आइतवार, बैशाख २, २०८१

श्रीराम जैशीको अध्यक्षतामा नेकपा एमालेको वडा कमिटी बर्दगोरिया ३ मा गठन

बौनियाँ/नेपाल कम्युनिस्ट पार्टी (एमाले ) ले कैलालीको बर्दगोरिया गाउँपालिकामा संगठन विस्तारको अभियान थालेको छ। संगठन सुदृढीकरण, पार्टीको सिधाान्त र आगामी रणनीति तय गर्न पालिकामा संगठन विस्तारको अभियान थालेको हो।यसैक्रममा शनिबार बर्दगोरिया गाउँपालिका वडा न. ३ मा श्रीराम जैशीको अध्यक्षतामा २९ सदस्यीय नयाँ वडा कमिटी गठन गरेको छ। शनिबार एक कार्यक्रमका बीच गठन गरिएको वडा कमिटीको उपाध्यक्षमा शेर बहादुर वली, सचिवमा महेस थापा र चन्द्र देब बि.क.सह-सचिवमा जमुना नेपालीसहित अन्य सदस्य रहेका छ्न्।वडा भेलाको आयोजना गरि गरिएको कार्यक्रममा एमाले निकट २०६ जनाबढीको उपस्थिति रहेको थियो। कार्यक्रम नेकपा एमाले केन्द्रिय परिषद् समिति सदस्य भोजराज भट्टको प्रमुख आथित्यता तथा बर्दगोरिया गाउँ कमिटी अध्यक्ष मधुकर सिजापतीको सभाध्यक्षतामा सम्पन्न भएको हो।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation