
कैलाली/नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गतको लम्की चुहा नगर अधिवेशनमा इन्द्र बहादुर कुवर विजयी भएका छन।
कार्तिक ३० गते मंगलबार विविध कारणले स्थगित भएको मतदान प्रक्रिया मंसिर १ गते दिउँसो १:३०बजेबाट सुरु भइ ५ बजे सकिएको थियो।
कुल खसेको १९८ मतमा सभापतिका उम्मेदवार इन्द्र कुवरले १११ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दी भक्त बहादुर चलाउनेले ८२ मत प्रप्त गरेका थिए।
उप-सभापतिमा जनक बहादुर खत्री र मन्नु देवि चौधरी विजयी भएका छन।खत्रीले ११७ मत र चौधरीले ११४मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्दी नरजङ्ग शाही र नारायण लाल चौधरीले ७६ मत प्राप्त गरेका थिए।
त्यस्तै सचीवमा मीन बहादुर बटाला र ललित देउवा विजयी भएका छन।बटालाले ११२ मत र देउवाले ११६ मत प्राप्त गरि विजयी भए।निकटतम प्रतिद्वन्दी नेत्र मगर र शंकर बिष्टले ७९ र ८१ मत प्राप्त गरेका थिए।
सह सचीवमा विमल प्रसाद चौलागाईं र गणेश बिष्ट विजयी भएका छन,चौलागाईंले ११९ मत र बिष्टले ८७ मत प्रप्त गरे निकटतम प्रतिद्वन्दी अरुण बि.क.ले८१ मत प्रप्त गरेको निर्वाचन अधिकृत गजेन्द्र शाहीले बताए ।
नेपाली कांग्रेस कैलाली क्षेत्र न.२,मा आमन्त्रित केन्द्रिय सदस्य मोहनसिंह राठौर र महासमिति सदस्य कमल बहादुर शाहका बिच निकै रस्साकस्सी छ।राठोर सभापति शेरबहादुर देउवा प्यानलका नेता हुन भने शाह वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलका नेता हुन।
लम्की चुहा नगर कमिटीमा निर्वाचित सभापति इन्द्र बहादुर कुवर सहित सम्पुर्ण कार्यसमितिको टिम नेता मोहनसिंह राठोर प्यानलको हो।