सोमवार, कार्तिक १९, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

देउवा प्यानलबाट केन्द्रिय सदस्यमा महिला नेत्री रानाको उम्मेदवारी घोषणा

कैलाली /नेपाली काँग्रेसकी कर्मठ ,जुझारु निष्ठावान प्रभावसाली महिला नेत्री सीता कुमारी रानामगरले पार्टीको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छिन् । नेपाल महिला संघ दैलेखको सभापति समेत रहेकी रानाले आदीबासी जनजाती महिला आरक्षण तर्फबाट नेपाली कांग्रेस को आसन्न १४ औ रास्तिय महाअधिवेसनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी हुन् ।दैलेखमा सशक्त र सुदृढ काङ्ग्रेसको संघसंगठन बिस्तार गरि पहिलो पार्टी बनाउने उदेश्य केन्द्रीय सदस्य उम्मेदवारी दिने महिला नेत्री रानाले बताउनुभयो ।

 

 

 

 

उनि दैलेखबाट अत्याधिक मत सहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी थिइन् । उनि दैलेख निर्वाचन क्षेत्र नं. २ को क्षेत्रिय अधिवेशनबाट ४ सय ३ मत सहित केन्द्रीय महाधिवेशन प्रतिनीधि निर्वाचित भएकी थिइन् । नेपाली कांग्रेस महाधिवेशन यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

 

को हुन् सीताकुमारी राना ?

सीताकुमारी राना २०४६ सालबाट नेपाल विद्यार्थी संघ (नेविसंघ) को राजनीति हुँदै कांग्रेस राजनीतिमा आएकी हुन् । २०३३ फागुन १५ गते दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ मा जन्मिएकी राना २०५० सालमा नेपाल महिला संघ दैलेखको उप–सभापतिमा चयन भएकी थिइन् ।

 

संघको उप–सभापतिको जिम्मेवारीमा रहेर निरन्तर सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक क्षेत्रमा पिछडिएका वर्गको हकहितको संरक्षण र संवद्र्धन गर्दैै आएकी राना २०७१ मा नेपाल महिला संघ दैलेखको सभापति बनेकी थिइन् ।

 

राष्ट्रियता, लोकतन्त्र, समाजवाद र महिला अधिकारलाई मूल आदर्श मान्दै आएको नेपाल महिला संघको सभापतिको पदमा रहेर रानाले महिला अधिकारका आन्दोलनहरुको अगुवाई गर्दै आएकी छिन् ।

 

उनि २०६७ सालयता निरन्तर नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनीधि हुन् । हाल नेपाल महिला संघको जिल्ला सभापति रहेकी राना २०७० को संविधान सभा सभा निर्वाचन र २०७४ को प्रतिनीधि सभा सदस्य निर्वाचनमा समानुपातिक सांसदकोग सूचीमा थिइन् ।

 

विगत तीन दशकदेखि सक्रिय राजनीति गर्दै आएकी राना सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशिल हुनुहुन्छ । उनले दैलेख को ग्रामीण क्षेत्रका महिला हरुलाइ नेपाली काङ्ग्रेस को जन वर्गीय संघसंगठनमा आवद्ध गराउदै ,नेपाली काङ्ग्रेसको पार्टी बिस्तारमा अग्रीण भुमिका रहेको छ।उनि दैलेखको अग्रणी संस्था सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको पूर्व अध्यक्ष हुन् । हाल उनि उक्त संस्थाको सल्लाहकार समिति संयोजक हुन् ।

 

यसबाहेक उनि सुरक्षित मातृत्व संजालको केन्द्रिय सदस्य हुन् । राना हालै नेपाल परिवार नियोजन संघको केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । राजनीति र सामाजिक क्षेत्रमा सक्रिय रहेकी रानाले समाजमा रहेका कुरिति कुसंस्कार, विकृति र विसंगति एवं बालिका तथा महिलामाथि भएका हिंसा, बलात्कार जस्ता घटनाविरुद्धका आन्दोलनमा अगुवाई गर्दै आएकी छिन्।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation