाछुट्टै पत्रकार सम्मेलनमा इतर पक्षले बम र भट्टलाई समर्थन जनाउँदै सहयोग गर्न आग्रह गरेपछि जिल्लाको राजनीतिमा एकाएक तरंग पैदा भएको छ ।  

धनगढीमा भएको पत्रकारसम्मेलनमा इतर पक्षका सभापति पदका उम्मेदवार रामबहादुर कलेलले दोस्रोपटक हुने निर्वाचनमा प्रकाशबहादुर बमलाई साथ दिने बताउनुभयो । 

बुधबार बेलुकी धनगढीमा बम समूह र इतर पक्षले संयुक्त पत्रकार सम्मेलन गरेर दोस्रो चरणको निर्वाचनमा बम समूहलाई सघाउने बताएको छ । बम समूहसंग सहकार्य गरेर दोस्रो चरणको निर्वाचनमा सहयोग गर्न मतदातालाई आग्रहसमेत गरिएको छ ।

बमलाई पूर्व केन्द्रीय सदस्य एवं पूर्व राज्यमन्त्री चन्द्रसिंह भट्टराई, सुदूरपश्चिम प्रदेश महामन्त्री तथा निवर्तमान जिल्ला सभापति नरनारायण शाह,पूर्व जिल्ला सभापति 
गोविन्दराज जोशी, सभापति पदका उम्मेदवार (शेखर कोइराला समूह) रामबहादुर कलेल, संविधान सभा सदस्य बुद्धिसागर चौधरी, पूर्व जिल्ला उपसभापति वीरबहादुर हमाल, जिल्ला सचिव पूर्ण कुँवर, जिल्ला सचिव दीपकराज जोशी, पूर्व जिल्ला सचिव रामचरण चौधरी लगायतको समर्थन रहेकोे बताइएको छ ।

यसअघि पहिलो चरणको निर्वाचनमा इतर पक्षका उम्मेदवार रामबहादुर कलेलले १ सय ९७ मत प्राप्त गरेका थिए । सो मत बम समूहलाई हाल्न लगाउने बताउँदै इतर पक्षबाट उम्मेदबार बनेका कलेलले भने,‘पहिलो चरणको निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गर्ने प्रकाश बम समूहलाई हामीले समर्थन गर्ने भएका छौँ ।’ 

आफूहरु भोलि हुने निर्वाचनमा बमका लागि सँगसँगै गएर भोट माग्ने उनले बताए । ‘हामी भोलि उहाँका लागि सँगै मत माग्ने छौँ,’ कलेलले भने,‘हामी केन्द्रले विधानविपरीत गरिरहेको निर्णय, केन्द्रको हस्तक्षेपका विरुद्धमा बमलाई समर्थन गर्दैछौँ ।’

उहाँले अहिले केन्द्रबाट मतदातालाई डर, त्रास, प्रलोभन पार्ने लगायतका काम भइरहेको बताउँदै भन्नुभयो ,‘यहाँ केन्द्रबाट धेरैलाई वडा अध्यक्षदेखि मेयर तथा प्रदेश संसदसम्मको अफर आइरहेको छ, त्यसका लागि कांग्रेस संस्थापन पक्षले प्रलोभन देखाएर मतदाता तान्ने प्रपञ्च गरिरहेको छ, त्यसमा हामी कत्तिपनि विचलित हुँदैनौं ।’

यस्तै, लम्कीमा इतर पक्षका नेता, महासमिति सदस्य कमलबहादुर शाहले दोस्रोपटक हुने सभापति पदको निर्वाचनमा नरायणदत्त भट्टलाई समर्थन जनाउँदै सहयोग गर्न आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो ‘कमल शाह शेरबहादुर देउवाको टीममा मिल्यो र शेरबहादुर देउवाले धेरै ठूलो आश्वासन दिइसक्यो कि भन्ने भ्रममा नपर्नु होला । मैले एक दुईवटा कुरा सोचेँ हिजो लामो समय कैलाली जिल्लामा हिजोको संस्थापनमा काम गरेका साथीहरूको आज मैले धेरै कुरा सुने, यसबाट मलाई के लाग्यो भने एउटा अवसर प्राप्त भएको छ । अबको स्थानीय निर्वाचनमा हामी संस्थापन पक्ष र संस्थापन इतर पक्षलाई स्थानीय तहको निर्वाचन कसरी एक गराएर लैजान सकिन्छ, त्यो एकताको सन्देश दिन मैले खोजेको हो ।’ मैले दुबै पक्षलाई सन्देश दिने उपयुक्त समय यो भन्दा अरुबेला हुँदैन भन्ने लाग्यो उहाँले बताउनुभयो ।

भट्टलाई पार्टीका केन्द्रीय सदस्यहरु नृपबहादुर वड, रामजनम चौधरी, ईश्वरी न्यौपाने, शुसिला मिश्र भट्ट, जीवन राना, केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा.रणबहादुर रावल, पूर्व केन्द्रीय सदस्य सुनिलकुमार भण्डारी, पूर्व जिल्ला सभापति दीर्घराज भाट, राष्ट्रिय सभाका सदस्य नारायणदत्त मिश्र, प्रदेश सभा सदस्य डिल्लीराज पन्त, संविधान सभा सदस्य एवं पूर्व शिक्षा राज्यमन्त्री मोहनसिंह राठौर लगायतको सर्मथन रहेको बताइएको छ ।

जिल्ला अधिवेशनअन्तर्गत सोमबार भएको मतगणनामा सभापतिका तीन उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो । पहिलो चरणको निर्वाचनमा सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले सबैभन्दा बढी मत ल्याएका थिए ।
 
उहाँले १ हजार १ सय ६९ मत ल्याउनु भएको थियो भने, सभापतिका अर्का उम्मेदवार भट्टले १ हजार ७२ र रामबहादुर कलेलले १९७ मत ल्याउनु भएको थियो । १०४ मत बदर भएका थिए । कुल २ हजार ५७६ जना प्रतिनिधि रहेकोेमा २ हजार ४८६ मत खसेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कोलेनिकाको सेवा अब नयाँ भवनबाट

मनाङ,  मनाङ सदरमुकाम चामेस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)ले अब आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह थालेको छ । स्थापनाकालदेखि हालसम्म भाडाको भवनमार्फत सेवा प्रवाह गर्दै आएको सो कार्यालयले आधुनिक तथा सुविधासम्पन्न भवन निर्माण गरेको हो ।   नेपाल सरकारका सचिव तथा महालेखा नियन्त्रक शोभाकान्त पौडेलले...

सकेसम्म घरमा नै बनाएको खाना खान चिकित्सकको सुझाव

कास्की,  विश्व मधुमेह दिवस(नोभेम्बर १४) का अवसरमा शुक्रबार  पोखरामा निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतना कार्यक्रम गरिएको छ । पोखरा महानगरपालिका–५स्थित सूर्यचन्द्र विकास समाजले युनाइडेट रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा निःशुल्क रक्त परीक्षण तथा सचेतना कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा २०५ जनाको निःशुल्क मधुमेह...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ ।   यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५३ पैसा र बिक्रीदर...

जापानमा प्रहरीलाई भालु विरुद्ध हतियार प्रयोग गर्न अनुमति

टोकियो, टोकियोमा अमेरिकी दूतावासलेसमेत चेतावनी“ जारी गर्न प्रेरित गरे सँगै भालुको आक्रमणबाट बच्न प्रहरी अधिकारीहरूलाई बिहीबारदेखि भालुलाई गोली हान्न अनुमति दिइएको जनाइएको छ । पछिल्लो समयमा बढ्दो घातक भालु आक्रमणलाई कम गरी जनताको सुरक्षा गर्न जापानको कडा हातहतियार सम्बन्धि कानून संशोधन गरि प्रहरीलाई भालु...

कोलेनिकाको सेवा अब नयाँ भवनबाट

मनाङ,  मनाङ सदरमुकाम चामेस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)ले अब आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह थालेको छ । स्थापनाकालदेखि हालसम्म भाडाको भवनमार्फत सेवा प्रवाह गर्दै आएको सो कार्यालयले आधुनिक तथा सुविधासम्पन्न भवन निर्माण गरेको हो ।   नेपाल सरकारका सचिव तथा महालेखा नियन्त्रक शोभाकान्त पौडेलले...

कोलेनिकाको सेवा अब नयाँ भवनबाट

मनाङ,  मनाङ सदरमुकाम चामेस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)ले अब आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह थालेको छ । स्थापनाकालदेखि हालसम्म भाडाको भवनमार्फत सेवा प्रवाह गर्दै आएको सो कार्यालयले आधुनिक तथा सुविधासम्पन्न भवन निर्माण गरेको हो ।   नेपाल सरकारका सचिव तथा महालेखा नियन्त्रक शोभाकान्त पौडेलले...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

लुम्बिनी प्रदेशमा कृषि भूमि घट्यो

काठमाडौँ, लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल घटेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनअनुसार आर्थिक वर्ष २०८१÷८२ मा गत वर्षको तुलनामा खाद्य तथा बालीले ढाकेको क्षेत्रफल एक दशमलव ४२ प्रतिशतले घटेर सात लाख ६८ हजार ९६८ हेक्टर कायम...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

बालबालिकामा कुपोषण दर उच्च

दोधारा चाँदनी (कञ्चनपुर), भीमदत्त नगरपालिका–१८ जानकी टोलका पूजा शाही १३ महिनाको छोरालाई खोप लगाउन महाकाली प्रादेशिक अस्पताल पुग्नुभयो । शिशुलाई अस्पतालका स्वास्थ्यकर्मीले दुब्लो र ख्याउटे देखेपछि तौल जाँच गर्न लगाए । तौल जाँच गराउँदा उनको तौल ६ किलो ४०० ग्राममात्र थियो ।   उमेरअनुसार शिशुको तौल...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

प्राविधिक विद्यार्थीले बनाए विभिन्न उपयोगी कृषिका उपकरण

मोरङ,कोशी प्रदेश सरकारद्वारा स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले कृषिका लागि विभिन्न उपयोगी उपकरण निर्माण गरेका छन् । विश्वविद्यालयको आङ्गिक शिक्षालय मनमोहन पोलिटेक्निकको तीनवर्षे डिप्लोमातर्फ अध्यनरत अन्तिम वर्षका विद्यार्थीले एउटै मेसिनबाट धेरै काम गर्न सकिने स्मार्ट फार्मिङ र स्मार्ट सिटीका लागि सोलारबाट चल्ने स्मार्ट सिटीको...

बालबालिकामा कुपोषण दर उच्च

दोधारा चाँदनी (कञ्चनपुर), भीमदत्त नगरपालिका–१८ जानकी टोलका पूजा शाही १३ महिनाको छोरालाई खोप लगाउन महाकाली प्रादेशिक अस्पताल पुग्नुभयो । शिशुलाई अस्पतालका स्वास्थ्यकर्मीले दुब्लो र ख्याउटे देखेपछि तौल जाँच गर्न लगाए । तौल जाँच गराउँदा उनको तौल ६ किलो ४०० ग्राममात्र थियो ।   उमेरअनुसार शिशुको तौल...

रोहितले दार्जिलिङमा टेनिस खेल्ने

काठमाडौँ,  नेपाली भेट्रान टेनिस खेलाडी रोहित सुनवारले दार्जिलिङ जिमखाना खुला टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । नोभेम्बर १४ देखि १६ तारिखसम्म भारतको दार्जिलिङमा हुने प्रतियोगितामा सहभागी हुन रोहित भोलि  जाँदैछन् । रोहितले भेट्रान ४५ वर्षमाथि पुरुष सिङ्गल्स र डबल्समा खेल्नेछन् । डबल्समा रोहितले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९