Baigyanik Media

Advertisment

SKIP THIS

नेकपा एमाले बर्दगोरिया गाउँ कमिटीमा सर्वसम्मत नेतृत्व चयन

बौनियाँ/नेकपा एमालेको बर्दगोरिया गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गर्दै सकिएको छ । सोमबारदेखि सुरु भएको अधिवेशन आज सम्पन्न भएको हो । एमालेको १० औं राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै देश भरिका स्थानीय तहमा अधिवेशन यसअघि नै सुरु गरिए पनि कैलालीका केही पालिका भने आज नयाँ नेतृत्व चयन गरिएको छ ।

जसअनुसार कैलालीको बर्दगोरिया गाउँपालिकामा पनि सोमबार अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मधुकर सिजापतिमगरको अध्यक्षतामा ४८ सदस्यीय गाउँ कमिटी चयन गरिएको जिल्ला कमिटी सदस्य टंकराज ओलीले बताउनुभयो । गाउँपालिकामा ७५ सदस्यीय कमिटी हुने पार्टीको व्यवस्था भएपनी हाललाई प्रती वडा ८ जनाका दरले उक्त सदस्य संख्यामा मात्रै कमिटी निर्माण गरिएको गाउँ कमिटी सचिब देबेन्द्र शाहिले जानकारी दिए ।

सबै कुरा सहमती मै टुंगिएको छ । उनले भने, "उपाध्यक्ष पदका लागि भने केही दिनमा निर्क्यौल हुनेछ र यसका लागि कोकिला खत्री र सरस्वती बिश्वकर्माको नाम अघि सारिएको छ ।" यस्तै कमिटीको सह-सचिबमा भने नवीन ढुंगाना र मिलन ओलि चयन भएका छन् । बाँकी सदस्य संख्या भने क्रमिक रुपमा बढाउदै लैजाने जनाइएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation