बिहिबार, बैशाख १३, २०८१

कमल साउँद नेपाली कांग्रेस महोन्याल गाउँ कार्यसमितिको सभापतिमा विजयी

कैलाली । नेपाली कांग्रेस महोन्याल गाउँ कार्यसमितिको सभापतिमा कमल बहादुर साउँद विजयी भएका छन ।

मंगलबार भएको गाउँ अधिवेशनबाट कमल बहादुर शाह निकट प्यानलका सभापतिका उम्मेदार प्रेमबहादुर बुच्चामगर लाई ४८ मतान्तरले पछि पादै राठौर निकट प्यानलको तर्फ बाट सभापतिका उम्मेदार कमलबहादुर साउँद ७५ मतले विजयी भएका सहायक निर्बाचन अधिकृत अर्जुन प्रसाद उपाध्यायले जानकारी दिनुभयो । बुच्चामगरले भने २७ मत मात्र प्राप्त गरेका बताइएको छ ।

यसैगरी उपसभापतिमा मानबहादुर मास्की र अशोक थापा, सचिवमा भरत शाही र शेरबहादुर खत्री, सहसचिवमा टेकबहादुर घर्ति र युवराज शर्मा सहित सदस्यहरु समेत राठौर प्यानल बाट निर्बाचित भएका बताइएको छ । १ सय ३ जना मतदाता रहेको महोन्यालमा सम्पन्न मतदानमा १०२ मत खसेका थिए । १ मत बदर भएको सहायक निर्बाचन अधिकृत उपाध्यायले जानकारी दिनुभयो ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation