बुधबार, अशोज २३, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

नारायणदत्त भट्ट कांग्रेस कैलालीको सभापतिमा विजयी

कैलाली । नेपाली काँग्रेस कैलालीको जिल्ला सभापतिमा नारायणदत्त भट्ट विजयी भएका छन्। पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका प्रकाशबहादुर बमलाई पराजित गर्दै भट्ट जिल्ला सभापतिमा विजयी भएका हुन्।

भट्ट एक हजार ३५९ मत ल्याउदै विजयी भएका हुन् भने बमले एक हजार ९६ मत पाए। पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आज दोस्रो चरणको मतदान भएको थियो। आज भएको मतदानमा २ हजार ४६७ मत खसेको थियो। 

जिल्लामा कूल २ हजार ५७६ जना प्रतिनिधि रहेकोमा दोस्रो चरणको निर्वाचनमा २ हजार ४६७ मतदाताले मतदान गरेका थिए। पहिलो चरणको मतगणनामा सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले सबैभन्दा बढी मत पाएका थिए। बमले एक हजार १६९ मत पाएका थिए भने सभापतिका अर्का उम्मेदवार नारायणदत्त भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत पाएका थिए।

नेपाली काङ्ग्रेस कैलालीको सभापति चयनका क्रममा दोस्रो चरणको मतदानमा शेखर कोइराला समूहले सभापतिका उम्मेदवार नारायणदत्त भट्टलाई समर्थन गरेको थियो । बुधबार लम्कीमा पत्रकार सम्मेलनको आयोजना गरि नेपाली कांग्रेस नेता कमल बहादुर शाहले इतर पक्षको आधिकारिक निर्णय भएकोले सबैले भट्टलाई मतदान गर्न आग्रह गरेका थिए ।

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation