Baigyanik Media

Advertisment

SKIP THIS

वाइसीएल नेपाल कैलाली जिल्ला सचिबमा जैशि

कैलाली – नेकपा माओवादी केन्द्र निकट वाइसियल नेपालको कैलाली जिल्ला सचिब भेष राज जैशी चयन भएका छन् । वाइसियल नेपाल जिल्ला कमिटि सदस्य रहेका जौशी लाई चैत २ गते बसेको प्रदेश समिति बैठकले कैलाली जिल्ला सचीव जिम्मेवारी दिएको हो।

 

जैशी सामाजिक काम मा सकृय ब्याक्ति हुन यश अगि वाइसियलको बर्दगोरिया इन्चार्ज तथा तत्कालिन नेकपा बन्दा युवा संघ नेपालको जिल्ला सदस्य समेत बनिसकेका जैशी लाई हाल वाइसियल कैलाली जिल्ला सचीव को जिम्मेवारी दिइएको हो ।

 

सचिबको जिम्मेवारी पाएसंगै जैशी ले अब जिम्मेवारी संगै कामको भार थपिएको बताए । आफ्नो पार्टीमा गरेको कामलाई मुल्याकंन गर्दै नेताहरुले जिम्मेवारी प्रदान गरेको भन्दै जैशिले कैलाली जिल्ला मा वाइसियल नेपाललाई थप बलियो बनाउने बताएका छन् । वाइसियललाई अब चुनाव केन्द्रित मोर्चा बनाएर जाने उनको भनाई छ ।

 

टोल कमिटि गठन देखी पार्टीलाई बलियो बनाउन वाइसियल नेपालले अब सशक्त रुपमा लाग्ने जैशी ले बताए ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation