बिहिबार, मंसिर २०, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

काँग्रेस सभापतीमा यी दाबेदार, कस्ले मार्ला बाजी

काठमाडौं/ नेपाली काँग्रेसको भदौमा हुने महाधिवेशनका लागि नेता कार्यकर्ता सक्रिय हुन थालेका छन् । साउन देखि काँग्रेसको तल्लो इकाईको चुनाव सुरु हुँदैछ । तल्लो इकाईबाट नै आफू पक्षधर नेता कार्यकर्तालाई अगाडि बढाउन नेताहरु सक्रिय भएका छन् ।

काँग्रेसमा वडा तहबाट गाउँ÷नगर हुँदै क्षेत्र, जिल्ला को अधिवेशनको तालिका बनिसकेको छ । प्रतिनिधि चयनबाट नै नेतृत्व चयनमा मतदानको अधिकार पाउने महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चुनिन्छन् । यसैले तल्लो इकाईबाट आफू निकटस्थलाई अगाडि बढाउन सक्रियता बढेको हो ।

काँग्रेसको भावी नेतृत्वका लागि सभापति शेरबहादुर देउवा नै मुख्य दाबेदार बनेका छन् । उनले शनिबार आफू पक्षीय नेताहरुलाई बुढानिलकण्ठमा डाकेर छलफल गरेका छन् । देउवाले एक कार्यकाल नेतृत्व गर्ने मनशाय व्यक्त गरेका थिए । तर, उनको खेमाबाट उपसभापति विमलेन्द्र निधि पनि दाबेदार बनेका छन् ।

निधिले काँग्रेसको भावी नेतृत्वका लागि आफूलाई साथ दिन देउवालाई समेत आग्रह गरेका छन् । उनले पूर्वतयारी गरिसकेको समेत स्पष्ट पारेका छन् । तर, देउवाले निधिलाई मनाउन खोजिरहेको बुझिएको छ । निधि पछि नहट्ने अडानमा छन् ।

काँग्रेसको देउवा तर समूहबाट धेरैजना सभापतिको दाबेदार छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल एकपटक प्रयास गर्ने चाहना राख्दै आएका छन् । उनी १३औं महाधिवेशनमा देउवासँग सभापतिमा पराजित भएका थिए ।

१३औं महाधिवेशनमा पहिलो चरणको सभापतिको प्रतिष्पर्धाबाट तेस्रो स्थान हासिल गरेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि सभापतिको दाबेदार देखिएका छन् । उनले पौडेल पक्षका नेताहरुलाई पनि आफूलाई साथ दिन आग्रह गर्दै आएका छन् । सिटौला निर्णायक तेस्रो शक्ति भएकाले राजनीतिक लेनदेनका आधारमा नेतृत्वमा पुग्ने रणनीतिमा देखिएका छन् ।

वर्तमान महामन्त्री डा। सशांक कोइराला पनि सभापतिका दाबेदार हुन् । कोइराला परिवार एक बनाएर उनी अगाडि बढ्न खोजिरहेका छन् । पौडेललाई मनाएर उनी उक्त खेमाबाट सभापतिको दाबेदार बन्ने रणनीतिमा छन् । देउवा सभापतिको उम्मेदवारीबाट ब्याक भएमा उक्त समूहबाट पनि आफूलाई साथ हुनसक्ने बुझाई सशांक पक्षधरको छ ।

पूर्वमहामन्त्री प्रकाशमान सिंह पनि सभापतिको दाबेदार बनेका छन् । उनले खुलेरै यसपटक सभापतिको उम्मेदवारीबाट पछि नहट्ने स्पष्ट पारिसकेका छन् । पटक पटक आफ्नो परिवारले त्याग गरिसकेको र अब आफूलाई अरुले त्याग देखाउनुपर्ने उनको तर्क छ । पहिलो निर्वाचित महामन्त्री बनिसकेका पूर्वउपप्रधनमन्त्री सिंह आफ्नो खेमाको साझा उम्मेदवार बन्ने दाउमा छन् ।

काँग्रेस केन्द्रीय सदस्य डा।शेखर कोइराला सभापतिको दाबेदार छन् । उनी देउवा विरोधी खेमाबाट उम्मेदवार बन्ने दौडमा छन् । विगतमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई निकै सघाएका उनले यसपटक पौडेलबाट सहयोगको अपेक्षा राखेका छन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation