शुक्रबार, कार्तिक २३, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

नेतृत्व कृपा र आशिर्वादले प्राप्त हुदैन-भरत कुमार शाही, नेपाली कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार 

कैलाली – नेपाली कांग्रेस काे १४ महाधिवेशन बाट युवा नेतृत्व स्थापित गर्न परम्पराबादी साेच बाट माथी उठेर गुट र उपगुट त्याग्दै युवा हरूले ठाेस निर्णय गरेन भने कृपा वा आशिर्वाद ले याे महाधिवेशन बाट पनि कांग्रेस केन्द्रीय समितिमा नेतृत्व स्थापित हुन नसक्ने जिकिर गर्दै नेपाली कांग्रेसकाे केन्द्रीय सदस्यका उम्मेदवार भरत कुमार शाहीले नेतृत्वमा युवाकाे सहभागी बिना सुदृढ र सबल कांग्रेस बन्न नसक्ने बताउनु भयाे ।

काठमाडौंमा  पत्रकारहरू संग कुरा गर्दै नेता शाहीले महाधिवेशनमा युवाहरूकाे उत्साहजनक उपस्थिति सुखद कुरा भए पनि कांग्रेसमा अहिले पनि युवाले नेतृत्व प्राप्त गर्न कठिन रहेकाे बताउदै क्षेमता र याेग्यताका आधारमा बढी भन्दा बढी युवा लाई केन्द्रीय समितिमा पुर्याउन महाधिवेशन प्रतिनिधि हरूले हिक्मत गर्नु पर्ने धारणा राख्नु भयाे ।

भाषणमा युवाले नेतृत्व गर्नु पर्छ भन्ने तर नेतृत्व चयन गर्दा गुट उपगुटकाे चंगुलमा परेर युवा लाई भाेट नगर्ने हाे भने फेरि पनि कांग्रेस नेतृत्वमा युवा हरूकाे उपस्थिति न्यून हुने निश्चित भएकाे भन्दै  १४औ महाधिवेशन मा प्रतिनिधि हरूले युवा हरू प्रति न्याय गर्नु पर्ने बताउनु भयाे ।

सबल, सुदृढ र प्रशिक्षित कांग्रेस निर्माणका लागि पुरानाे र नया पुस्ताका क्षेमता भएका कुसल संगठनहरू लाई नेतृत्वमा स्थापित गर्नु पर्ने शाहीले बताउनु भयाे ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation