बौनिया,कैलाली । नेपाली काङ्ग्रेसको आसन्न १४औं महाधिवेशन अन्तर्गत कैलाली क्षेत्र नम्बर २ अन्तरगत बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न भएको वडा अधिवेशनले नन्दबहादुर विष्टसहितको नयाँ नेतृत्व निर्विरोध निर्वाचित गरेको हो ।
निर्वाचन अधिकृत गणेश प्रसाद दाहालकाअनुसार अधिवेशनबाट उप-सभापतिमा गोपाल पौडेल खत्री, उदैराम विष्ट,सचिवमा नवीन साउद, यज्ञराज बन्तोला, सहसचीवमा पार्वती शर्मा आचार्य ,अशा कुमारी बिक, सदस्य खुल्लातर्फ अर्जुन कुमार थापा, चक्र बहादुर विष्ट,नर बहादुर बडुवाल,प्रकाश राज भारती ,विष्णु जोशी, पुर्ण बहादुर रिजाल ,महिला सदस्य खुल्लातर्फ पवित्रा देवि अधिकारी, दलित सदस्यतर्फ माङ्ले दमाई निर्वाचित भएका छ्न ।
क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत
क्षेत्रीय प्रतिनिधि खुल्लातर्फ टेकराज जोशी, लोकेन्द्र न्यौपाने ,गोविन्द बुढा क्षेत्री, भरत कुवर, टङ्क वहादुर कुवर, टीकाराम साउद, खस आर्यतर्फ मनिराम खत्री, प्रत्यक्ष महिलातर्फ बबिता देबि विष्ट, दीपा थापा गुरुङ , धर्मा कुमारी थापा, खस आर्य महिलातर्फ निर्माला देवि थापा, दलिततर्फ लाल बहादुर बिक, थारु खुल्लातर्फ वीर बहादुर चौधरी ,भगतराम चौधरी ,आदिवासी जनजातितर्फ् दिर्घराज सारु मगर निर्विरोध निर्बाचित भएका छ्न ।