मङ्लबार, अशोज ९, २०८०

Baigyanik Media

Advertisment

SKIP THIS

नेपाली काङ्ग्रेस बर्दगोरिया सभापतिमा राठौर प्यानलबाट कृष्ण बिष्ट सहितको उम्मेदवारी घोषणा

बौनियाँ कैलाली । नेपाली कांग्रेस बर्दगोरिया गाउँ समितिको सभापतिमा कृष्ण बिष्ट सहित उम्मेदारी घोषणा भएको छ । नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्र्तगत भोली कार्तिक ३० गते हुन लागेको गाउँ अधिबेशनमा मोहन सिंह राठोरको प्यानल बाट गाउँ सभापतिमा कृष्ण बिष्ट सहित अन्य उम्मेदारको नाम पनि सार्बजनिक गरेको छ ।

यस्तै सोही प्यालबाट उप सभापतिमा प्रमोद मल्ल र जगराम चौधरी ,सचिबमा जगत बहादुर शाही र गोविन्द बुढा क्षेत्री, सह सचिवमा ठक्कर बमको उम्मेदारी रहेको सभापति पदका उम्मेदवार कृष्ण बिष्टले जानकारी दिए ।
उता कमल शाह प्यानलले भने गाउँ समितिमा कसलाई उम्मेदार बनाउने भन्ने बिषयमा छलफल भईरहेको जनाएको छ । नेता गणेश शाहिले गाउँ अबिधेशनमा आफ्नो प्यानलमा कसलाई उम्मेदार बनाउने भन्ने बारेमा छलफल भईरहेको र भोलि बिहान सम्म टुङ्गो लगाउने बताउनु भयो । आफुहरु सहमतिका लागि अघि बढेको समेत नेता शाहिले बताए ।

नगर अबिधेशनमा आ­ आफ्नो पक्षमा जित सुनिश्चीत भएको दुबै प्यानलका नेताहरुले दाबी गदै आएका छन । बर्दगोरिया गाउपालिका र कैलाली क्षेत्र नम्बर २ मा नै कमल बहादुर शाह र मोहनसिंह राठौर प्यानल बिच कडा प्रतिस्प्रधा हुदै आएको छ । शाह रामचन्द्र पौडेल निकट र राठौर देउवा निकट नेताको रुपमा चिनिदै आएका छन ।सभापतिका उम्मेदवार बिष्ट काङ्ग्रेसका युवा नेताका रुपमा चिरपरिचित छन । बिष्ट बौनिया जेसिज बर्ष २०१७ का अध्यक्ष तथा नेपाल जेसिज बर्ष २०२१ का रास्टिय प्रकरण निर्देशक समेत हुन । उनी पार्टि र जनमानसमा लोकप्रिय युवा नेताको रुपमा चिनिदै आएका छन । बिष्ट सनिवार सम्पन्न वडा अधिबेशनमा क्षेत्रीय प्रतिनिधि पदमा सबै भन्दा बढी मत ल्याएर बिजयी बनेका हुन । गाउपालिका अबिधेशनमा आफ्नो पक्षमा जित सुनिश्चीत भएको बिस्टले दाबी गदै आएका छन । आफुलाई प्यानलले अगाडि सारेका कारण आफ्नो जित निश्चित भएको उनले बताए ।

 

 

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!