बुधबार, फाल्गुन ९, २०८०

विप्लवमय बन्दै देश,कैलालीमा पुर्व जनमुक्ति सेना सहित ७० जना प्रबेश

कैलाली/​​​​​​विप्लव नेतृत्वको नेकपाले पार्टीका गतिविधिलाई देशैभरी तिब्र बनाएकाे छ । देशभर जनताकाे बिचमा जनसेवा तथा जनसंगगठन अभियान तिब्र पारेकाे हाे । 

 

यसै क्रममा नेकपा कैलालीले नेकपा कैलालीको बडैपुरमा एक भब्य जनसभाकाे आयाेजना गरि जनसम्बन्ध सुदृढ तथा संगठन बिस्तार अभियानको उद्घाटन समाराेह सम्पन्न गरेकाे छ ।

नेकपाका प्रभाशाली युवा नेता तथा केन्द्रीय सदस्य ओम प्रकाश पुनले अभियान काे उद्घाटन गरेका थिए । कार्यक्रममा नेताहरु दिपेन्द्र चलाउने लगायतले सम्बाेधन गरेका थिए । 

नेता पुनले एमसिसी राष्ट्रघाती सम्झाैता भएकाे भन्दै यसलाई नेपालमा कुनै पनि हालतले लागू हुन नदिने ठाेकुवा गरे । कार्यक्रम १० जना पूर्व PLA सहित बिभिन्न पार्टीहरु बाट परित्याग गर्दै ७० जना भन्दा बढि बिप्लव नेतृत्वकाे नेकपामा प्रबेश गरेका छन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?


© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!