
धनगढी-नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटीको सहसचिवमा सर्वाधिक मत ल्याएर प्रदेश सांसद नन्द बहादुर साउँद (राजेन्द्र) विजयी भएका छन् । साउँद कैलालीको क्षेत्र नम्बर २ ख बाट नेकपा (माओवादी) केन्द्रबाट निर्वाचित सांसद हुन् ।सोमबार धनगढीमा पदाधिकारी चयनका लागि भएको निवार्चनमा सांसद एवम् प्रदेश कमिटी सदस्य साउँदले सर्वाधिक मत ल्याएका थिए । ९ सदस्सीय प्रदेश कमिटी चयनका लागि भएको निर्चाचनमा साउँदले १५६ मत ल्याएर विजयी भएका हुन । सहसचिव पदकै प्रत्यासी उम्मेदवार अमित दहित ६५, र प्रेमा कुमारी ओलीले ८६ मत ल्याएर पराजित भएका छन् ।
प्रदेश सांसद समेत रहेका साउँदले धेरै मत ल्याएर विजयी भएपछि उनको जताततै चर्चा हुन थालेको छ । राजनीतिमा इमानदार छवीका साथ काम गरेर सबैको मन जितेकै कारण साउँदले भारी मत ल्याएर विजयी भएको (माओवादी केन्द) प्रदेश कमिटी सदस्य बिष्ना कुमारी बिसी (सपना)ले बताईन् ।
भारी मत ल्याएर विजयी भएका साउँदले आफूलाई विश्वास गरेर दिएको मतको सम्मान हुनेगरि पार्टीमा काम गर्ने बताए । सुदूरपश्चिममा पार्टीलाई एक नम्बर बनाउने गरि हामी सबै लाग्नुपर्छ । पार्टी बलियो बनाउन सके मात्र जनयुद्धबाट प्राप्त परिवर्तनको संरक्षण गर्न सकिनेमा उनले जोड दिए । आफूलाई मतदान गरि विजयी बनाउने सबैलाई साउँदले धन्यवाद समेत व्यक्त गरेकाछन् ।