Baigyanik Media

Advertisment

SKIP THIS

कैलालीमा एमाले परित्याग गरि एकीकृत समाजवादीमा प्रवेश गर्नेको ओइरो 

कैलाली-कैलालीको गोदावरी नगरपालिकामा एमाले पार्टी परित्याग गरि एकीकृत समाजवादीमा प्रवेश गर्नेको ओइरो लागेको छ । एकीकृत समाजवादीले आईतबार वडा नम्बर २ खानेपानीमा आयोजना गरेको कार्यक्रममा एमाले छोडेर समाजवादीमा प्रवेश गर्नेको ओइरो लागेको हो । कैलालीमा तृव रुपमा पार्र्टी संगठन विस्तारमा लागेको एकीकृत समाजवादीले समाजमा आफ्नो प्रभाव पार्दै आएको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् सुदूरपश्चिम प्रदेशका भौतिक पूर्बाधार मन्त्री दिर्घ सोडारीले एमाले परित्याग गरेका सयौं जनालाई पार्टी प्रवेश गराउदै स्वागत गरेका थिए । 

 

 

कार्यक्रममा राज्यमन्त्री चुनुकुमारी चौधरी ,गोदावरी नगरपालिकाकी उपमेयर रत्ना कडायतले पार्टी प्रवेश गरेकाहरुलाई बधाई तथा शुभकामना दिएका थिए । एकीकृत समाजवादीका नगर कमिटी अध्यक्ष एवम् युवा नेता टेक बिकको विशेष पहलमा सयौं जनाले एमाले पार्टी छोडेर समाजवादीमा प्रवेश गरेको गोपाल विश्वकर्माले बताए । स्थानीय सुमित्रा सोप, गोपाल विश्वकर्मा ,सुकदेब सिंह र परमेन्द्र लुहार लगायत सयौंले समाजवादीमा प्रवेश गरेको बताईएको छ । 

 

अहिले समाजवादीमा प्रवेश गर्नेको लहर लागेको छ । जनताको बीचमा संगठन निमार्ण र पार्टी विस्तारको कार्यक्रमका साथ सक्रिय रहेको नगर कमिटी अध्यक्ष बिकले बताए । उनले भने–“आज भएको कार्यक्रममा करिब ६ सय जनाले एमाले लगायतका अन्य पार्टी परित्याग गरि समावजादीमा प्रवेश गरेकाछन् ।” देशैभरि समाजवादीमा आउनेको जनलहर लागेको छ । यस नगरपालिकामा हाम्रो पार्टी एक नम्बर पार्टी बनाउने गरि काम भईरहेको र जनताले पनि आफ्नो पार्टीलाई साथ दिएको उनले दाबी गरे । 

 

विगत लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेका बिक एकीकृत समाजवादीको गोदावरी नगर कमिटी अध्यक्षमा चयन भएदेखि नै राजनीतिक तरङ्ख आएको स्थानीयले बताए । सबैले रुचाएका विकको नेतृत्व गर्नसक्ने क्षमताको पनि जनताले मूल्यांकन गरेर आफूले साथ दिएको सुमित्रा सोवले बताईन् । पार्टीले टिकट दिएर अबको मेयर हुने सम्भावना पनि रहेकोले विकलाई विजयी गराउन हामीले विभिन्न पार्टी परित्याग गराउदै समाजवादीमा प्रवेश गराउने अभियानमा लागेको नेता कृष्ण पुनेबाटीले बताए । 

 

समाजवादीका नेता बिकको मिहिनेत र पार्टी निमार्णको कामले तृवता पाएको छ । बस्तीबस्तीमा जनताले स्वतस्र्फत आफै बोलाएर कार्यक्रम आयोजना गर्न थालेकाछन् । पहिलेदेखि नै सफलता पूर्वक सामाजिक नेतृत्व गर्दै आएका बिक क्रियाशील राजनीतिमा आएपछि उनी माथि जनविश्वास गर्नेको संख्या एक्कासी बढेर गएको समाजसेवी कृष्ण बिकले बताए । मेयरमा जिताउने गरि अहिले देखिनै समुदायमा जनता लागि परको उनले बताए ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation