बिहिबार, बैशाख १३, २०८१

घरमै पुगेर मृत्युदावी भुक्तानी दियो/ सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले

कैलाली,बौनियाँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कैलालीमा एक मृतकको परिवारलाई घरमै पुगेर मृत्युदावी रकम हस्तातरण गरेको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका ४ स्थित मृतक हर्क बहादुर डंगौराको परिवारलाई मृत्युदावी रकम हस्तातरण गरिएको हो ।मृतक डंगौरालेले आफ्नो छोरा आदित्य डंगौराको नाममा ४ बर्ष अघि १ लाख बिमांक बराबरको १६ बर्षे अवधि राखेर बाल समृद्धि सावधिक जीवन विमा गराएर आफु प्रस्तावक बसेका थिए । ४ बर्षको अवधिमा मृतकले बार्षिक बिमा शुल्क बाफत २५ हजार १ सय ९६ रुपैयाँ कम्पनीमा भुक्तानी गरेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सुखड उपसाखाका प्रमुख शाहदेव चौधरीले बताए ।उनले प्रस्तावकको मृत्यु भएपश्चात १२ बार्षिक किस्ता वाफत ७० हजार ४ सय ६४ रुपैयाँ विमा शुल्क छुट गर्नुका साथै मासिक पढाई शुल्क वाफत ५ हजार, किरिया खर्च वाफत २५ हजार रुपैयाँ गरि ३० हजारको चेक मृतकको परिवारलाई हस्तान्तरण गरिएको बताए ।मृतकको परिवारलाई मृत्युदावी भुक्तानी रकम सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी धनगढी साखा प्रमुख लक्ष्मीकान्त जैशीले हस्तान्तरण गरेका हुन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation