
बौनियाँ,कैलाली-कैलाली जिल्ला लम्किचुहा नगरपालिका वडा नम्बर १० बाट राष्ट्रिय जनमोर्चाको तर्फबाट संचारकर्मी प्रकाश जोसी घोडासैनिले वडा अध्यक्ष को उम्मेदारी घोषणा गर्नू भएको छ ।
बि स २०५० साल अषाढ २३ गते तत्कालिन बलिया गाविस वडा अहिलेको लम्किचुहा नगरपालिका वडा नम्बर १ भूरूवामा जन्मिनू भएका जोसी विद्यार्थी जिवन देखि नै राजनितिक तथा समाजिक कार्यमा अग्रसर देखिन्थे बिस २०६२ /६३ को जनआन्दोलनमा तत्कालिन नेकपा माओवदी निकट अखिल क्रान्तिकारीमा रहि आन्दोलनमा होमिनू भएका उनी २०६६ तिर नेकपा एमाले निकट अनेरास्बियुमा आवद्ध भएका थिए बिस २०६४ सालमा लम्किचुहा नगरपालिका वडा नम्बर १० मा स्थापित बाल क्लब को संथापक उपाध्यायक्ष र दूई कार्यकाल अध्यक्षको रूपमा समाजिक कार्यमा होमीएका उनी नया ज्योती यूवा क्लवका संथापक उपाध्यायक्ष सन्त निरंकारी मण्डलका सेवादलमा आवद्ध भई रक्तदान बृक्षारोपण सरसफाई अभियानमा समेल हूनुका साथै उज्यालो नेपाल नामक गैर सरकारी संस्था रही समामा बिध्यमान कुरीति कुसंस्कार बिरुद्ध आवाज बूलध्द गर्ने कार्यमा सहभागी हूनू भएका थियो ।
बि स २०६९ साल देखि धनगढीबाट प्रकाशित सुदूर सन्देश राष्ट्रिय दैनिकमा समाचारदाताको रूपमा पत्रकारितामा प्रवेश गरेका घोडासैनि अहीले राष्ट्रिय जनमोर्चा कैलाली जिल्ला कमिटी सदस्य हुनू हून्छ ।
भष्ट्राचार बाल बिवाह र भेदभाव रहित समाज निर्माण गर्नू आफ्नो मुख्य उदेश्य रहेको उहाको भनाई रहेको छ घोडासैनि भन्छन बिगतमा टिकापूर लम्कि लगायतका क्षेत्रमा भईरहेका घटना समाज अनेकतामा बाडिएका कारण भएकोले आफ्नो मुख्य भुमिका नै समाजलाई एकतृत बनाई समाज को भाग बन्डाबाट रोक्न अहम भूमिका रहने बताउनू भयो।
घोषणा पत्र
१ सम्पूर्ण वडा कालो पत्रे गरी ग्राविल सड़क मुक्त वडा बनाउने छ ।
२ ढल निकासको व्यवस्था गरिने छ ।
३ अस्थाई प्रहरी चौकिमा चुहालाई स्थाई गर्न पहल गरिने छ ।
४ सूतैया पिपरौवा तिघरी तोरीपर लगायत सबै टोल हरूमा सार्वजनिक शौचालयको व्यवस्था गरिने छ ।
५ वडा भरी रहेका विभीन्न स्थानमा कल्भट होम पाईप को व्यवस्था गरि ढुवान मुक्त बनाईने छ ।
६ तटबन्धनमा प्रयाप्त बजेट छूट्याएर नदि कटान को समस्याको निराकरण गरिने छ ।
७ चुहा देखि तोरिपूर जोड्ने र सुतैया देखि तिघरी जोड्ने पथरिया नदिमा पक्कि पूल निमार्ण का लागि पहल गरिनेछ ।
८ बन्द अवस्थामा रहेको वाशूलिग सूगर मिल संन्चालनका नगरपालिका प्रदेश र केन्द्र सरकार संगको सम्वनयमा दवाब सिर्जना गरिने छ ।
९ वाशूलिग सूगर मिल देखि दक्षिण सूतैया अछामी टोल सम्मको बाटोको स्तर उन्तनी गरिने छ ।
१० चूहा हेल्थ पोष्टमा समेत डाक्टर द्वारा नियमित चेक जाचका लागि पहल गरिने छ ।
११ सामाजिक सूरक्षा भत्ता घर घरमा गई वितरणको व्यवस्था गरिने छ ।
१२ खेलकुद मैदान निर्माण गरिने छ ।
१३ गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि अन्तरक्रिया गरि उचित सुझावलाई शिरोधारण गरि अगाडि बढ्ने गरि कार्य गरिने छ ।
१४ सड़क बत्ती को व्यवस्था गरिने छ
१५ हिन्सा मा परेका महिला लाई निशूक कानूनी उपचारको लागि पहल गरिने छ ।
१६ शिक्षित यूवा हरुलाई विदेश पलायन बाट रोक्न बिशेष व्याकेज संचालन गरिने छ ।
१७ कृषि वेमौशमि तरकारी खेती लगायतका अनूदान को व्यवस्था गरिनूका साथै पावरको भरमा नभई सबै नागरिकको पहुच पुग्ने गरि जन गूनासो न आउने गरि समान व्यवहार को बिकाश गरिने छ ।
१८ तिघरी जागा टोल देखि दक्षिण वनखेत टोलमा सडक फराकिलो बनाईने छ ।
१९ उकृष्ट कृषक ,बिद्यार्थी ,शिक्षक ,शिक्षिका, स्वस्थ्य स्वयम सेविका , स्वास्थ्य कर्मि ,खेलाडि , भल्भन्सा, गुरूवा ,पूजारी लगायतका लागि प्रोत्साहनको लागि उचित पुरूस्कारको व्यवस्था गरिने छ ।
२० सम्पूर्ण खेलाडिको लागि प्रशिक्षकको व्यवस्थाका लागि पहल गरिनुका साथै फुटबल , क्रिकेट , भलिबल लगायत अरू खेलको समेत टिमको निर्माण गरिने छ ।
२१ विभीन्न तालिम दिई महिला हरुलाई आत्मा निर्भर वनाईने छ
२२ पूरूषका लागि समेत विभीन्न तालिम दिन रोजगारिको सिर्जना गरिने छ ।
२३ पुरातत्व सामग्रि हरुको प्रर्दशनि का लागि संग्रहालय को स्थापना गरी त्यसमा वडा बसोवास गर्ने सबैका पुरातत्विक साम्राग्री राखि पर्यटन प्रवर्धन मा टेवा पूग्ने कार्यको थालनी गरिने छ ।
२४ राजनितिक भाग वण्डामा गरिने सम्पूर्ण कार्यको अन्त्यका लागि पहल गरिने छ।
२५ तोरीपुर मा अवस्थित मन्दिर घेरा प्रखालका साथै थारूहरूको देउताका रूपमा पूज्दै आएको मरूवा सरूवा हरूको निर्माण गरिने छ।
२६ वडाका सम्पूर्ण स्थानमा ढल निकासको व्यवस्था गरिने छ ।
२७ सामूदायिक विधालयमा विद्यार्थी हरूको आकर्षित गर्नका लागि सम्पूर्ण शिक्षा बिज्ञ संगको सहकार्यमा बिशेष कार्यक्रम घोषणा गरिने छ ।
२८सूतैया चोक देखि दक्षिण मा रहेको सडक को स्तर उन्नति गरि बर्षात समयमा आवात जावतको समस्या बाट मूक्त गरिने छ।
२९ पिपरौवा चौक देखि दक्षिण मा रहेको नया बाटोमा नाला निर्माण का साथै सडक फराकिलो बनाईने छ ।
३० पन्सराम चौधरी को घर देखि तिघरी विधालयमा जाने बाटो त्यस क्षेत्रका सम्पूर्ण जनता संग छलफल गरि उक्त बाटोको स्तर उन्नति गरिने छ ।
३१ नगरपालिका प्रदेश र केन्द्र सरकारसंग समन्वय गरि तोरिपूर चुहा तिघरी सुतैया सम्म पथरिया नदिमा तटबन्धनका लागि गूरूयोजना तयारी पारी नदि कटानको समस्यालाई सधैका लागि निराकरण गरिने छ ।