बुधबार, फाल्गुन ९, २०८०

नेपाललाई युक्रेन बनाइदिने चेतावनी चीनसँग नजिकिए 

नेपाल-भारतीय सेनाका अवकाशप्राप्त एक जना मेजर जनरलले युक्रेनमा जारी पछिल्लो घटनाको उदाहरण दिँदै नेपाल र भुटानलाई बेलैमा सोच्न चेतावनी दिएका छन् । भारतीय टेलिभिजन आज तकसँगको कुराकानीमा पूर्व सैन्य अधिकारी विश्वम्भर दयालले नेपाल र भुटालने चीनसँग हिमचिम बढाएमा उनीहरुको अवस्था पनि अहिलेको युक्रेनको भन्दा फरक नहुने धम्की दिएका हुन् ।

उनले नेपाल र भुटानजस्ता साना छिमेकी राष्ट्रले भारतसँग भाइचाराको सम्बन्धमा आँच आउने काम गरेमा अहिले रुसले युक्रेनलाई जुन हालतमा पुर्याइदिएको छ, भारतले पनि उनीहरुलाई त्यस्तै बनाइदिने चेतावनी दिएका छन् ।

आजतककी पत्रकारले छिमेकी मित्रराष्ट्रहरुलाई धम्कीको भाषा बोलेर विश्वासमा लिन नसकिने प्रसंग उठाउँदा पनि उनले एकोहोरो नेपाल र भुटानको नाम लिँदै युक्रेन बनाइदिने धम्की दिएको उक्त टक शोको सानो अंशमा सुन्न सकिन्छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?


© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!