बिहिबार, फाल्गुन १७, २०८०

तल्लापानीमा नेपाली कांग्रेसको टोल कार्यसमिति गठन सभापतिमा पुनमगर

बौनियाँ,कैलाली/ कैलाली जिल्लाको मोहन्यालमा गाउँपालिका वडा नम्बर १ तल्लापानीमा नेपाली कांग्रेस वडा कार्यसमितिले टोल कार्यसमिति विस्तारलाइ तिब्रता पारेको छ । स्थानीय तहको निर्वाचन नजिकै आउँदै गर्दा नेपाली कांग्रेसले टोल टोलमा संगठन बिस्तार र सुदृढीकरणको अभियान कार्यलाई जारी राखेको हो ।

 

 

यसैक्रममा शनिबार मोहन्याल गाउँपालिका वडा नं १ अन्तर्गत” तल्लापानी टोल कार्यसमिति” गठन गरिएको छ । जसको सभापतिमा करन पुनमगर , उप-सभापती सारदा साउँद ,सचिबमा खगेन्द्र बुढा, कोषाध्यक्षमा जमुना धामी सहित १५ सदस्य रहेका छ्न ।

वडा सभापति गणेश घर्तीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अथिति केन्द्रीय महाधिवेशन प्रतिनिधि भरत कुमार शाही ,विशिष्ट अथितिहरुमा नेपाली कांग्रेस क्षेत्र २ का सदस्य प्रेम बुढा र क्षेत्र २(ख) का सदस्य लक्ष्मण बम रहनुभएको थियो ।

 

यस्तै अतिथिहरुमा गाउँकार्यसमिति उप-सभापति अशोक थापा,सचिब भरत कोषाध्यक्ष फुलमाया कु. रानामगर, युवा नेता खगेन्द्र बहादुर शाही लगाएत रहेका थिए ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation