Baigyanik Media

Advertisment

SKIP THIS

ओलीको बेइमानीका कारण पार्टी एकता टुट्यो : सांसद साउँद

बौनियाँ,कैलालीसुदूरपश्चिम प्रदेश सांसद एवम् नेकपा (माओवादी) केन्द सुदूरपश्चिम प्रदेश सदस्य नन्द बहादुर साउँद राजेन्द्रले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बेइमानीका कारण पार्टी एकता टुटेको बताएकाछन । 

मेलमिलाप एकता समाज लम्कीचुहा नगरपालिका ६ चैनपरले शनिबार आयोजना गरेको सम्मान तथा समूह बचत पासबुक बितरण कार्यक्रममा साउँदले यस्तो बताएकाहुन् ।  

जनमतको उपमान गरि राजतीतिक इमानदारिता राख्न नसकेकै कारण बुहुमतको सरकार ओलीकै कारणले गुमाउनु परेको साउँदले बताए ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका साउँदले सुदूरपश्चिम प्रदेशमा आर्थिक स्रोतको धेरै सम्भावना रहेकोले यो प्रदेश सबैभन्दा धनी प्रदेश हुने बताए । आर्थिक समृद्घिका लागि बाँझो खेत नराखी सबैले खेती गर्नुपर्नेमा उनले जोड दिए । 

 

कार्यक्रममा विशिष्ट अतिथि एवम् साना किसान सहकारी अध्यक्ष बिमला सिंहले एकताले शक्ति निमार्ण हुने भन्दै समूह बचत गर्नु राम्रो काम भएको बताइन । समूह र सहकारी चलाउन नीति नियम संगै सकारत्मक सोचको जरुरत पर्ने उनले बताईनकार्यक्रममा पत्रकार तथा मानवअधिकारकर्मी एवम् मेलमिलाप एकता समाजका संरक्षक धनराज विक, सयुक्त कृषि सकारीका सचिब ढक बहादुर बिक, महिला जागरण केन्द्र नेपालकी अध्यक्ष बिष्ना बिसी सपना, दलित अगुवा कमल भुल र रतिलाल बिकले समूहको महत्व र आवश्यकताको विषयमा मन्तव्य राखेका थिए ।राम बहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य निशाना बिकले राखेकी थिइन भने संचालन बिशा बिकले गरेकी थिईन ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation