बिहिबार, बैशाख ६, २०८१

भारतीय एस.एस.बीको ढाक छोप गर्ने साहायक सिडियो को छानबिन गर भन्दै/नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कैलाली सडकमा उत्रे/ भिडियो सहित

बौनियाँ/तुइन तर्दातर्दै तुइन काट्ने भारतीय सीमा सुरक्षा बल एस.एस.बीका संलग्न व्यक्तिलाई कारबाहीको माग राख्दै नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कैलालीले विरोध र्याली निकालिएको थियो । कैलालीले कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं १ बौनिया बजारमा विरोध र्याली निकालिएको हो ।

 

हेर्नू होस यो भिडियो सहित 

बौनिया बजार चौराहामा कोणसभा गरी विरोध सभामा बोल्दै लम्की चुहा नगर इन्चार्ज दिल बहादुर साउँदले भने भारतीय सीमा सुरक्षा बल एस.एस.बी द्वारा महाकाली नदी तर्ने क्रममा तुइन काटेर जयसिंह धामीको हत्याको विरोधमा सरकारले कुनै पनि विरोध नगरेका कारण हामी सडकमा आउन बाध्य भएर आएका हौ हाम्रो सरीलमा एक थोपा रगत भए सम्म देश र जनताको हित र अधिकारका लागि बोली रहने साउँदले बताएका हुन् ।

नेपाल र नेपाली जनता माथि पटक पटक यति ठूलो अपराध हुँदा पनि नबोल्ने सरकार अब हामीलाई चाईदैन जनतालाई दुःख परेको समयमा मलम पट्टी लगाउने जिम्मा सरकारको हो तर त्यसो भएको देखिँदैन साउँदले भने हामीले बोलेका कुरा गलत छन भने भनु होस गलत छैन भने हामी सबै एक भएर देश र सीमा सुरक्षा नेपाली जमीन नेपाली जनताका हक हित हुने गरी अघि बढौ इन्चार्ज साउँद भनेका थिए। कार्यक्रमको सञ्चालन बर्दगोरिया गाउँपालिका इन्चार्ज बिनिता मल्लले गरेकी हुन् ।

दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले तुइन काटिदिँदा एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । सदरमुकाम खलङ्गा आउने क्रममा ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् । 

महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले बताए । ‘भारततर्फ पुग्ने बेला एसएसबीले एक्कासि तुइन काटिदियोे, नदीको बीच भागमा पुग्ने बेला तुइन काटिएपछि उनी बेपत्ता भएका हुन्, पाँच छ जना स्थानीय सामान लिन भारतको बाटो हुँदै आइरहेका थियौँ’  धामीले भने, ’पाँच(छ जना तुइनबाट भारत तरेका थिए, जयसिंह तर्ने बेला एसएसबी पुगेर तुइन काटिदिए, भारत पांगलमा रहेका एसएसबीले तुइन काटिदिएका हुन् ।

धामी बेपत्ता भएपछि अहिले स्थानीय आक्रोशित बनेका छन् । नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका बासिन्दाले सदरमुकाम खलङ्गा आउनका लागि भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता रहेको छ । 

हेर्नू होस यो भिडियो सहित 

 

 

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation